होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करीब रु २४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। सरकारले अन्तरराष्ट्रिय श्रम संगठनको विधान अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। विद्युत् नियमन आयोगको संगठन संरचना र दरबन्दी तेरिज […]
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन गोयलसँग भेटघाट गरी कूटनीतिक मर्यादा उल्लङ्घन गरेका हुन् । गुप्तचर प्रमुख अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको अंग भएकाले त्यसका […]
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् । ‘घर वा डेरामा बहुमूल्य सामान नराख्नुस्, घर वा डेराको सुरक्षामा शंका लागे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर जानुस्,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले भने । प्रहरीले […]
७ कात्तिक, काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । ‘नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका […]
६ कात्तिक, काठमाडौं । अमेरिकामा अबको दुई महिनामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउन सक्ने नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले बताएका छन् । बुधबार उनले कोरोनाको खोप रोग पत्ता लागेको एक वर्षभित्रै खोप पत्ता लाग्न लागेको भन्दै यो महत्वपूर्ण हुने बताए । एक समारोहमा बोल्दै कोलिन्सले भने, ‘हामी खोप पाउने दिशामा अघि बढिरहेका […]
६ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् । दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। नेपाल सरकारको निरोगी नेपाल अभियान कार्यक्रम अन्तरगत गौमुल गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरा मार्फत गौमुल गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको हो ।जिल्ला आयुर्वेद सेवा केन्द्र बाजुराका प्रमुख दिक्षा भण्डारीका अनुसार सुदुरपश्चिमकै दोस्रो नम्बरमा […]
६ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्ला विमानस्थलमा अनिश्चितकालका लागि उडान बन्द गरेको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढेको भन्दै गाउँपालिकाले सबै हेलिकप्टर कम्पनी, तारा, समिट र सीता एयरलान्सलाई पत्र लेखी कात्तिक ७ देखि अनिश्चितकालसम्म लुक्लामा पर्यटक नल्याइदिन आग्रह गरेको छ । गाउँपालिकाका स्थायी वासिन्दा, राष्ट्रसेवक कर्मचारी र शिक्षकबाहेक अरुले […]
६ कात्तिक, काठमाडौं । सरकारले आर्थिक व्ययभार धान्न नसकेको भन्दै नोवेल कोरोना भाइरस (कोभिड–१९) लागेका निश्चित समूह बाहेकको निःशुल्क उपचार नगर्ने घोषणा गरेको छ । सरकार यो विषयमा संविधान, जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेशकै विरुद्ध जान तयार भएको देखिन्छ । कोभिडको महामारीका बेला संसारका विभिन्न पुँजीवादी देशहरुमा राज्यले नागरिकहरुका लागि खर्च गरेका छन् […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। बडीमालिका नगरपालिका ९ का ८१ जना महिलालाई स्वस्थ परिवार परामर्श तालिम दिईएको छ । राउते रवा सिमानेपानी कृषि वन समूहको आयोजना र बाजुरा असल सन्देशको सहयोगमा उक्त समूहका ८१ जना महिलालाई तालिम दिईएको हो । तालिममा सहभागि महिलाहरुलाई परिवारमा स्वस्थ रहनका लागि सचेतना दिईएको थियो । तालिम अवधिभर पत्रुस राइ, कुमारी […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मराज पाध्याय र वडा सदस्यहरुले पाउने भत्ता स्वास्थ्य चौकीको स्तरोन्नतिका लागि खर्च गर्ने निणर्य गरेका छन् । बडा दशैको अवसरमा वडामा राखिएको शुभकामना आदान प्रदान कार्यक्रममा वडा अध्यक्ष धर्मराज र वडा सदस्यहरुले पाउने भत्ता चुथी स्वास्थ्य चौकीको जग्गा ब्यबस्थापन र स्तर उन्नति […]
नागरिक रैबार बाजुरा ६ कार्तिक। बडीमालिका नगरपालिका ८ की एक किशोरीको भिर बाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ८ की १७ बर्षिया बिमला थापा रहेकी छन । उनी बिहीबार बिहान गाईबस्तुका लागि घाँस काट्न गएकि थिईन् । अवेर सम्म घर नआएपछि आफन्तले खोजि गर्दा भिरबाट लडेर मृत अवस्थामा फेला परेको पारिवारिक […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। एकातिर कोरोनाको डर । हाटबजारका भारी त बोक्दा छियाउँ । त्यहीपनि कामकाज काँहीँनाई । अर्कातिर अशक्त घाईते अर्धचेतका साथमा पति । पासमा पैसोपानी छैन् । दुई साना छोराछोरी । आफू एक्ली क्यापठी गरु । पतिलाई खकछोल्याई (काखमा) लिई बाहिरभित्र गर्नुपर्ने । घरको चुलो बालुकी ? औषधी मुलो यीनको दवाई पत्ताईगरु । […]
राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ । यो […]
६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले ट्विटमार्फत यसको […]
६ कात्तिक, डोटी । कोभिड–१९ को महामारीको संक्रमण पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षणको संख्या सुदूरपश्चिम प्रदेशमा एक लाख नाघेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म एक लाख एक हजार दुई सय ६ जनाको स्वाब परीक्षण भएको छ । बुधवारसम्म एक लाख तीन हजार पाँच सय ४९ जनाको स्वाब संकलन गरिएकोमा दुई हजार […]
६ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो । तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने […]
६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका हुन् । ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास […]
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पु(याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो । यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा […]
६ कात्तिक, धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रङप्रसाद न्यौपानेको मृत्यु भएको छ । सुप प्र ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका न्यौपानेलाई उपचारका […]