होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको […]
काठमाडौँ । नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने प्रस्ताव गृह मन्त्रालयमै अड्किएको छ । प्रहरी प्रधान कार्यालयले ०७७ चैतमा पद थप्ने प्रस्ताव गरेको थियो । प्रहरी नियमावली–०७१ लाई संशोधन गरेर पद थप्ने प्रस्तावमा कुनै निर्णय हुन सकेको छैन । सानो दर्जामा वरिष्ठ हवलदार, सहायक हवलदार र वरिष्ठ प्रहरी नायव निरीक्षक पद थप्न प्रस्ताव गरिएको […]
नाग्म, कालीकोट — तिलागुफा नगरपालिका–१ स्थित मालिका माविको कक्षा १० मा २३ जना विद्यार्थी भर्ना भएका छन् । अहिले विद्यालयमा पठनपाठन सञ्चालन भइरहेको छ । तर कक्षा १० मा एक जना पनि विद्यार्थी आउँदैनन् । ‘चिसो पनि बढ्यो,’ विद्यालयका शिक्षक प्रजापति चौलागाइंले भने ‘सबै विद्यार्थी तिहार सकेर सुर्खेततिर ट्युसन पढ्न गए ।’ विद्यालयमा मावि तहका शिक्षकको दरबन्दी नहुँदा पढाइ […]
काठमाडौँ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूसँग आगामी महाधिवेशनमा सभापतिमा जितको सुनिश्चितता खोजेका छन् । बूढानीलकण्ठस्थित निजी निवासमा आफूनिकट नेताहरूसँग यतिबेला देउवाले छलफल गरिरहेका छन् । देउवाले नेताहरूसँग मुलुकको राजनीतिक अवस्था, पार्टीको आन्तरिक शक्ति संघर्ष र जिल्ला तथा प्रदेश अधिवेशनको नतिजा बारे ब्रिफिङ गरेका थिए । सभापति देउवाले नेताहरूलाई कुन पदमा उठ्न […]
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मापदण्ड अनुसार आफ्नै अस्पताल सञ्चालन गर्न सुदूरपश्चिमका नर्सिङ कलेजहरु अनिच्छुक देखिएका छन्। ऐनको प्रावधान अनुसार नर्सिङ अध्यापन गराउने कलेजले एक सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने हुन्छ। सुदूरपश्चिम प्रदेशमा सात नर्सिङ कलेज छन्। सात कलेजले एक सय शय्याको दरले अस्पताल सञ्चालनमा ल्याए प्रदेशभर सात सय शय्या थपिने निश्चित छ। तर […]
राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी सदस्य राजन श्रेष्ठको कुटपिटबाट हत्या भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा गम्भीर घाइते अवस्थामा उनलाई भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लोकबहादुर जिसिले बताए। प्रहरीको टोलीले श्रेष्ठलाई उपचारको लागि थिमीस्थित मध्यपुर अस्पतालमा पुयाएको थियो। उपचारको क्रममा रातिनै उनको मृत्यु […]
सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट भएको छ । कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ । कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । त्यही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी […]
नेपाली काँंग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिव शंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल सांस्कृतिक संघको महामन्त्री समेत रहेका रिजाल ५ सय १३ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । दोस्रोपटक सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका रिजालले मतदाता प्रति आभार व्यक्त गरे […]
नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा छुटेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका हुन् । काठमाडौंमा अहिले बैठक बसिरहेको छ । सरकारले २८ मंसिरबाट सुरु हुन लागेको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न लागिएका भनिएका […]
एजेन्सी । अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचअो) ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् । प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ ।दक्षिण […]
केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा […]
