होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — दैलेखको दुल्लु नगरपालिका–७ मा दलित महिला सदस्य छिन्, भूमि वादी । उनको नाममात्रै भूमि हो, खेतीबाली लगाउने जमिन भने छैन, न त कमाई गरिखाने अर्को बाटो । दुल्लुमा उनी जस्तै करिब एक सय वादी परिवार छन् । दिनभरि नदी किनारमा बालुवा चाल्छन् । त्यसैको आम्दानीले बले बल्छ, नत्र चुलो बाल्ने अर्को बाटो पुर्ख्यौली […]
कैलाली । ‘राहत दिने कोही छन्कि हजुर, यो तस्वीर सञ्चार माध्यममा हाल्दिनु पर्यो, केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेको आग्रह हो यो । आफ्नो खेतमा बिग्रेर टुसाएको धानबालीको मोबाइलमा खिचिएको तस्वीर देखाउँदै उनले दुःखेसो गरे, ‘यस्तो नसोचेको विपत्ति पहिलो पटक अनुभव भयो, धानबाली […]
स्थानीय तहका रिक्त जनप्रतिनिधिहरुको पदपूर्ति गर्न अब स्थानीय तहको उपनिर्वाचन गर्नु नपर्ने भएको छ । निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा स्थानीय तहको कार्यकाल सकिन धेरै समय बाँकी नरहेकाले अब उपनिर्वाचन गर्न नपर्ने बताएको हो । तर प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्न के गर्ने भन्ने विषयमा भने आयोगले सरकारको […]
निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल […]
खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ । अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर भर्खरै सञ्चालनमा आएको थियो। तर यही कात्तिक १ गतेदेखि परेको […]
पूर्वी पहाडी जिल्ला पाँचथरमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी पाँच दर्जन यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक धनबहादुर थापाको अनुसार पाँचथरको सविाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो । डिएसपी थापाले मृतकको […]
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले मापदण्ड तोकेको छ । तोकिएको मापदण्ड अनुसार विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो । नियमित प्रकृतिका कामलाई […]
पाँचथरमा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ । फिदिम नगरपालिका–४ सिवा दोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीको साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोँचमा झरेको थियो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले तिनलाई […]
काठमाडौं । मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनबाट अहिलेसम्मकै धेरै महिला केन्द्रीय सदस्य चयन हुने भएका छन् । गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले विधान संशोधन गरेर पार्टीका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरेको छ । १० औं महाधिवेशनमा २ सय २५ जना […]
काठमाडौं । १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले एक-दुई दिनमा लिखित राजीनामा नै बुझाउने भएका छन् । सोमबार अनलाइनखबरसित कुरा गर्दै रावलले १० बुँदे सहमति कार्यान्वयनमा आलटाल हुने देखेपछि आफूले राजीनामाको घोषणा गरेको र अब पार्टी अध्यक्षलाई लिखित राजीनामा नै बुझाउने तयारी गरिरहेको बताए । ‘अस्ति मैले त्यहाँ राजीनामा […]
धनगढी । केही दिनअघि भएको बेमौसमी वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेका सुदूरपश्चिमका चार जिल्लाका सडक अझै खुल्न सकेका छैनन् । डोटी, डडेल्धुरा, दार्चुला र बझाङका विभिन्न स्थानमा आएको पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती खप्नुपरेको छ भने बाजुरामा चार महिनाअघि गएको पहिरोले सडक अवरुद्ध छ । सुदूरपश्चिम प्रदेश ट्राफिक […]
काठमाडौं । चीनमा कोभिड-१९ का नयाँ संक्रमित देखिन थालेका छन् । भाइरस पुन: देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् । अन्यत्र क्षेत्रबाट आएको डेल्टा भेरियन्टका कारण नयाँ संक्रमित देखिएको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले आइतबार जानकारी दिएका छन् । अक्टोबर १७ देखि संक्रमण […]
पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । गएराति ओखलढुंगाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ पंखु खोलामा लडेका राईको उपचारका क्रममा मृत्यु भएको हो । यात्राका क्रममा राई सवार गाडी रोकेर शौच गर्ने क्रममा भिरबाट लडेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइँ […]
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ […]
धनगढी : नेपाल एयरलाइन्सले अछाममा पनि उडार्न भर्ने भएको छ। नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले धनगढीबाट अछामको साँफेबगरको लागि मंगलबारदेखि उडार्न भर्ने तयारी भइरहेको जानकारी दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान भर्नको लागि निर्देशन आएको उनले बताए। एयरलाइन्सले अहिले धनगढीदेखि बझाङ र डोटी उडान भर्दै आएको छ।
धनगढी : यातायात र विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा उपचार सेवा प्रभावित हुन थालेको छ। बाजुरा, बझाङ, डोटी र दार्चुला जिल्ला जोड्ने मुख्य राजमार्गसहित ग्रामीण सडक पूर्ण रुपमा सुचारु नहुँदा बिरामीको उपचारमा समस्या हुन थालेको हो। सडक मार्ग अवरुद्ध भएका जिल्लामा बिरामीलाई अस्पताल ल्याउन तथा उपचार गर्न नसक्ने बिरामीलाई रेफर गर्दा समस्या हुन […]
चितवन । राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण […]
बाजुरा। सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा सडक सञ्जालबाट बाहिर भएको चार महिना भएको छ। गत असारमा भएको वर्षाका कारण अवरुद्ध भएको साँफे-मार्तडी सडक सुचारु नहुँदै फेरि भत्किएको छ। गत हप्ता तीन दिनसम्म परेको अविरल वर्षाका कारण उक्त सडक खण्ड ठाउँ–ठाउँमा अवरुद्ध भएको थियो। दर्जनबढी स्थानमा पहिरो खस्दा अवरुद्ध भएको सडक पूर्ण रुपमा सञ्चालन हुन अझै समय […]
हुम्ला — मौसममा खराबीसँगै हुम्लाको हिल्सा क्षेत्रमा सातायता भारी हिमपात भइरहेको छ । हिमपातका कारण नेपाल–चीन सीमानाका पूर्ण रूपमा बन्द भएको छ भने सडक तथा सञ्चार सम्पर्क पनि टुटेको छ । हिल्सास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) सँग पनि सञ्चार सम्बन्ध टुटेको जिल्ला प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले बताए । दैनिकजसो हिमपात भइरहेकाले सोलार चार्ज नहुँदा प्रहरी […]
काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो । फाइजर खोप नेपाल आएको पहिलोपटक हो । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् […]