होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । बार्सिलोनाले सिजनको आफ्नो पहिलो खेलमा भिल्लारियलविरुद्ध ४–० गोल अन्तरको फराकिलो जीत हात पारेको हो । बार्सिलोनाका लागि युवा स्टार अंशु फातीले दुई कप्तान लियोनल मेस्सी एक गोल गरेका थिए भने एक गोल उपहार पाएको हो ।फातीले खेलको सुरुवाती दुई गोल गर्दै टीमलाई सहज अवस्थामा […]
बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला अस्पताल बझाङमा गरिएको पोष्टमार्टमबाट बालिकाको बलात्कारपछि हत्या गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए। जिल्ला अस्पताललले शनिबार साझ प्रहरीलाई बुझाएको पोष्टमार्टम रिपोर्टमा सम्झनाको बलात्कारपछि हत्या भएको उल्लेख छ।यस्तै डिएसी खड्काले घटनामा संलग्नताको आशंकामा पक्राउ […]
नागरिक रैबार/बाजुरा ११ असोज। बडीमालिका नगरपालिका वडा नं. ५ मनाका दलित परिवारले लगाएको ताला सहमति विना खोलिएपछि स्थानीयहरु आक्रोसित बनेका छन् । वडा कार्यालयमा ताला लगाउने पक्षसंग कुनै सल्लाह नगरी प्रहरी प्रशासनको आडमा वडाका केही स्थानीय र वडा सदस्यहरुले आईतबार जवरजस्ती ताला खोलिएपछि स्थानीय आक्रोसित भएका हुन् । चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास […]
शेरबहादुर सार्की/बाजुरा असोज ११ बाजुरा। तीन महिना देखि अवरुद्ध बन्दै गएको साँफे-मार्तडी राजमार्ग अबको केही दिन भित्रै सञ्चालनमा आउने भएको छ । लगातार परेको पानीका कारण बार्जुगाड देखि मार्तडी सम्म सडकको बीच बीचमा पहिरो गएपछि सो राजमार्ग तीन महिना देखि अवरुद्ध हुँदै आएको थियो । सडक भत्किएको ठाउँमा डोजरले लगातार काम गर्दै गएकोले अबको तीन […]
असोज ११ काठमाडौं ।, सरकारले गत भदौ १७ गतेबाट नयाँ श्रम स्वीकृति खुलायो । तर, नयाँ प्रक्रियामार्फत म्यानपावर कम्पनीहरुबाट विदेशी कम्पनीमा श्रमिक लैजाने गरी नयाँ संस्थागत श्रम स्वीकृति लिने क्रम अझै सुरु भएको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार व्यक्तिगत पहलमा व्यक्तिगत रुपमा नै भिसा ल्याएर नयाँ श्रम स्वीकति लिनेहरु सीमित छन् […]
चितवन – चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।बैठक मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। सामान्यतयाः मन्त्रिपरिषद बैठक सोमबार बस्छ । तर आज प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएका छन् । ती मन्त्रीले भने, ‘आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ । प्रधानमन्त्रीले केही […]
धनगढीः बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय माग्दै प्रर्दशन गरिएको छ।बलात्कारपछि हत्या गरिएकी जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षीया बालिका सम्झना कामीको न्यायको माग गर्दै शनिबार चैनपुर बजारमा -याली सहित प्रर्दशन गरिएको हो। विभिन्न प्ले कार्ड सहित चैनपुर बजार परिक्रमा गरेका प्रर्दशनकारीहरुले लोकतान्त्रिक चोकमा कोण सभा गरेका थिए। सभामा बोलेका अधिकांशले सम्झनाको बलात्कारपछि […]
१० असोज, बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ मा पहिरो जाँदा उच्च जोखिममा परेपछि थप डेढ दर्जन घर परिवार विस्थापित भएका छन् । नगरपालिकाको वडा नं. १२ कोठिया मैदानको जोख्ले गैरा, पहरेपानी, मैदान लगायतका स्थानमा शुक्रबार दिउँसो जमिन भासिएर माथिबाट पहिरो खस्दा १७ घर बगाएको थियो । गाउँका ३५ घरमध्ये १७ घर बगाएपछि बाँकी डेढ […]