काँकडभिट्टा — किताबको भित्री पानामा च्यापेर नेपाल ल्याइँदै गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। भारतको पानीट्यांकीबाट आएका सल्यान बनगाउँ नगरपालिका १ सल्लीबजारका ३० वर्षीय रमेश डिसीले बोकेको किताबबाट प्रहरीले २३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । मेचीनगर ६ स्थित पुरानो मेची पुलमुनिबाट पैदल नेपाल आउँदै गरेका डिसीलाई शंका लागी […]
कञ्चनपुर — शिक्षक र विद्यार्थीसँगै अभिभावकमा समेत कोभिडको संक्रमण पुष्टि भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाको कृष्ण आधारभूत विद्यालय सोमबारदेखि बन्द गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विद्यालयका २ शिक्षकसँगै ५ कक्षामा अध्ययनरत ११ वर्षीय छात्र र उनकी आमामा संक्रमण पुष्टि भएको हो । उनीहरू सबैमा आइतबार एन्टिजेन परीक्षणबाट संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । […]
काठमाडौँ — कांग्रेस सभापतिमा शेरबहादुर देउवाको प्रतिस्पर्धी को ? महाधिवेशन ढोकामै आइपुग्दा पनि अनिश्चय उस्तै छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले ‘ससर्त’ दाबी छाडेका छन् । तर, शेखर कोइराला र प्रकाशमान सिंहबीच सहमति नभएसम्म पौडेल मिलनबिन्दु बन्ने सम्भावना पनि उत्तिकै बलियो छ । मंगलबार साँझसम्म सिंह–निवास चाक्सीबारीमा भएको बैठकमा देउवाविरुद्ध एक जना मात्र उम्मेदवार नभएमा […]
काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहको बैठक छाडेर चण्डोलस्थित कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन्। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भइरहेको बैठकबाट पौडेल खाना खान भनेर बाहिरिएका थिए। महाधिवेशन नजिकिँदै गर्दा सिटौला समूह पनि छलफलमा जुटेको छ। आजको छलफलबाट सिटौलाले आफैंले उमेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निर्णय हुनेछ। सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई […]
स्पानिस क्लब एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘बी’ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगिज क्लब पोर्टोलाई ३–१ ले पराजित गर्दै एट्लेटिको समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो। एट्लेटिकोका लागि एन्ट्रोनी ग्रीजमन, एन्जल कोरेअ र रोड्रिगो डे पउलले गोल गरे। पोर्टोका ओलिभिएराले गोल गरे। खेलमा पोर्टोका दुई खेलाडीले र […]
बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट लिइएको जनाएको छ। बितेको २० वर्षमा अफगानिस्तानमा महिला सशक्तिकरणमा भएको प्रगति तथा हालै तालिबान सत्तामा फर्किएपछि महिला अधिकारमा भएको र हुन सक्ने सङ्कुचनलाई ध्यान दिएर आधा सूचीमा अफगानिस्तान वा अफगानिस्तानसँग जोडिएको महिलाको नाम रहेको बीबीसीले जनाएको छ। यो वर्षको […]
नेपालमा कोरोना भाइरसको पहिलो र दोस्रो भेरियन्ट पूर्ण रुपमा नियन्त्रण नभएको बेला तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। विगतको तुलनामा बढी कडा भनिएको ओमिक्रोन छिमेकी मुलुक भारतसँगै नेपालमा पुष्टि भइसकेको हो। तर सुदूरपश्चिम भने ओमिक्रोन मात्र नभएर यसअघिका भेरियन्ट पनि पत्ता लगाउने प्रयोगशाला नभएको सेती प्रादेशिक अस्पतालको प्रयोशालाका इन्चार्ज रमेश शाहीले बताए। ‘नेपालमा भेरियन्ट […]
२२ मङ्सिर, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै हालै देशभरिका ३३ स्थानीय तहलाई […]
अछाममा एक युवक मृत फेला परेका छन्। कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझका गगन मृत फेला परेको प्रहरीले बताएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने ठाँटिखाँद गैटाँड सडक खण्डको बुदेखोला नजिकै मोटरसाइकलसहित उनी मृत फेला परेका हुन्। घटनाबारे थप विवरण आउन बाँकी छ।दिनेश खबरबाट साभार