होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् र १२ जनाको मृत्यु भएको छ […]
कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । न शरीर ढाक्ने कपडा छ, न त पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यति मात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको सहाराबिना उठबस गर्न सक्दैनन् । फिरन्ते राउटे समुदाय पहिले […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पदक घोषणा गरिएका पत्रकार तथा कानुन व्यवसायीहरुको उछितो काढेका छन् । आइतबार पार्टीले संविधान दिवसका अवसरमा गरेको कार्यक्रममा बोल्दै उनले अघिल्लो सरकारको विपक्षमा खोइरो खन्ने पत्रकारहरुलाई पदक बाँडिएको भन्दै कटाक्ष गरे । उनले भने, ‘अघिल्लो सरकार जो लोकप्रिय थियो, विकास प्रेमी थियो त्यस सरकारको विपक्षमा खोइरो खनेर एउटा […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरणका लागि सार्वजनिक गरेको नामहरूप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार संविधान दिवसका अवसरमा पार्टीले गरेको कार्यक्रममा उनले पदकहरूले नै लाज मानिरहेको भन्दै कटाक्ष गरे । अध्यक्ष ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित भएको अनुभूति गर्न, गर्व गर्न पाउनुपर्नेमा बालाई […]
३ असोज, काठमाडौं । जनगणना अवधिभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन भएको छ ।राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको थियो । सोही अनुसार मन्त्रालयले जनगणनाको अवधिभर स्थानीय तहमा खटिएका कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको हो । प्रत्येक १०/१० वर्षमा हुने राष्ट्रिय जनगणना नेपालमा ३० भदौबाट शुरु भइसकेको […]
नागरिक रैबार/बाजुरा ३ असोज। देशकै दोस्रो ठुलो बिश्व बिद्धालय सुदुरपस्चिम बिश्वबिद्धालय राष्ट्रिय कमिटीको अध्यक्षमा बाजुराका चेतन ऐडी चयन भएका छन ।जिल्लाकै ठूलो क्याम्पस बाजुरा क्याम्पसका स्वबियु सभापति, अखिलका केन्द्रीय सदस्य समेत रहेका ऐडीलाई अनेरास्ववियुको स्थायी कमिटीको बैठकबाट बिश्वबिद्धालय अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । ऐडी प्रति बिगतमा पटक पटक अखिलको नेतृत्वबाट अन्याय गरिएको भन्दै सर्बत्र […]
हुम्ला — नाम्खा गाउँपालिका–६ लिमीकी यङ्छो बुटी तामाङ भदौ दोस्रो साता चार दिन लगाएर हुम्ला सदरमुकाम सिमकोट पुगिन् । नागरिकता बनाउनैका लागि जिल्ला सदरमुकाम आएकी उनी घर भने तीन दिन हिँडेर पुगिन् । ‘उताबाट आउँदा चार दिन हिँड्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘यहाँबाट गाउँ जाँदा भने तीन दिनमा पुगिन्छ ।’ नागरिकता लिन एक साता पैदल […]
बझाङः संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार बझाङका कर्तव्य ज्यान मुदा लागेका २ जना र बहुविवाह गरेका २ जना गरी ४ जनालाई राष्ट्रपतिले कैद सजाय माफी गरेकी हुन्। जसमा कर्तव्य ज्यान मुदा लागेका दुर्गाथली गाउँपालिका – ५ का चक्र जप्रेल २०७० असोज २९ […]
तराई मधेसकेन्द्रित दलले आज संविधान दिवसका दिन विरोधका कार्यक्रम राखेका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध गर्नेमा सिके राउत नेतृत्वको जनमत पार्टीदेखि महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसम्म छन् । सरकारले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै गर्दा देउवा सरकारलाई समर्थन जनाएका दुई दल जसपा र लोसपा भने खुलेर […]
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक प्रणालीलाई मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएका छन् । सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकका अपेक्षा, आकांक्षा, आशा र असन्तुष्‍टिलाई सम्बोधन गर्दै लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । देउवाले नेपालको संविधानले […]
काठमाडौं । संविधान दिवस २०७८ को अवसरमा सरकारले प्रदान गर्ने पदक अस्वीकार गर्नेहरुको सूचीमा पत्रकार हरिबहादुर थापा पनि थपिएका छन् ।यसअघि कार्टुनिष्ट रविन सायमिले सरकारबाट पदक नलिने घोषणा गरेका थिए । इकागज डटकमका प्रधानसम्पादक थापाले सामाजिक सन्जालमार्फत पदक अस्वीकार गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा […]
‘संविधानले सीमान्त वर्गलाई अधिकार सम्पन्न बनाएको र त्यसका कारण सत्ताको सेरोफेरोमा बस्नेहरुले ‘दुःखेको’ महसुस गरेका छन् । अहिलेको व्यवस्था असफल भए त्यसरी ‘दुःखेको’ वर्गजति खुसी अरु कोही हुँदैन । यो व्यवस्थाले काम गर्नुपर्छ भन्ने लाग्छ भने प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प छैन । हैन, सबैले प्रहार गरेको बेलामा मौका यही हो, हामीले पनि एकपटक धक्का दिउँ न […]
काठमाडौं, असोज ३ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा […]
काठमाडौं, असोज ३ । हाँस्य रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेलले जितेका छन् । शनिबार राती सम्पन्न उक्त रियालिटीको अन्तिम विजेताको प्रतिस्पर्धीहरुमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा रहेका थिए । अग्रवाल र थापालाई पछि पार्दै ताप्लेजुङका पौडेल कमेडि च्याम्पियन बनेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ […]
काठमाडौँ — गणतन्त्र स्थापनापछि ७ वर्ष (२०६३–०७०) मा ७ वटा सरकार बने । राजनीतिक दल पनि टुक्राटुक्रामा विभाजित भए । अस्थिरताको त्यही शृंखला अन्त्य गर्न संविधानमा सहजै प्रधानमन्त्रीलाई पदमुक्त गर्न र संसद् विघटन गर्न रोक लगाउने प्रावधान राखियो । तर संविधान कार्यान्वयनपछिको पहिलो संसद्मै पुरानै विकृति दोहोरिए । दलभित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसक्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले […]
काठमाडौँ — सिंहदरबारमा रहेको शक्तिलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने तथा शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्यान्नलाई मौलिक हक स्थापित गर्ने घोषणासहित संविधान आएको ६ वर्ष भयो, तर यी मूल उद्देश्यतर्फ सकारात्मक पहल नगरेर संविधानलाई नै कमजोर बनाइएकामा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । सिंहदरबारले अभ्यास गर्दै आएको शक्ति आफ्नो हातबाट फुत्काउन नचाहेकाले संघीयता कार्यान्वयन हुन […]
डोटी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको बताएका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश सरकारले सबै प्रकारका ऐन कानून जनताकै भावना अनुसार तयार गरी कार्यान्वयन गरिराखेको उल्लेख गरे। विज्ञप्तिमा भनिएको छ “संविधानले सबै प्रकारका विभेदको […]
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने उनीहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । […]
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने उक्त मानपदवीमध्ये सबैभन्दा ठूलो मानपदवीको रुपमा रहेको नेपालरत्न पूर्वप्रधानमन्त्री तथा सन्त नेता […]
काठमाडौं । संविधान दिवसको अवसरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् । मन्त्रिपरिषद्को भदौ २९ मा कैद मिनाहा गर्न सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा आइतबारबाट लागु हुनेगरी कैद माफी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।