होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ चैत्र ।।बाजुराको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिका भित्र तिव्र गतिमा विकासका कामहरु हुदै गएकोले यसलाई रोक्न गठबन्धनका दलहरु सक्रिय भएर लागेको आरोप लगाएका छन् । शुक्रबार गाउँपालिकाको कार्यालय जुड्डीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहीले चैत्र ८ गते गठबन्धनमा आवद्ध दलहरुले विभिन्न आरोप लगाउँदै दिएको ध्यानाकर्षण पत्र विकासका कामहरु रोक्ने षडेन्त्र […]
डोटी: डोटीमा सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ। अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको हो। अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला बाहिर लैजान परेमा एम्बुलेन्स सेवा निःशुल्क गरेको जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले बताए। जिल्लाका जुनसुकै ठाउँबाट भए पनि स्वास्थ्य संस्था, स्थानीय तह वा स्वयं व्यक्तिको […]
काठमाडौं । हाल देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भएको छ । केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै […]
बझाङ । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो । साइपाल गाउँपालिका–५ मा पर्ने […]
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ -१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन २ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो । आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल […]
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्। नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक आज विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष […]
काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् । यस्तै जनमत पार्टीकी […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। बाजुरामा प्रथम कृषि, उद्योग, पर्यटन तथा व्यापार महोत्सव आजबाट सूरू भएकाे छ । महाेत्सवकाे एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिमका प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । बाजुराकाे उद्याेग कृषि पर्यटन र व्यापार, जडिबुटी संस्कृति समृद्धकाे आधार भन्ने मुल नाराका साथ उक्त महाेत्सवकाे आयाेजना गरिएको छ । बाजुराकाे व्यापार,कृषि तथा […]
जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् ।छिन्नमस्ता गाँउपालिका-२ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् । मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसलादेखि फरार रहेका थिए । उनलाई […]
नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ७ मा स्थित ढम्कनेका कृषकहरुलाई आलु खेतीमा आत्मनिर्भर बनाईने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा सवै भन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रुपमा रहेको ढम्कनेका कृषकहरुलाई आलु खेतिमा आत्मनिर्भर बनाउन लागेको हो । मंगलबार कृषि ज्ञान केन्द्र बाजुराले लिवर्ड पोखराका प्राविधिक सहितको टिमलाई लिएर […]
काठमाण्डौं : मोफसलमा कुशल संचारकर्मीका रुपमा स्थापित गायक प्रमोद डिजी थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्डबाट सम्मानित भएका छन । काठमाण्डौमा एक समारोहकाविच गायक डिजीलाई थारु गायनतर्फ उत्कृष्ट राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ प्रदान गरिएको हो । अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीले ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ट गायन अवार्ड पाउन सफल […]
काठमाडौं । रेखा थापाको अनटाइटल्ड प्रोजेक्टबाट नायिका आँचल शर्मा (दवाडी) अलग भएकी छन् । रेखाले चलचित्रको स्क्रिप्ट पढ्न नदिएपछि उनले सो चलचित्रमा काम नगर्ने निधो गरेकी हुन् । ‘नायक विहीन’ नारीप्रधान चलचित्रमा रेखासहित पूजा शर्मा र आँचलले प्रमूख भूमिकामा अभिनय गर्ने भनिएको थियो । पूजाले सामाजिक सञ्जालमा नै रेखासँग सहकार्य पाएकोमा उत्साहित स्टाटस लेखेकी थिइन् […]
नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको बुढिगंगा नगरपालिकाले सेवा क्षेत्र भित्रका नागरिकलाई लक्षित गरेर एक महिने कटाई सिलाई स्तरोन्नती तालिम संचालन गरेको छ । बुढीगंगाका नागरिकहरुलाई कटाई सिलाई बाटै जीविकोपार्जन गर्न सहज होस भन्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको नगरपालिकाका मेयर रामबहादुर बानियाँले बताएका छन् । कटाई सिलाई सम्वन्धि घरमै काम गरिरहेका युवाहरुलाई व्यवसायीक बनाउने उदेस्यले […]
नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।गाउँपालिका तथा वडा कार्यालयबाट छनोट गरिने विभिन्न योजनाहरुमा एकलौटी गरिएको भन्दै २ वटै वडा कार्यालयमा तालाबन्दी गरिएको मनोज सिंहले बताएका छन् । उनका अनुसार गाउँपालिकाको वडा नं ४ मा सोमबार र वडा नं ६ मा मंगलबार तालाबन्दी […]
नागरिक रैबार/बाजुरा १ चैत्र।बाजुराको सदरमुकाम मार्तडीमा चैत्र ३ गतेबाट संचालन हुने प्रमथ खप्तड मालिका उद्योग कृषि, पर्यटन तथा व्यापार महोत्सवको उद्धघाट्न सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्धघाट्न गर्ने भएका छन् । खप्तड मालिका युवा संजाल बाजुराको आयोजनामा चैत्र ३ गते देखि १२ गतेसम्म सदरमुकाम मार्तडीमा संचालन हुने महोत्सवको उद्धघाट्न प्रदेश प्रमुख जोशीले गर्ने आयोजकले […]
चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको नाम उस्तै देखिँदा विवाद भएको छ । मोरङको सुकुना बहुमुखी क्याम्पस र महेन्द्र मोरङ क्याम्पसमा यस्तो विवाद देखिएको हो । एमाले निकट अनेरास्ववियुले आफ्नो नामको पछाडि एमाले लेख्न पाउनुपर्ने माग गरेको छ । अन्य विद्यार्थी संगठनले […]
नागरिक रैबार/बाजुरा १ चैत्र।जिल्लाको बुढीगंगा नगरपालिकामा आजबाट २ दिने निःशुल्क विषेशज्ञ स्वास्थ्य शिविर संचालन गरिएको छ । बुढीगंगा नगरपालिकाको आयोजना र सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा उक्त शिविर आजबाट फालासेनमा संचालन गरिएको हो । २ दिन सम्म संचालन हुने शिविरमा नाक, कान, घाँटी, छाला, हाडजोर्नी तथा नशारोग, मानसिक रोग, आँखा परिक्षण, रेडियोलोजिष्ट […]
उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ।चैत ३ गते हुने निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयले चार जनाको नामावली सार्वजनिक गरेको हो। नेकपा एमालेबाट अष्ट लक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिला कुमारी यादव, रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झाको नाम सार्वजनिक भएको हो। राष्ट्रपति खस-आर्य समुदायका पुरूष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला […]
काठमाडौं : प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश […]
काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ ।आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट ३ र नेकपा एमालेबाट एक गरी जम्मा चार जनाले शनिबार उम्मेदवारी दिएका थिए । गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद […]