होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो । बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । […]
काठमाडौँ — कतारमा पाइला राखेयता पोखराका बिल गुरुङले कुनै पनि निर्वाचनमा मत दिन पाएका छैनन् । मुलुकको निर्वाचनमा भाग लिई राज्यको नीति, निर्माण र शासन व्यवस्थामा मत जाहेर गर्ने अधिकारबाट उनी वञ्चित हुँदै आएका छन् । ‘माघ १९ मा रोजगारीका लागि कतार बस्न थालेको २० वर्ष पुग्यो, यसबीच कुनै निर्वाचनमा सहभागी हुन पाइनँ,’ गुरुङले भने, […]
काठमाडौँ — –नेपाल आयल निगमले माघ १८ को मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएर प्रतिलिटर पेट्रोल १ सय ४२ रुपैयाँ, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ कायम गर्यो । इन्धनमा भएको मूल्यवृद्धिको बहानामा व्यवसायीले खाद्यान्नको मूल्य बढाउन सुरु गरेका छन् । –कच्चा पदार्थको मूल्य बढेको भन्दै तेल उद्योगीहरूले पछिल्लो एक महिनाभित्र खाने तेलको मूल्य प्रतिलिटर […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् । सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा […]
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४१५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो । शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, २१०६ विद्यालयमा आइसीटी […]
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् । लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । […]
धनगढी : पत्रकार महासंघ बैतडीको विवाद झन पेचिलो बनेको छ। महासंघ बैतडीको नयाँ कार्यसमिति चयन गर्न पत्रकारका चार सङ्गठनको सहमति भएको बताइए पनि प्रेस चौतारीले भने समर्थन फिर्ता गरेको भन्दै प्रेस विज्ञप्ति जारि गरेको छ। पेसागत संगठनहरू र संगठन बाहिर रहेका स्वतन्त्र पत्रकारहरूको सहमति बिना बैतडीमा विवाद समाधान नहुने देखिएपछि प्रेस युनियनको नेतृत्वमा चयन गर्ने […]
काठमाडौं । यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिउँदमा सरदर ६०.९ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्षको अहिलेसम्म ६८.७ मिलिमिटर वर्षा भइसकेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको जलवायु शाखाको रेकर्ड अनुसार गत वर्ष हिउँदमा जम्मा १५.५ मिलिमिटर […]
काठमाडौं । अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । रेखा र शाही केही समयदेखि प्रेम […]
काठमाडौँ – भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दा रहेछन् । चल्ला बेच्ने निहुँमा घर, धनसम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहारले आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको […]
काठमाडौँ — प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा […]
सुर्खेत — कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । वीरेन्द्रनगर ३ निवासी विनिता बोगटीले फौजदारी कसुरमा सजाय भोकेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै सोमबार रिट दायर गरेकी हुन् । रिटमा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाई त्यस्तो अन्तिम फैसला भएको अवस्थामा […]
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसीसी आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनेकाले पार्टीभित्र कार्यसूची बनाएर छलफल गर्न माग गरेका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेता रावलले यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका […]
काठमाडौं । बलिउड अभिनेता अजय देवगणको ओटीटी डेब्यु वेब सिरिज ