होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बागलुङ नगरपालिका(१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गरिएको थियो । विद्यार्थी र […]
निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको काम निरन्तर […]
कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका […]
वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् । सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह […]
काठमाडौं । आज बिहान राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो । नतिजा आजै सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ । परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । […]
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व सर्वसम्मतिबाटै चयन गर्ने प्रयास जारी राखेको छ । धनगढीमा बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्र सुरु भए पनि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अझै सुरु भएको छंन । सभापतिसहिका पदाधिकारीहरूमा सर्वसम्मतिको प्रयास भइरहेकाले शुक्रबार बिहान ८ बजेका लागि तय भएको मनोनयन दर्तालगायतको निर्वाचन कार्यतालिका हेरफेर गरिएको प्रचारप्रचार […]
धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुका केही स्थानमा आज वर्षा भइरहेको छ। सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा वर्षा भइरहेको हो। यस्तै वर्षाका कारण हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिमका अन्य स्थानहरुमा समेत सामान्यदेखि पूर्णतया बदली रहेको छ। पहाडका बैतडी, बझाङ, बाजुरा लगायतका केही स्थानमा वर्षा भैरहेको बताइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा जारी छ । राप्रपाको यो महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ । महाधिवेशनमा सहभागी हुन देशभरिबाट ४ हजार ७ सय केन्द्रीय प्रतिनिधि काठमाडौँ आएका छन् । त्यसमध्ये झण्डै एक हजार प्रतिनिधि प्रदेश २ (मधेस) बाट रहेका छन् । हालसम्म मधेसबाट उपाध्यक्षमा रामचन्द्र राय यादव (सर्लाही) ले उम्मेदवारी […]
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत गर्दै भारतीय […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको सदरमुकाम मार्तडी बजारभित्रका ४ वटा शाखा सडकहरु अलपत्र परेका छन् । मार्तडी बजारलाइ व्यवस्थित बनाउने र बजारभित्रका सवै ठाउँमा सडकको पहुँच विस्तार गर्ने उद्देश्यले बनाउन लागिएका ४ वटा शाखा सडकहरुको निर्माण कार्य अलपत्र परेका हुन् । मार्तडी बजार भित्रका ५ वटा ठाउँमा सडकहरु निर्माणका लागि सघन सहरी विकास तथा भवन […]
कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। जिल्लाको हिमाली गाउँपालिकाले पनि पालिका भित्रका सवै वडामा भव्यताका साथ लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान मनाई रहेको छ । “घरैबाट सुरु गरौ, नारी हिंसा अन्त्य गरौ“ भन्ने नाराका साथ हिमाली गाउपालिकाले प्रत्येक वडामा विभिन्न कार्यक्रम गरेर उक्त अभियान मनाईरहेको छ । बुधबार हिमालीको वडा न.-६ पाँडीमा वडा भित्रका महिलाहरुको सहभागितामा […]
काठमाडौँ — सिन्धुपाल्चोक, मेलम्ची नगरकी १९ वर्षीया करिना पुरी कांग्रेसको महाधिवेशन प्रतिनिधि भइन्, प्रतिनिधिहरूबीच पनि सर्वाधिक मत ल्याएकी उनी पार्टीको महासमिति सदस्य बनेकी छन् । ‘राजनीतिमा युवा र महिला आउनुपर्छ भनिन्छ तर युवा आफैं अघि सरेका छैनन्, हामीले हस्तक्षेप सुरु गर्नुपर्छ भनेर अघि सरेकी हुँ,’ करिनाले कान्तिपुरसँग भनिन्, ‘परिवारको साथ र पार्टीको विश्वास पाएँ । राष्ट्रिय महाधिवेशनमा […]
काठमाडौं, १६ मंसिर । चर्चित नायिका तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको जारी एकता महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएकी छिन् । उनले भर्खरै उम्मेद्धवारी घोषणा गरेको रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ईश्वर कार्कीलाई जानकारी दिईन् । हिजो (बुधबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा उम्मेद्धवारी दिएकी हुन् । काठमाडौं क्षेत्र नम्बर ४ […]
काठमाडौं, मंसिर १६ । भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि राष्ट्रिय परीक्षा बोर्डले आज अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन् । उनीहरुको परीक्षाको […]
बाजुरा, मंसिर १६ । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न […]
हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो […]
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगितगरिएको जानकारी दिएको हो । ‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा […]
गोङ्गबुस्थित नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । “नयाँ […]
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।बिहीबार देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, […]