होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरिएपछि जनमत पार्टीले सिरहामा आन्दोलन चर्काएको छ । तर घटना भएको औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले गाउँपालिकामा राखिएको गहुँको बीउ किसानले नभई जनमत पार्टीका नेता तथा कार्यकर्ताले लुटेर लगेको आरोप लगाएका छन् । गत पुस ६ गते सिरहाको औरही गाउँपालिका कार्यालयको एक कोठामा वितरणका लागि राखिएको गहुँको […]
काठमाडौं । सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि कार्यालयमा ल्याउने भएको छ । मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वीकृत गरेका छन् । अब कक्षा १ देखि १२ सम्म एउटै विधि अर्थात लेटर ग्रेडिङ विधिबाट विद्यार्थीहरुको […]
काठमाडौं, ११ पौष । राजनीतिमा असम्भव भन्ने हुँदैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धनले त्यसलाई पुष्टि गर्दछ । कुनैपनि ओली प्रचण्डको नामै सुन्न चाहँदैनथिए । दुई नेता एक अर्कामाथि शब्दवाण प्रहार गर्थे । तर, दुनियाँलाई आश्चर्यमा पादै ओली र प्रचण्डले चुनावी गठबन्धन हुँदै पार्टी एक […]
सत्तारुढ नेपाली काँग्रेसको वैधानिकता जोगिएको छ । भदौ १८ गते वडा अधिवेशन सुरु भएर मंसिर अन्तिममा महाधिवेशन सम्पन्न गरेर काँग्रेसले पार्टीको वैधानिकता जोगाएको हो । ०७२ फागुनमा १३ औं महाधिवेशन गरेको काँग्रेसका लागि ०७८ भदौमा महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो । निर्धारित मितिमा महाधिवेशन नभएर पटक–पटक सारिँदा काँग्रेसको वैधानिकतामाथि प्रश्न उठेको थियो । काँग्रेसकै नेताहरु […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले महाधिवेशन अवधिभर खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने भएको छ । खाजाको प्रवन्ध भने पार्टीले नै मिलाउने महाधिवेशन मूल व्यवस्थापन समिति आयोजक हिमाल शर्माले जानकारी दिए । उनले भने, ‘प्रतिनिधिहरुले खाने, बस्ने व्यवस्था आफन्त, साथिभाइ र जनताको घरमा आफैं मिलाउनुपर्छ । खाजाचाहिं पार्टीले खुवाउँछ ।’ महाधिवेशनको व्यवस्थापनमा खटिएका एक […]
अभिभावकविहीन भइ सडकमा भौतारिरहने बालबालिकाले विद्यालय जान पाएपछि भने उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रिगाउँस्थित दिदीघर संस्थामा रहेका बालबालिकाले आफू पढ्ने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेका हुन् । सोही वडामा रहेको ग्रेट अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत ती बालक सबै कक्षामा प्रथम, द्वितीय वा तृतीय हुने गरेका छन् । प्रथम त्रैमासिक परीक्षामा […]
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेका हुन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आकार केही बढ्ने बताए । ‘बैठकमा प्रस्ताव भएको छ, २९९ सदस्यीय भन्दा केही प्लस हुन्छ ।’ नेकपा माओवादीको अन्तरिम विधानमा केन्द्रीय […]
लहान । सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् । एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार-पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको पाण्डेले बताए । ‘चार-पाँच वटा गाडीहरू तोडफोड भएका छन्, सडक […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले महाधिवेशन अवधिभर खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने भएको छ । खाजाको प्रवन्ध भने पार्टीले नै मिलाउने महाधिवेशन मूल व्यवस्थापन समिति आयोजक हिमाल शर्माले जानकारी दिए ।उनले भने, ‘प्रतिनिधिहरुले खाने, बस्ने व्यवस्था आफन्त, साथिभाइ र जनताको घरमा आफैं मिलाउनुपर्छ । खाजाचाहिं पार्टीले खुवाउँछ ।’ महाधिवेशनको व्यवस्थापनमा खटिएका एक नेताका […]
नागरिक रैबार/बाजुरा ९ पुस। बाजुरा बडिमालिका नगरपालीकाले बुझायो नेपाल बिद्युत प्राविधिकरणका क्षेत्रिय निर्देशक जंग बहादुर चन्दलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सदरमुकाम मार्तडीमा नियमित बिद्युत संचालन नभएकाले सुचारुका लागि बडिमालिका नगरपालिका नगरप्रमुखद्धारा सुदुरपश्चिम प्रदेश प्रादेशिक अतरिया कैलालीका कार्यालयका सुदुर पश्चिम प्रदेशका निर्देशक चन्दलाई ध्यानाकर्ष पत्र बुझाएको हो । बिद्युत अनियमितताका कारण बाजुरा बासी ,संघ संस्था […]
निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक आगामी १४ वैशाखमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । आयोगका पदाधिकारी, प्रधानमन्त्री र सरकारका मन्त्रीबीच शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोगकातर्फबाट स्थानीय तहको निर्वाचनका लागि १४ वैशाखको मिति प्रस्ताव भएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ७ सय ५३ वटै […]
हिमाली जिल्ला हुम्लामा शनिबार बिहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तिन फिट जति हिउँ जमेको नाम्खा गाउँपालिका ३ का सुनाम छिरिङ लामाले बताएका छन् ।नाम्खा गाउँपालिकाको उच्च भेग यारी लिमी नारा न्यालु लेकमा […]
काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्राप्त गरेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको उक्त परिमाणको खोप शुक्रबार नेपाल आइपुगेको हो । उनका अनुसार उक्त खोप अहिले टेकुको भण्डारण कक्षमा राखिएको छ । फाइजर खोप […]
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवाल र जानकी गाउँपालिका-९ का अर्जुन दास हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । न्यायको माग गर्दै स्थानीय बासिन्दाले संयुक्त रुपमा विरोध प्रर्दशनसहित शुक्रबार कैलालीको लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् । गत शनिबार बिहान जानकी गाउँपालिका-९ को अमरावती सामुदायिक वनमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका […]
नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका […]
जुम्ला, ९ पुस । जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ । जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । तर, चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै आउनुभएको छ । घर नभएपछि उहाँ १५ वर्षदेखि ओढारमा बास बस्दै आउनुभएको हो । उहाँसँग सम्पत्तिको नाममा एउटा फाटेको […]
काठमाडौं, ९ पुस । नेपाल सरकारले एउटा हाँस्यास्पद निर्णय गरेको छ । शनिबार सार्वजनिक विदाको दिन सार्वजनिक विदा दिएसँगै मन्त्रीपरिषद्ले लज्जास्पद निर्णय गरेको हो । क्रिसमसको अवसरमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेपालमा शनिबार सार्वजनिक विदा भने हुँदै आएको छ । आज मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री […]
काठमाडौं, ९ पुस : निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनको कार्यकाल सकिनै लाग्दा आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो । यसक्रममा आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ । आयोगका पदाधिकारीले प्रधानमन्त्रीसमक्ष स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो […]
काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि […]