होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीले चाहेका व्यक्तिहरूमात्र केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् । तर चुनावअगाडि नै अध्यक्षमण्डलका अध्यक्षबाट विजयी घोषित पदाधिकारीको अनुहार मुर्झाएको छ, बरु प्रतिस्पर्धा गरेर पराजित नेताहरू आफ्नो र पार्टीको लोकतान्त्रिक प्रतिष्ठा बचाएकामा सन्तुष्ट देखिएका छन् । ओलीले अघिल्लो महाधिवेशनमा सचिवमा पराजित विष्णु रिमाललाई एक तहमाथि उपमहासचिव, उपमहासचिवमा पराजित शंकर पोखरेललाई […]
वीरेन्द्रनगर — सुर्खेत–दैलेख सडक खण्ड एक महिनाका लागि बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत दैलेखको गाईबान्नास्थित भिरको चट्टान काट्नुपर्ने भएकाले बुधबारदेखि पुस १४ गतेसम्म सडक बन्द गराइएको डिभिजन सडक कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी सजना पोखरेलले उक्त भिरमा साँघुरो बाटो भएकोले फराकिलो गर्न चट्टान काट्नुपर्ने भएकाले सडक बन्द गरिएको […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। नेकपा माओवादी केन्द्र बडीमालिका नगर समितिको अध्यक्षमा रमेश चंदारा चयन भएका छन् ।माओवादी केन्द्र बडीमालिका नगर समितिको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रमेश चंदारा रहने गरी ६५ सदस्यीय नगर समिति चयन गरिएको अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउंदले बताएका छन् । उहाँका अनुसार नगर समितिको उपाध्यक्षमा देवराज पाध्याय, फुगी रोकाया, सचिव प्रेम […]
चितवन, १५ मंसिर । नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मूलधारका रुपमा स्थापित बन्ने बताएका हुन् । उनले भने, “यो महाधिवेशनबाट पार्टी एक ढिक्का भएको छ, एक जुट […]
राप्रपा अध्यक्ष कमल थापाले पार्टीको अहिलेको नारा राजा आउ देश बचाउ भन्ने नरहेको बताएका छन् । उनले भने, ‘राप्रपाको अहिलेको नारा राजा आउ देश बचाउ भन्ने होइन’, पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले भने, ‘हाम्रो नारा हाम्रो रणनीति भनेको जनता आउ राजालाई ल्याउ भन्ने नारा हो ।’ थापाले सदन र सडकको […]
नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई सिद्धान्त, विधि पद्धति र राष्ट्रिय हितअनुकूलको बाटोमा हिँडाउन अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्। रावलले चितवनमा भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर केपी शर्मा ओलीसँग पराजित भएका थिए। उनले बुधबार ट्वीट गर्दै आफूले १० औं महाधिवेशनमा अध्यक्ष पदमा दिएको उम्मेदवारीबारे बताएका हुन्। ‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति […]
काठमाडौँ — निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधबार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताएका हुन् […]
सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले […]
काठमाडौं । दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् ।बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले बताए । उनका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।उनीहरुको कोठामा कोइला […]
काठमाडौँ — सर्लाहीको पर्सा गाउँपालिका–५ पर्साकी १६ वर्षीया अञ्जली साह गाउँपालिकाको एकदिने अध्यक्ष बनेकी छन् । १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानका क्रममा उनी अध्यक्ष बनेकी हुन् । वाग्मती सेवा समाज सर्लाहीले अञ्जलीलाई मंगलबार अध्यक्ष बन्ने मौका जुराइदिएको थियो । गाउँपालिका अध्यक्ष किशुनदेव रायले अञ्जलीलाई पदभार ग्रहण गराए । उनले यस्ता कार्यक्रमले किशोर तथा किशोरीलाई लैंगिक हिंसाविरुद्धको अभियानमा टेवा पुग्ने […]
मुगु — सोरु गाउँपालिका–८ रुमकी रूपकन्या रावल दैनिक दुई घण्टा हिँडेर स्कुल जान्छिन् । रारा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनलाई बिहान ८ बजे नै घरबाट हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ । गाउँमा विद्युत् सुविधा त छैन नै स्थानीयलाई फोन गर्न डाँडाकाँडा चहानुपर्ने बाध्यता छ । तारापानीका करिब २ सय परिवारमा खानेपानी अभाव भएपछि आधा घण्टा हिँडेर […]
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न भएको छ । सो पार्टीले कैलालीका १३, कञ्चनपुरका ३, डोटीका ८, अछामका ३, बैतडीका १ पालिकामा सम्मेलन सम्पन्न भएका सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष शरद सिंह भण्डारीले जानकारी दिए । त्यस्तै बझाङका ३, दार्चुलामा ३, बाजुरामा २ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ । […]
प्रहरी कार्यालयअगाडि वृद्धा दलित महिला र उनकी छोरीलाई जातीय गालीगलौज गर्दै कुटपिट गर्ने पक्राउ नपरेको भन्दै पीडित र दलित अगुवाले संघर्ष थालेका छन् । २३ कात्तिकमा सुनसरीको दुहबी नगरपालिका–५ की ७० वर्षीया लक्ष्मी परियार र उनकी ४० वर्षीया छोरी आरती परियारमाथि इलाका प्रहरी कार्यालयअगाडि नै कुटपिट भएको थियो । कुटपिटमा संलग्न दुहबी नगरपालिका–४ का रोशन कार्की, उनका […]
विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ। शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका शाखा प्रमुखको मंगलबार सम्पन्न बैठकले विद्यार्थीविहीन विद्यालयको अनुमति खारेजीमा लैजान सबै स्थानीय तहहरूबाट तत्काल […]
संखुवासभा। प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-५ खमारे बस्ने रामबहादुर राई रहेका छन् । भरूवा बन्दुक लुकाई राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो। पक्राउ परेका उनीङ्गाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चितवन । चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले पार्टीका नेता कार्यकर्ताले जीवन रोज्ने कि मृत्यु भनेर निर्णय गर्ने बेला आएको बताएका छन् । बुधबार पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले नेतृत्वको चर्को आलोचना गरे । अघिल्लो महाधिवेशनमा प्रमुख तीन दलबीच राप्रपालाई कसले नजिक राख्ने भनेर प्रतिस्पर्धा चलेको स्मरण गर्दै उनले भने, ‘तर हामीले […]
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ । महाधिवेशन बाट पदाधिकारीमा समेटिने औधी इच्छा राखेका पण्डीत अध्यक्ष केपी ओलीले पदाधिकारीमा नभएर केन्द्रिय सदस्यमा मात्रै नाम प्रस्ताव गरे पछि फन्किएर चितवन छोडेका थिए । कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका उनले […]
धादिङ : बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन्। ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन्। खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन्। घरमा बस्ने अरु सबैको काम ज्यालामजदुरी नै हो। नत्र हातमुख जोर्ने अर्को […]
धनगढी : नेकपा (एमाले)को केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २९ जना परेका छन्। एकजना पदाधिकारी, २५ जना केन्द्रीय सदस्य र तीन जना विभिन्न आयोगमा चयन भएका हुन्। एमालेको सचिवमा कैलालीका लेखराज भट्ट विजयी भएका छन्। यस्तै केन्द्रीय सदस्यमा भीम रावलसहित २५ जना विजयी भएका छन्। रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका हुन्। एमालेमा […]