होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सुरु गरेको जनगणनाका लागि देशभर ३६ हजार गणकहरू र ८ हजार ५ सय सुपरिवेक्षकहरू सहभागी भएका छन् । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविललाल श्रेष्ठ सहितका पदाधिकारीहरू बिहान राष्ट्रपतिको कार्यालयमा गएर विद्यादेवी भण्डारीको परिवारको जनगणना गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी […]
सन्धिखर्क : सन्धिखर्क नगरपालिका १ पाणिनी चोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोखरेलले ब्याक गियरसहितको इलेक्ट्रोनिक बाइक बनाएका छन्। बुटवलबाट बिदामा घर आएका पोखरेलले कुनै तालिम बिना इलेक्ट्रोनिक बाइक बनाएका हुन्। घरायसी स्तरमा रहेका खेर जाने वस्तुसँगै वजारबाट आवश्यक वस्तु संकलन गरी उनले यो बाइक बनाएको बताए। यसअघि पनि उनले घरायसी काम नलाग्ने वस्तुको […]
काठमाडौँ– नेपाल बार एसोसिएसनले भोलिदेखि आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गर्दै अब प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । नेपाल बार एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको हो । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘अहिलेका प्रधानन्यायाधीश विचौलियाका नाइके भएका छन् । […]
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् । घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ […]
काठमाडौं । सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बार एशोसिएनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराईले बताए । उनले भने, ‘प्रहरीको […]
काठमाडौं । कानुन व्यवसायीहरुले भोलि (शुक्रबार) सर्वोच्च अदालतका सम्पूर्ण इजलासमा बहस पैरवी नगर्ने घोषणा गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा भएको धर्नाका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा नेपाल बार एशोसिएसनले यस्तो घोषणा गरेको हो । विरोध सभामा बार महासचिव लीलामणि पौड्यालले दिएको जानकारीअनुसार भोलि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा समेत कानुन व्यवसायीहरुले बहस पैरवी गर्ने […]
नागरिक रैबार/बाजुरा २५ कार्तिक। बाजुराका डिएसपी मदनजित महराको सरुवा भएको छ । एक वर्ष अघि बाजुराको डिएसपीको कार्यभार सम्हाल्न आएका महरा करिव १३ महिनापछि बाजुराबाट सरुवा भएका हुन् । प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । साेही क्रममा बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराकाे पनि बाजुराबाट सरुवा भएपछि चतुर्भुज ओझा […]
चितवन: नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन्। आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन्। सचिव ज्ञावलीले भने, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ। केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ।” केन्द्रीय सदस्य र अन्य कुनै एक/दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने […]
बैतडी: अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ। गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सोे क्षति भएको हो। जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सिगास, शिवनाथ, सुर्नया, दोगडाकेदार […]
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् । राष्ट्रिय जनगणनाका अवसरमा उनले देशवासीका नाममा सन्देश जारी गर्दै जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने […]
काठमाडौं । कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ ।
काठमाडौं । सरकारले कोभिड-१९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्न योग्य परिवारबाट निवेदन आहृवान गरेको छ । अर्थ मन्त्रालयले बिहीबार १५ दिने सूचना जारी गरी निवेदन आहृवान गरेको हो । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफू बसोबास गरिरहेको स्थायी वा अस्थायी वडा कार्यालयमा पुगेर परिवारले निवेदन दिन सक्ने भएका छन् । सरकारले अघिल्लो […]
धनगढी । कैलालीमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार राति टीकापुर नगरपालिका–१ मा खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटा, […]
काठमाडौं । आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ ।राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । यसका लागि गणकहरु आज बिहान ९ : ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा पुग्ने छन् । […]
नागरिक रैबार बाजुरा २४ कार्तिक। बाजुरामा एकैदिन २ जना पुरूष छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेटिएका छन् । यसरी एकै दिन मृत अवस्थामा भेटिनेमा जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का अन्दाजि १८ वर्षका जीवन चंदारा र बुढीगंगा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल रहेका छन् । मृत अवस्थामा भेटिएका दुईजना मध्ये चंदारा बुढीनन्दा नगरपालिका ५ […]
काठमाडौँ- नेकपा एमालेले पार्टीको १० औं महाविधेशनका लागि प्रत्येक संगठित सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनलाई सम्पन्न गर्नका लागि प्रत्येक संगठित सदस्यबाट कम्तिमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश […]
काठमाडौँ– हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य विहीबार गतेबाट सुरु हुँदैछ ।यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै […]
अछाम । अछामको साँफेबगर नगरपालिका–२ को बागविणी पुरानो बस्ती हो । जहाँ बाहुन, क्षत्री र दलित समुदायका मानिसको बसोबास छ ।धार्मिक, सांस्कृतिक र अन्य सामाजिक विषयमा सबै जातजातिका मानिसको एकै प्रकारको परम्परागत मान्यता र प्रचलन भए पनि खानेपानी वितरणको सम्बन्धमा भने जात जहिल्यै तगारो बन्ने गरेको छ । गाउँको माथिल्लो भाग जसलाई समुदायका मान्छेले सामुदायिक वनका रूपमा संरक्षण […]
जनकपुरधाम । धनुषामा बुधबार दुर्घटना परेको बसमा आफैं आगलागी भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलमा दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकको दाहिनेपट्टि २० फिट तल खसेर दुर्घटना भएलगत्तै बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले […]
काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् । उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसत: एक जना गणकले २० मिनेट लगाउने […]