होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाण्डाैँ । नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्राहलयमा अवलकोनमा गएका रुकुम घर भएका एक युवकले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुृटाउन प्रयास गरेका थिए । तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको नारायणहिटी दरबार संग्राहलाय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए […]
धनगढी: सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ। दशैं, तिहार र छठ पर्वमा विभिन्न अपराधिक क्रियाकलाप तथा दुर्घटना बढ्न सक्ने भएकाले उक्त योजना लागू गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती र ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले […]
काठमाडौं : सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लागू हुनेगरी सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय हो। सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। हेर्नुस कुन ठाउँको भाडा कति लाग्छ ? https://drive.google.com/file/d/16guAmwULvdeUL0rXXPtHjvIUHK0DEehU/view
चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ प्रचण्ड र बादल दुवै चितवनका हुन् । अर्को […]
काठमाडौं । विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक शनिबार […]
सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ । गृहमन्त्रालयले बिहीबार डिआइजीको काज सरुवा निकालेको हो । सरुवा अनुसार मन्दिप श्रेष्ठ नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सरुवा भएका छन् । यसैगरी, डिआइजी राजु अर्याल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालयबाट मानवश्रोत विभाग सरुवा भएका […]
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए । गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा स्वीकृत गरेन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित ४ मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीभित्र सरसल्लाह होला भन्ने आसमा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष त्यतिबेला झस्कियो, जतिबेला देउवाले गठबन्धन दलसँग गरेको छलफलका आधारमा बुधबार परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई मन्त्री नियुक्त गरे । हालसम्म नियुक्त चारै मन्त्री सभापति देउवानिकट हुन् । […]
पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गर्नुभएको न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताइन् । ‘आशाको माध्यमबाट […]
८ असोज, विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका १ शान्तिचोकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । को १ ख ७५ ४८ नम्बरको बसले बिहीबार साँझ सवा ६ बजे ठक्कर दिंदा मोरङकै बेलबारी नगरपालिका ८ का ५१ वर्षीय देवेन्द्र पन्तको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएक उनको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु […]
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ । कार दुर्घटना हुँदा ३ जना बेपत्ता भएको चितवनका एसपी ओम अधिकारीले बताए । गएराति ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका –५ स्थित मुग्लिङभन्दा अढाई किलोमिटर अगाडी काठमाडौं तर्फबाट त्रिशुलीमा खसेको हो । कार चालक पोखरा मानगरपालिका–१७ घर भएका […]
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका छन्। उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भर्खरै आफूले सो पार्टीको निर्णय हेरेको तर पार्टीमा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको टिप्पणी गरे। उनले माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टी संज्ञा […]
बागलुङ– बागलुङ बजार हुँदै सिगाना, चापाखर्कबाट बरेङ जोड्ने सडक तीन वर्षमा कालोपत्रे गर्ने तयारी थालिएको थियो । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सकेर बोलपत्र प्रक्रियाको अनुमति लिन मात्रै बाँकी रहेको सो सडक खण्डकोे बजेट अहिले कटौती भएको छ । जंगल क्षेत्र नभएको केही स्थानमा पक्की नाली र ८ मिटर चौडा गरी सिगानाको बौडचौरसम्मको १० किलोमिटर सडक ४० […]
काठमाडौं । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गर्न केही नेताका नाममा सहमति जुटाएको छ । बिहीबार बिहान बसेको स्थायी समिति बैठकले जारी केन्द्रीय कमिटी बैठकमा पेस गर्नेगरी उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको हो । एक नेताका अनुसार एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश […]
काठमाडौं– नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते […]
७ असोज, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य रु.पाँच सयले घटेको छ । बुधबार ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु. ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजाबी सुन बुधबार प्रतितोला रु. ८९ हजार ६५० मा कारोबार भएको थियो । महासंघका अनुसार […]
७ असोज, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।अनलाइन […]
७ असोज, काठमाडौं । गत शनिबार मध्यान्ह रुपन्देहीकी राधा ज्ञवाली आफ्नी छोरीसँगै उभिएर त्रिभुवन विमानस्थलको प्रस्थान कक्षसँगैको फलामे गेट (अतिरिक्ति)तर्फ एकटक हेरिरहेकी थिइन् । केही घण्टाको सकसपूर्ण प्रतिक्षापछि उनको हातमा प्रहरीले पत्रिकाले बेरिएको एउटा लाम्चो आकारको सानो बाकस थमाइ दिए, जसमा राधाका श्रीमान गणेशको अस्तुसँगै जलेका सपनाको खरानी पनि थियो । ‘कोरोना लागेर निको भइसकेँ, […]
सिन्धुपाल्चोक: पाँचपोखरी थाङपाल गाँउपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले छ लाख १० हजार सहयोग गरेका छन्। लामो समयदेखि फोक्सो र मुटुका बिरामी ५८ वर्षीय तामाङ पूरै अक्सिजनको भरमा मात्र बाँचिरहेको उनको परिवारले जनाएको छ। उनको उपचारका लागि बेलायतमा दामी तामाङको नेतृत्वमा र इजिप्टमा पिङ्की तामाङको नेतृत्व तथा वडाध्यक्ष ङिमाछिरिङ तामाङको समन्वयमा उक्त […]
काठमाण्डौः इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सी इएफएल कपको चौथो चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। चेल्सीको घरेलु मैदानमा भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको थियो। चेल्सीका रोमेलु लुकाकु, मासन माउन्ट, रोस […]