होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धन प्रतिगामी गठबन्धन भएको आरोप लगाएका छन् । शनिबार वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनमा रहेको पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताए । ‘अध्यक्ष ओलीले भने, ‘प्रतिगामी शक्तिहरू देशलाई अस्थिरतामा धकेल्ने काम गरिरहेका छन् । यो ३ महिनाको अवधिमा देखि सकियो–देशलाई […]
सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा शनिवार बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी […]
जनता समाजवादी पार्टीका नगर तथा क्षेत्रीय अध्यक्षसहित पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् । रौतहटस्थित क्षेत्र ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसिया, कटहरिया नगर अध्यक्ष दुर्गा साह रौनियारसहित नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् । काठमाडौँस्थित माओवादी अध्यक्ष प्रचण्ड निवासमा पुगेर उनीहरू माओवादीमा प्रवेश गरेका हुन् । अध्यक्ष प्रचण्डले नव प्रवेशीहरुलाई टीका र माला […]
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सौहार्द बनाउन आग्रह गरेका छन् । उनले कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत वडा तहदेखि भइरहेको प्रतिस्पर्धालाई हार र जीतको विषय बनाउन कार्यकर्तालाई आग्रह गरेका हुन् । शनिबार नुवाकोट कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा पूर्वसहमहामन्त्री केसीले गुटगत राजनीतिका आधारमा […]
धनगढीः नेकपा एमालेमा १० बुँदेको विवाद फेरि सुरु भएको छ। एमाले उपाध्यक्ष तथा १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले कार्यदलबाट राजीनामा दिएपछि विवाद छताछुल्ल भएको हो। उनले शुक्रबार बसेको स्थायी कमिटी बैठकमा फरक मत राखेका छन्। १० बुँदेबारे अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिपछि नेताहरुले त्यसमा प्रश्न उठाएका हुन्। रावलले आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । अध्यक्ष ओलीले बेमौसमा आएको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते को शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उनले […]
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार वडा स्तरका अधिवेशन गर्न लागेको हो । पार्टी अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशैभरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सवै […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। नेकपा एमालेले देशभरका सबै वडाहरूमा आज एकसाथ वडा अधिवेशनको आयोजना गर्दैछ ।देशभरका ६ हजार सातसय ४३ वटा वडामा नयाँ नेतृत्व चयनका लागि एमालेले आज सवै वडामा एकसाथ वडा अधिवेशन गर्न लागेको हो । एमालेले देशभरका बाढी पहिरोले क्षती पुगाएका जिल्ला बाहेकका ठाउँहरुमा आज वडा अधिवेशन गर्ने तयारी गरेको भएपनि बाजुरामा केही […]
काठमाडौं । कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ । प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ […]
बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए । यस्तै २१ हजार ५४ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ । छ देखि […]
६ कात्तिक, बागलुङ । ‘रमरम मरौटी तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका […]
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दैलेखका अम्मर बहादुर थापाले पाएका छन् ।पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट थापालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो । थापा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत छन् । दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गत वैशाख ३ गते एमालेमै हुँदा ‘फ्लोर क्रस’ […]
काठमाडौँ – अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ। त्यसका लागि नेपाल सरकारले अमेरिकाबाट पहिलो खेपमा १ लाख डोज फाइजर खोप आउँदो सोमबार ल्याउन लागेको छ । युएस फुड एन्ड ड्रग डमिनिस्ट्रेसनबाट अनुमति पाएपछि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सम्भवतः नोभेम्बरदेखि खोप […]
काठमाडौँ — कोभिडको दोस्रो लहरमा ज्यानै जोखिममा राखेर खटिनेमध्ये काभ्रेका एक चिकित्सक पनि थिए । कोभिडका बिरामीको उपचार गर्दा उनी आफैं पनि संक्रमित भए । राष्ट्रिय ट्रमा सेन्टरले कोभिड बिरामीको चाप थेग्नै नसकेपछि वैशाखमा उनलाई करारमा नियुक्ति दिएको थियो । उनी हाल वीरको कोभिड युनिफाइड अस्पतालमा कार्यरत छन् । उनले साउनयताको तलब फूलपातीको बेलुकी मात्रै पाए । उनीजस्तै ट्रमाले नियुक्ति […]
काठमाडौँ — बेमौसमी वर्षापछि आएको बाढी र हुरीले १६ जिल्लामा मात्रै ७ अर्ब २२ करोड रुपैयाँ बराबरको दुई लाख ५८ हजार ९२ टन धानमा क्षति पुर्याएको छ । लुम्बिनीका १०, प्रदेश १ का तीन र सुदूरपश्चिमका दुई जिल्लाबाट उक्त परिमाणमा धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक विवरण छ । धान उत्पादन हुने मुख्य पकेट […]
काठमाडौँ — पार्टी विभाजनमा ‘ड्यामेज कन्ट्रोल’ अस्त्र मानिएको दसबुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओली अनिच्छुक भएपछि एमालेमा विवाद बल्झिएको छ । ओली अनुदार देखिएको भन्दै उपाध्यक्ष भीम रावलले सहमति कार्यान्वयन कार्यदल संयोजकबाट राजीनामा दिएका छन् । सहमतिको तीन महिनामै बल्झिएको विवादले महाधिवेशन केन्द्रित कार्यतालिकालाई प्रभाव नपारे पनि आन्तरिक शक्ति सन्तुलनमा असर गर्ने जोखिम बढेको छ । कात्तिक […]
छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पुर्याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनीहरुले शव बोकेर घाटसम्म पुर्याएका हुन् । महिलाले शव बोकेर दमौलीस्थित घाटमा पुगेर दागबत्ती र दाहसंस्कार […]
पोखरा । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी नपाएसम्म मुख्यमन्त्रीलाई सघाउने बताएका छन् । विनाविभागीय मन्त्री नियुक्त भएको झण्डै दुई सातापछि आयोजित पत्रकार सम्मेलनमा उनले आफू पार्टीको इमान्दार कार्यकर्ता भएकोले मुख्यमन्त्रीलाई सघाउनु नै आफ्नो दायित्व रहेको प्रष्ट्याए । उनले भने, ‘पहिलो चरणमा नै मन्त्री बन्छु भन्ने लागेको थियो । कुराले मिलेन । […]
धनगढी : कैलालीको धनगढीसहित अधिकांश भाग हुस्सु/कुहिरोले ढाकेको छ। हुस्सु लागेपछि धनगढी र आसपासको क्षेत्रमा तापक्रम पनि घटेको छ। यस्तै आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। पानी पार्ने प्रणाली नेपालमा अहिले नभए पनि स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर […]
धनगढी: सुदूरपश्चिम सरकारले आज (शनिबार)देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ। आज हेलिकोप्टर प्रदेशका सातै जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्। क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले आज राहत लिएर जाने बताएकी हुन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी […]