होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ ।आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो । एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् […]
काठमाडौं : छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पीडित छात्राले जाहेरी दिएपछि ती शिक्षकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। नेपालगञ्जको एक टेक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई ४१ वर्षीय शिक्षक हिक्मत रावलले पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख छ। पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको जाहेरीमा […]
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)लाई पार्टी नेतृत्व चयन गर्न सकस भएको छ । शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रदेश सम्मेलनले प्रदेश समिटी सदस्य नै टुङ्गो लगाउन सकेको छैन् । माओवादीले कर्णाली प्रदेशमा २११ जनाको प्रदेश कमिटी चयन गर्नुपर्ने छ । नेतृत्वमा ३५ प्रतिशत महिला र २५ प्रतिशत दलित सहभागिता सुनिश्चित गर्नुपर्ने भएकाले नेतृत्व चयनमा […]
काठमाडौँ — कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंह र विमलेन्द्र निधि दुवैको समर्थन लिएका छन् । पहिलो चरणमा देउवासँगै नेतृत्व परिवर्तनको एजेन्डा लिएर प्रतिस्पर्धामा उत्रिएका उनीहरू दोस्रो चरणमा देउवासँगै एकैठाउँमा उभिएका हुन् । अब कांग्रेस सभापतिका लागि देउवा र अर्का प्रत्यासी शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो […]
काठमाडौँ — सांसद् हृदयेश त्रिपाठी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरिएको छ । पार्टी घोषणा कार्यक्रममा त्रिपाठीले देशमा पार्टीको आभाव भएर नयाँ दलको गठन भएको नभइ वैचारिक बहस प्रायः शून्य भएकोले पार्टी गठन गर्नु परेको बताए । उनले भने, ‘वर्तमान अवस्था […]
काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई पहिलो चरणको सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैले समर्थन गर्ने भएका छन् । देउवा प्रकाशमान र निधिलाई भेट्न उनीहरुकै निवासमा पुगेका थिए भने सो क्रममा दुबै नेताले देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमत भएका हुन् । यससँगै दोस्रो चरणको चुनावमा देउवालाई सहज हुने देखिएको छ । […]
ठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका प्रत्यासी विश्वप्रकाश शर्माले आफू देउवाको पक्षमा उभिने स्पष्ट पारेका छन् । नेता प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई सघाउने बताएसँगै शर्माले उक्त कुरा बताएका हुन् । मंगलबार बिहान एक ट्वीट सन्देशमार्फत् उनले भनेका छन्, ‘सर्वसम्मति सर्वोत्तम । ‘दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले […]
काठमाडौं । सभापतिको दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ । त्यसअघि देउवा, निधिलाई भेट्न पुगेका थिए । बानेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा निधिले […]
काठमाडौँ — पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ पाउने भएका छन् ।उनीहरुबीच केहीबेर अघि मात्रै चाक्सीबारीमा भएको भेटघाटमा देउवालाई समर्थन गर्ने सहमति भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिएका छन् । https://www.facebook.com/503552328/videos/1371339143316737/ सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ […]
धनगढीः केही समयअघि सम्पन्न भएको नेकपा एमालेको महाधिवेशनका लागि डोटीका धर्मसिंह विश्वकर्मा प्रतिनिधि थिए। उनी डोटीको दीपायल सिलगढीमा रहेको महेन्द्र आधारभूत विद्यालयका शिक्षक समेत हुन्। यस्तै एमालेको अधिवेशनका लागि डोटीका शिक्षक कृष्णकुमार खड्का र भागरथी धामी पनि प्रतिनिधिमा छनोट भएका छन्। खड्का सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण माविका शिक्षक हुन् भने धामी पूर्वीचौकीमा रहेको भारतोली […]
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टी नेता कार्यकर्ताले नाराबाजी गरेका छन् । पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार लैनचौरस्थित ब्यांक्वेटमा गरेको चियापानमा उनीविरुद्ध नाराबाजी लागेको हो । पौडेलले सभापतिका प्रत्यासी डा.शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका थिए । कार्यकर्ता आक्रोशित भएपछि सुरक्षाकर्मीले पौडेललाई जोगाएर सुरक्षित ठाउँमा लगेका छन् । यदि पौडेलले कोइरालाको […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो। नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको हो । पहिलो […]
काठमाडौं । इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ । पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान गएको थियो […]
काठमाडौं । नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको छ । पहिलो चरणमा शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत ल्याएका छन् । त्यसैगरी डा शेखर कोइरालाले १ हजार ७ सय २९ र प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ […]
नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै आउने नेताहरुले बताएका छन् । कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएर […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा पहिलो चरण नतिजाविहीन बनेसँगै सभापति पदका दाबेदार विमलेन्द्र निधि र प्रकाशमान सिंह चुनावी रेसबाट बाहिरिएका छन् । अब हुने दोस्रो चरणमा वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच भिडन्त हुने भएको छ । नतिजा बाहिरिएसँगै अब दोस्रो चरणको चुनावमा कसलाई सघाउने भन्ने विषयमा निधि र […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको व्यवस्थापन पक्ष कमजोर देखिएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान १२ पछिमात्रै सुरु भएपनि आवश्यक मतपत्र मतदान केन्द्रमा आइनपुग्दा मतदाताहरु घण्टौ लाइनमा बस्न बाध्य भएका छन् । ढिलोगरी मतपत्र आएपछि निर्वाचन अधिकृतलाई मतपत्रमा हस्ताक्षर गर्न समेत समय लाग्दा असहज भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस […]
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सोमबार मतदान भइरहेको छ । सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धी छन् । सोमबार मतदान भइरहँदा सभापतिका उम्मेदवार देउवा मतदातालाई भेट्न पुगेका छन् । राष्ट्रियसभा गृहमा राखिएको मतदान केन्द्रमा प्रतिनिधिहरु मतदान गर्ने गोप्य कक्षमा प्रवेश गर्ने ठाउँमा कुर्सी राखेर बसेका […]
काठमाडौँ — अध्यक्ष केपी शर्मा ओलीले ‘बिनामापदण्ड’ राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरिएको भन्दै एमाले नेताहरू असन्तुष्ट बनेका छन् । पार्टीको दसौं महाधिवेशनमा ओलीसँग पराजित भएका नेता भीम रावलले पनि पार्टीमा गुटबन्दी बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । रावलले सामाजिक सञ्जालमार्फत केपी ओलीको अगुवाइमा पार्टीभित्र लामो समयदेखि चल्दै […]
काठमाडौंः भारतमा पन्चायती निर्वाचनमा पराजित भएका एक स्थानीय नेताले दुई जना दलितलाई निर्घात कुटपिट गरेका छन्। दलित भएकै कारण आफू पराजित भएको भन्दै उम्मेदवार बलवन्त सिंहले उनीहरुलाई कुटेका हुन्। दलितहरुले आफूलाई मतदान नगरेको र मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन्। घटनापछि प्रहरीले सिंहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।