होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२७ माघ, काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए । ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’ सरकारले आगामी […]
काठमाडौं । सरकारले फेरि बजेट खर्चको लक्ष्य घटाएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएका हुन् । सरकारले १५ खर्ब ४६ अर्ब अर्थात् ९४.७ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान गरेको छ । यसैगरी, चालु खर्च १० खर्ब ३५ अर्ब, पुँजीगततर्फ तीन खर्ब ४१ अर्ब र […]
बझाङ — ‘खप्तड स्वर्ग जस्तो हैन, स्वर्ग नै हो’ दार्चुलाका फोटोग्राफर हिमालय भट्टले हिउँको घुम्टोभित्र छोपिएको खप्तडको तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटस हो यो । पुस महिनादेखि नै लगातार भइरहेको हिमपातका कारण सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य खप्तडका पाटन हिउँले पुरिएपछि खप्तडमा हिउँ खेल्न जानेहरुले यसरी नै सामाजिक सञ्जालमा भ्रमण अनुभव सेयर गर्ने गरेका छन् […]
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताएका छन् । बिहीवार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा मेयर शाक्यले यस्तो बताएका हुन् । उनले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताएका हुन् । मेयर […]
२७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी परियोजनाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका थिए । तर, प्रचण्ड र नेपालले भने चुनाव अगाडि एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने […]
२७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही र प्रदेश समितिका अध्यक्ष सहभागी […]
काठमाडौं– कोरोना महामारीको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले बुधबार जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको २३ माघको आदेशानुसार मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना […]
काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा […]
वीरेन्द्र भट्ट धनगढीः महाकाली सिँचाइ आयोजनाअन्तर्गत भारततर्फको नहर निर्माणको काम अन्तिम चरणमा छ। तर, नेपालतर्फ भने साढे १२ किलोमिटर मूल नहर निर्माणबाहेक अरू प्रगति हुन सकेको छैन। आर्थिक वर्ष २०६४/०६५ देखि नहर निर्माणको काम सुरु भएको थियो। नेपालतर्फ ब्रह्मदेवदेखि मुसेपानीसम्म साढे १२ किलोमिटर नहर निर्माण भएको छ। यो वर्ष मुसेपानीसम्म पानी पुगाउने लक्ष्य छ। त्यसकै […]
गण्डकी: प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। विज्ञापन इलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२७ बगादी खोला बस्ने २७ वर्षीय सरोज कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए। पक्राउ परेका कुमालको साथबाट प्रहरीले डाइजोपाम–४६ एम्पुल, फेनारगन–४३ एम्पुल र नुर्फिन–४३ एम्पुल गरी कुल १३२ […]
काठमाण्डौः सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ। डीडीसीको हिजो बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ निर्धारण गरेको हो। यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो। बढेको नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि वृद्धि भएको […]
काठमाण्डौँः विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट दुई करोड ३१ लाख रुपैयाँ ठग्ने एक महिलालाई प्रहरीले काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको छ। पोखरा घर भएकी ३७ वर्षकी डाक्टर क्रिष्टना गुरुङ नाम राखेकी कान्ति राना गुरुङले जर्मनी पठाइदिने भन्दै एक व्यक्तिबाट १४ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरीपछि पीडितको जाहेरी अनुसार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई गएको […]
काठमाडौंः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चुनावी गठबन्धन हितकर नहुने सुझाव दिएका छन्। प्रचण्ड निवास खुमलटारमा आज भएको भेटका क्रममा नेता कोइरालाले कम्युनिष्टले कांग्रेसलाई भोट दिने विश्वास आफूलाई नभएको बताएका हुन्। समसामयिक राजनीतिक विषयमा झण्डै १ घण्टा छलफल गरेका दाहाल र कोइरालाबीच गठबन्धन, चुनावी तालमेल, एमसीसीलगायतका […]
दार्चुला: भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ। १४ फेब्रुअरी २०२२ मा हुने चुनावलाई लक्षित गरि आगामी माघ २९ गते बेलुका ५ बजे देखि फागुन ३ गते बिहान ७ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलामा नेपाल–भारत जोड्ने ६ वटा सीमापुलसहित बैतडीका सीमा नाकाहरु बन्द […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई ध्यान दिँदै […]
नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् । एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी […]
नागरिक रैबार/बाजुरा २६ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले पार्टीका विभिन्न २४ वटा विभागहरुको गठन गरेकाे छ । पार्टीकाे विधान बमाेजिम विभिन्न २४ वटा विभागहरु गठन गरि नेताहरुलाई जिम्मेवारी तोकेको निर्णय बुधबार पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् । माघ २५ गते […]
नागरिक रैबार/बाजुरा २६ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको प्रचार विभागको जिम्मेवारी युवा नेता काँशी विकलाई दिएको छ । नेकपा एमाले बाजुराको माघ २५ गते बसेको पदाधिकारीको बैठकले नेताहरुको कार्यविभाजन गर्दै पार्टीको कार्यालय सचिव समेत रहेका नेता विकलाई प्रचार विभागको जिम्मेवारी दिएको हो ।
नागरिक रैबार बाजुरा २६ माघ। बाजुरा जिल्लामा ठगि धन्दा गरेको आरोपमा ३ जनालाई कारागार चलान गरेको छ । कारागार चलान हुनेमा बामदेव बोहरा, नितेश कामी र दिपक बहादुर बुढालाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मछिन्द्र बहादुर शाहीले दिएको जाहेरीका आधारमा ठगी मुद्धामा थुनचेक गर्दा उनिहरुले धरौटी तिर्न नसकेपछि जिल्ला कारागार […]