होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा चर्का नारा लगाएका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा शुक्रबार सर्वोच्च परिसरमा भेला भएका कानून व्यवसायीहरुले कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह गर्दै ‘हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं’ भन्दै नाराबाजी गरेका हुन् । आफूहरुको आवाज प्रधानन्यायाधीश जबराले सुनुन् भनेर उनीहरुले कर्मचारीहरुलाई झ्याल […]
करिब ३१ लाख सदस्यता वितरण गर्ने माओवादीको महत्वाकांक्षी योजनामा शुक्रबारसम्म सात लाख ३५ हजारले साधारण सदस्यता लिएका छन् । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिए । ‘अहिलेसम्म सात लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या एकीन गर्न बाँकी छ’, उनले भने […]
प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएका हुन् । ‘नेपाल सरकार पूरा सहयोग गर्न तयार छ […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभी तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेका हुन् । ‘सुरूसुरूमा रामदेव अलि बढी रूढीवादी, परम्परावादी हुनुहुन्छ जस्तो लाग्थ्यो […]
बागलुङ — दस वर्षअघिको राष्ट्रिय जनगणनामा ढोरपाटन नगरपालिका–७ का शिक्षक यामबहादुर कायत सुपरिवेक्षक थिए । उनले आफ्नै समुदायको तथ्यांक निकाल्दा वडामा मात्रै ७७ घरधुरीमा कायत जाति बसोबास गर्थे । जनगणनाको नतिजा आउँदा तथ्यांक विभागको प्रतिवेदनमा यो जाति देखिएन । झन्डै ४ सय जनसंख्या रहेको कायतको थर तथ्यांक विभागले सफ्टवेयरमै नचढाएको पाइएको तथ्यांक कार्यालय बागलुङका प्रमुख तथ्यांक अधिकृत मुकुन्द […]
धनगढी– प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षक डिएसपीको प्रहरी उपरीक्षक एसपीमा बढुवा सिफारिस गरेको छ। कैलाली घर भएका जनकबहादुर शाही र चक्रराज जोशीसहित ८ जना डिएसपीको एसपीमा बढुवा सिफारिस भएको हो। शाही प्रहरी प्रधान कार्यालय सुरक्षा व्यवस्थापन निर्देशनालयमा कार्यरत छन् भने जोशी महानगरी सशस्त्र प्रहरी गण मुख्यालय महाराजगञ्जमा कार्यरत छन्। यस्तै डिएसपी रामेश्वर कार्की, […]
काठमाडौँ — दसौं महाधिवेशन नजिकिँदै गर्दा एमालेमा केन्द्रीय पदाधिकारीका लागि एक दर्जन महिला आंकाक्षी देखिएका छन् । १५ सदस्यीय पदाधिकारीमा विधानले आरक्षणको व्यवस्था नगरेकाले विवेकसम्मत ढंगले महिलालाई निर्वाचित गराउनुपर्ने माग पनि उठिरहेको छ । मंसिर १०–१२ मा हुने महाधिवेशनले पदाधिकारीतर्फ अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव चयन गर्नेछ । उपाध्यक्ष अष्टलक्ष्मी […]
चितवन: नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ। एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पु¥याउने गरी निमन्त्रणापत्र पठाएको हो। दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइएको छ। थप माग भएमा पठाउने तयारी गरिएको उनले बताए। वडा […]
फिफा विश्वकप छनोट खेलका कारण दुई साता विश्राम लिएको स्पेनिस ला लिगाको १४औं राउन्डका खेलहरु सुक्रबार रातिदेखि पुनः सुरु हुँदैछ । सुक्रबार राति एथलेटिक बिल्बाओ र लिभान्तेबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेसनको दबाबमा देखिएको लिभान्ते घरेलु मैदानमा जित निकाल्दै संकट टार्ने योजनामा छ । पाहुना टोली बिल्बाओ पनि स्पस्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अभियानमा […]
कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरुबीच धक्का मुक्का भएको हो । एकछिनको घम्साघम्सीपछि वकिलहरू सर्वोच्चभित्र छिरेर धर्नामा बसेका छन् । आन्दोलनरत वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् । उनीहरुले ‘अदालत परिसर हाम्रो हो, दंगा प्रहरी फिर्ता जाउ, कानुन व्यवसायीको एकता जिन्दावाद, हाम्रो आन्दोलन […]
रामशाहपथस्थित नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वकिलहरूलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । बिहीबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला […]
काठमाडौं । अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावले नेपालको मौसमी प्रणालीमा पनि असर गरेको छ । यसको असर आगामी आइतबारदेखि कम हुँदै जाने पूर्वानुमान मौसमविदले गरेका छन् । अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावका कारण पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का पानी पर्ने र हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात हुने जल तथा मौसम विज्ञान […]
काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानून व्यवसयी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो । नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । अहिले कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ । आन्दोलित कानून […]
काठमाडौँ: कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आंशिक रूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। नेपाली समयानुसार दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने जनाइएको छ। एसियाका केही […]
सर्वोच्च अदालतमा बिहीबार वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले बिरलै हुने दृश्य देखिन्। प्रहरीको दमन भोगिन्। कतिपयले त युद्धमा प्रयोग गरिने एसएलआर नै बोकेका थिए। झट्ट हेर्दा ब्यारेकजस्तो देखिन्थ्यो न्यायको मन्दिर।न्यायालय शुद्धीकरणको अभियानअन्तर्गत धर्नारत अन्य कानुन व्यवसायीभन्दा अगाडि थिइन् बराल। त्यही बेला महिला प्रहरी आएर लछारपछार गरेको उनले सुनाइन्। ‘हातले धकेलेजस्तो देखाउने तर तलबाट बुटले हिर्काउने […]
नागरिक रैबार/बाजुरा २ मंसिर। प्रेस सेन्टर बाजुरा शाखाको अध्यक्षमा शुरेन्द्र शाही चयन भएका छन् । विहिबार सदरमुकाम मार्तडीमा सम्पन्न प्रेस सेन्टर नेपाल बाजुराको जिल्ला छैटौँ जिल्ला सम्मेलनले अध्यक्षमा शाही रहने गरी ९ सदस्यीय नयाँ समिति गठन गरेको हो । प्रेस सेन्टर बाजुराका अध्यक्ष नरदिप वडको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका जिल्ला […]
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुरा जिल्लाको जिल्ला अस्पताल सहित ३ नगरपालिका र २ गाउँपालिकाका स्वास्थ्य संस्थालाई ५९ लाख ९७ हजार ८ सय ८८ रकम बराबरको स्वास्थ्य सामाग्रि सहयोग गरिएको छ । स्वास्थ्य साम्रागी सहयोग गरिएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग-कोइका गुड नेवर्स इन्टरनेश्नल, पिसविन र किडाकको सहयोगमा जिल्ला अस्पताल बाजुरा, बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका, […]
२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा अधिवेशन प्रक्रिया अवरुद्ध भएको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत नै कुटिएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो । सर्लाहीमा बिहीबारका लागि वडा अधिवेशन तय भएको थियो । तर अधिवेशन सुरु नहुँदै मलंगवामा रहेको पार्टी कार्यालयमै निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका […]
नेकपा (एमाले) को आसन्न १० औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुवात भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्साङ्कन गरिएको छ । एकसय अतिथि रहने गरि आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ । उनले भने, “१६ फिट अग्लो मञ्च […]
बझाङः विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ। गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ। अत्यधिक वर्षाले विद्यालयको भवन र जमिन भासिएको छ। विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन। त्यसैले विद्यालय नजिकैको खेतमा पठनपाठन गर्नुपरेको प्रधानाध्यापक पुष्पराज […]