भक्तपुर । मध्यपुर थिमिको विभिन्न स्थानमा केही समय यता श्रृंखलावद्ध रुपमा अमेरिकी डलर देखाई विभिन्न व्यवसायी, व्यापारी र विदेशबाट आएका व्यक्तिहरुलाई लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलासहित पाँचजनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ र ३३ वर्षीय रेलबहादुर तामाङ […]
काठमाडौं । नेपाली सेनाले यस वर्षको मनसुन शुरु भएयता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठेरामा परेका ३९९ जनाको जीवित उद्धार गरिएको छ । सेनाले घटना अप्ठेरामा परेका […]
तनहुँ । जिल्लाका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई […]
धनगढी– सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ। मन्त्रालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा एक हजार एक जना संक्रिय संक्रमित छन्। सबैभन्दा बढि कैलालीमा चार सय ८० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै अछाममा एक सय २९, डोटीमा एक सय २३, बझाङमा एक […]
रामबहादुर विक/बाजुरा ९ असोज। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं २ बाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । वडा नं २ की २१ बर्षिया केशपुरा सार्कीलाई शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरिएको जगनाथ गाँउपालिकाका प्रवक्ता डवल बहादुर बिकले बताउनु भएको छ । गर्भवती सार्की घरमा सूत्केरी हुन नसकेपछी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन ल्याईको थियो […]
राजेन्द्र बिक बाजुरा ९असोज । सेतो गुराँस बालबिकास सेवा बाजुरा द्वारा संचालित नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरको सवलीकरण परियोजना अन्तर्गत समग्र परियोजनाको समिक्षा,कार्यक्रम भर्चुअल गोस्ठी मार्फत सप्पन्न भएको छ। जिल्ला भित्रका ८ ओटा स्थानीय तहहरुमा नियमित रुपमा प्रारम्भिक बालविकास कार्यक्रमको गुणस्तर सुधार गर्न स्थानीय तहहरुसंगको समन्वय र सहकार्यमा विभिन्न कृयाकलापहरु संचालन भई […]
अनिल शाही/बाजुरा ९ असोज। कोरोना शुन्य भनिएको बाजुरामा पछिल्लो समय धनगढी बाट आएका एक जनामा कोरोना पुष्टि भएको छ । गत मंगलवार धनगढी देखि बाजुरा आएको समिट एयरको जहाजमा आएका स्वामीकार्तिक खापर गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोना परीक्षणका लागि सेती प्रादेशीक अप्पताल धनगढीमा स्वाव संकलन गराउनु भएका उहाँ […]
नागरिक रैबार/बाजुरा ८ असोज। काँग्रेस छोड्यौं, नेकपामा प्रवेश भयौं कै को क्या लाग्यो ! यो भनाई नेपाली काँग्रेस पार्टी परित्याग गरि सोमबार मात्रै नेकपामा प्रवेश गरेका बडीमालिका नगरपालिका १ का युवा गणेश खड्काको हो । उनले भने हामी हो विगत देखि काँग्रेस पार्टीमै आस्थावान थियौं । काँग्रेस संगै लामो समय सहयात्रा गरेर बसेका थियौं । […]
नागरिक रैबार/बाजुरा ८ असोज । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ५ का दलित परिवारले वडा कार्यालयमा तालावन्दि गरेका छन् । चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास निर्माणका योजनामा उपभोक्ता समिति बनाउँदा कुनैपनि योजनामा दलित समुदायलाई प्रमुख स्थान नदिएपछि मनाका ४० दलित परिवारहरुले विहिबार वडा कार्यालयमा तालावन्दि गरेका हुन् । वडा अध्यक्ष बलबहादुर थापा र […]
काठमाडौं ८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा […]
काठमाडौँ – पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ । ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ । अन्य सात जना […]