होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । लकडाउन खुलेसँगै काठमाडौंँसहित देशभर कोरोना संक्रमण बढेपछि सर्वसाधारणमा त्रास थपिएको छ भने सरकार यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना सक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कर्फ्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको मिटर बढ्दो छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे कोरोना नियन्त्रणका […]
कैलाली – सुदुरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमित संख्या १ हजार ३७३ पुगेको छ । सोमबार गरिएको परिक्षणबाट थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमित १ हजार ३७३ पुगेको हो । सेती प्रादेशिक अस्पताल धनगढीबाट २० , डडेल्धुरा अस्पतालबाट ,२ र रास्ट्यि जनस्वास्थ्य प्रयोगशालाबाट गरिएको परिक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले […]
२० साउन, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका […]
१९ साउन, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उनीहरु २२ देखि ५२ वर्ष उमेर समूहका छन् । मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि […]
धनगढी : अछाममा खोलामा बगेर एक बालिका बेपत्ता भएकी छन्। सोमबार जिल्लाको मेल्लेख गाउँपालिका –१ लिफ्रुकी अन्दाजी ८ वर्षीय मानिषा कुमारी बुढा लिफ्रु खोलामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। दिउँसो ३ बजेतिर घट्ट गएको अवस्थामा लिफ्रु खोला तर्ने क्रममा उनी बेपत्ता भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। अहिले […]
१९ साउन, विराटनगर । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । ज्वरो र स्वासप्रश्वासको समस्या लिएर सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका– ५ का ७७ वर्षका वृद्धको मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण […]
काठमाडौँ — नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१६ देखि छुद्र ग्रह खोज्ने अभियान चलाउँदै आएको छ । छुद्र ग्रह खोज्नका लागि देशका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा खगोल विज्ञानमा इच्छा राख्नेहरु यो अभियानमा जोडिन्छन् । छुद्र ग्रहहरु पनि आकशीय पीण्ड हुन् र यिनीहरु अन्य ग्रहहरु जसरी नै सूर्यको परिक्रमा गर्छन् । यिनीहरु ग्रहहरुभन्दा धेरै साना […]
काठमाडौं– सोमबार नेपालमा ४ सय १८ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएका ७ हजार ६३७ पीसीआर परीक्षणमा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । सोमबार ३५८ जना संक्रमित […]
१९ साउन, जनकपुरधाम । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँका २५ जना आइतबार एकैपटक कोरोना संक्रमित पाइए । गाउँका यतिधेरै मानिस कसरी संक्रमित भए त ? स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले भन्छन्, ‘संक्रमितमध्ये अधिकांश गाउँ नजिकै रहेको भारतको कुनौली बजारमा सामान खरिद गर्न जाने गरेको पाइएको छ ।’ भारतीय नागरिकहरु चोर बाटो […]
१९ साउन, काठमाडौं । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ । सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए । सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ६१ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आज ६४ जनामा कोरोना पुष्टि भएको हो। तीन वटा प्रयोगशालामा भएको परीक्षणमा सबैभन्दा धेरै कैलालीका ४५, कञ्चनपुरका १५ र अछामका चारजनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]
काठमाडौं । लकडाउन खुला गरेर सार्वजनिक यातायातलाई सूचारु गरे पनि अहिलेसम्म एक तिहाई सवारीसाधन पनि सकडमा निस्केका छैनन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघकाअनुसार अहिलेसम्म सञ्चालनका लागि अनुमति पाएका रुटका सवारी साधनमध्ये ३० प्रतिशतभन्दा पनि कम सवारीसाधन मात्रै सडकमा आउन सकेका छन् । बाँकी अहिलेसम्म पनि ग्यारेजमै थन्किएर बसेका छन् । उपत्यका बाहिर रहेका यातायात […]
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा […]
काठमाडौं । एक सय ५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण पठाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आर्थिक वर्ष २०७७÷७८ को पेश गरेको बजेट विवरण पठाउन पटकपटक निर्देशन दिए पनि अझै पनि १५१ स्थानीय तहले बजेट विवरण नपठाएका हुन् । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीकाअनुसार अहिलेसम्म ६०२ स्थानीय तहले […]
काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। ७१.१ प्रतिशत निको भएका छन् । यसअघि हिजो १४ हजार ६०३ थियो । मन्त्रालयका […]
१९ साउन, काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग ३ घण्टा लामो वार्ता गरेलगत्तै नेकपा अध्यक्ष प्रचण्डले खुमलटारमा माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई बोलाएर सविस्तार बताए । झलनाथ खनाललाई लिएर वार्तामा गएका उनले सोमबारको वार्ताअघि पनि खुमलटारमा आफू पक्षधर सचिवालय सदस्यसँग परामर्श गरेका थिए । दुई अध्यक्षको चोचोमोचो मिल्दैमा मानिँदैन भन्दै आएका बरिष्ठ नेता माधव […]
केही समयअघि गरिएको अध्ययन अनुसार अहिले किशोर–किशोरीहरु मनोविद् कहाँ धाउन थालेका छन् । यसले अहिलेका किशोरपुस्ताको मनोदसा ठीक छैन भन्ने संकेत गर्छ । अहिलेका किशोरपुस्ताले तुलनात्मक रुपमा धेरै सुविधा उपभोग गर्न पाएका छन् । उनीहरुले पढ्नलेख्न मात्र होइन, लगाउन, खान, घुमफिर, मनोरञ्जन गर्न पनि पर्याप्त मौका पाएका छन् । आफ्ना छोराछोरीका खातिर आमाबुवाले मनग्यै पैसा […]
काठमाडौं । सोमबार प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली अचानक बालकोटस्थित निजी निवास पुगे । ओली किन निजी निवास गए भन्ने प्रश्नको जवाफ स्पष्ट छैन । यदि ओलीलाई नै यो प्रश्न गर्ने हो भने कस्तो जवाफ आउथ्ँयो होला ? सायद उनले यसको जवाफ ठट्यौली पाराले नै दिन्थे होलान्– ‘घर किन जान्छन् […]
नागरिक रैबार/बाजुरा १९ साउन। जिल्लाको गाैमुल गाउँपालिकाबाट ५१ हजार नगदसहित ११ जना जुवाडेलाइ प्रक्राउ गरिएको छ। स्थानीयले दिएको सुराकीका आधारमा इलाका प्रहरी गाैमुलबाट खटिएको प्रहरीको गस्ति टोलीले जुवा खेलिरहेका ११ जनालाइ नगद ५१ हजार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइने प्रहरीले बताएका प्रहरी […]