होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
यहाँका अग्रज पत्रकार विदुर खड्काको ८० वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट ग्रसित उनको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको पुँवार खड्का समाज बागलुङका उपाध्यक्ष लीलादेवी खड्काले जानकारी दिए । दिवङ्गत खड्काको बिहीबार गृह जिल्लामै अन्त्येष्टि गरिने भएको छ । उनको पहलमा विसं २०२८ मा बागलुङबाट ‘धौलाश्री’ साप्ताहिक प्रकाशनमा आएको थियो । […]
नागरिक रैवार / बाजुरा १९ माघ ।कर्णाली नदिमा माछालाई पासा थाप्ने क्रममा पानीमा डुबेर एक बालक बेपत्ता भएका छन। बेपत्ता हुनेमा स्वामिकार्तिक खापर गाउँपालीका वडा.नं २ रुढीका दिपक बमका १४ बर्षिया छोरा जोशिर बम रहेका छन । मंगलबार दिउसो जगनाथ गाउँपालीकाको सिमानामा रहेको कर्णाली नदिमा माछा मार्न गएका युवक बेपत्ता भएकाे पारीवारीक श्राेतले जनाएकाे छ। […]
गोरखा । मंगलबार गोरखाको पालुङटार नगरपालिका–९ स्थित शेराफाँट पुग्दा विद्यार्थीहरु खेतीमा व्यस्त देखिन्थे । कोही ट्याक्टरले खेत जोत्दै थिए, कोही तरकारी लगाउँदै । उनीहरुलाई शिक्षकले पनि साथ दिइरहेका थिए । त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरु यतिवेला बाँझो जमिनमा खेती गर्न अग्रसर छन् । बिशेष गरी कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले दश रोपनी क्षेत्रफलमा आलु लगाएका छन् […]
१९ माघ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । भक्तपुरको एक पार्टी प्यालेसमा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको हो। एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था […]
गृहमन्त्री बालकृष्ण खाँणले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान १० बजेपछि गृहमन्त्री खाण स्थानीय तहको निर्वाचनका सन्दर्भमा बिफ्रिङ गर्ने अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका हुन् । गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसीकाअनुसार स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो । उनले भने, […]
नागरिक रैबार बाजुरा १९ माघ। हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ। करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको हो। राजकुमारमाथि भाउजु नाता पर्ने युवती (परिवर्तित नाम रिंकु) बलात्कार गरेको आरोप थियो। बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले बताएको छ । भेटमा गृहमन्त्री बालकृष्ण खाँड र सञ्चार तथा सूचना […]
काठमाडौँ — फोक्सोका रोगीको संख्या बढ्नुको प्रमुख कारणमध्ये पानी पनि एक भएको अध्ययनले देखाएको छ । पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका विद्यार्थी समूहले काठमाडौं उपत्यकाको खानेपानीको अध्ययन तथा परीक्षण गर्दा उक्त तथ्य पत्ता लगाएको हो । ‘प्रत्येक वर्ष फोक्सोका रोगीको संख्या बढ्नुको प्रमुख कारण पानी एउटा हो र त्यसमा बढी मात्राको ‘डिसल्भ्ड एमोनिया’ पनि रहेको छ,’ […]
: कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ परेका छन्। मंगलबार साँझ कृष्णपुर नगरपालिका– ६ मौरीफाँटा बस्ने ३० वर्षीय रमेश लुहारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको घरबाट ३ किलो ६० ग्राम चरेश बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। लुहारमाथि थप अनुसन्धान भइरहेको उनले बताए।
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले […]
काठमाडौं, १८ माघ । सरकारले ४ जेठ २०७९ मा स्थानीय तहको चुनाव गर्ने गरी मिति तोक्ने तयारी गरेको छ । मिति तोक्ने निर्णयका साथ प्रधानमन्त्री शेरबहादुर देउवा तयारी अवस्थामा छन् । देउवाले आज नेपाली काँग्रेस बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा ४ जेठमा चुनाव हुने भन्दै तयारीमा रहन भनेका छन् । ५ जेठ २०७९ मा स्थानीय निकायका […]
काठमाडौं, १८ माघ । नेकपा एमाले फेरि फुटको संघारमा पुगेको छ । एमालेका १० बुँदे पक्षधरहरु अध्यक्ष केपी शर्मा ओलीको तारोमा पर्दै जानुले विभाजनको रेखा कोरिइरहेको थियो । त्यसमाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसीले एमालेमा फेरि धाँजा फाटेको छ । एमसीसी पारित गर्ने पक्षमा केपी शर्मा ओली देखिएका छन् । तर, नेता डा. भीम रावल खुलेरै एमसीसीको […]
सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । ईपासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने अवस्था […]
काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ४ गते प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे पनि जानकारी गराएको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै आयोगले अब […]
काठमाडौँ — महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने पक्की पुल निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको अनुदान सहयोगमा बन्न लागेको पुलको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भौतिक मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे […]
नागरिक रैबार/बाजुरा १८ माघ। बाजुराको कोल्टीमा जिपले ठक्कर दिँदा एक जना बालक गम्भीर घाइते भएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका १ बाहुनीका कमल विकका ७ वर्षीया छोरा सुर्ज विकलाई जिपले ठक्कर दिँदा घाइते भएका हुन् । कोल्टी बिच बजारमा से १ ज ११४९ नम्बरको जितु विकको जिपले ठक्कर दिँदा बालकको एक खुट्टा भाचिएको उनका अंकल राजेश […]
काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२२/२३ मा नेपाललाई अनुदान दिने गरी ७ अर्ब ५० करोड भारतीय रुपैयाँ (१२ अर्ब नेपाली रुपैयाँ) बजेट छुट्याएको छ । यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो । गत वर्षको बजेटले ९ अर्ब ९२ करोड भारु छुट्याएको थियो । सो वर्ष यो रकम संशोधन गरी भारतले ६ […]
काठमाडौं । निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाएको थियो । तर आयोगले जेठ ५ भन्दा पछाडि जान नसकिने बताएको छ । आयोगका पदाधिकारीले मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटमा पनि यही धारणा राख्ने स्रोतले बताएको छ । […]
निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो ३ बजे हुने छलफलमा आयोगले सो प्रस्ताव पेस गर्नेछ । आजको छलफलमा आयोगले आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी […]
काठमाडौं। राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेका छन्। एमालेका पूर्वउपाध्यक्ष गौतमले यही माघभित्रै एउटा नयाँ पार्टी खोल्ने जानकारी गराएका हुन्। राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतम नयाँ पार्टी दर्ताका लागि केही दिनभित्रै निर्वाचन आयोग जाने तयारी रहेको बताइएको छ। पार्टीको नाम भने अहिले सार्वजनिक भइसकेको छैन। संयोजक गौतमले तत्कालिन नेकपा […]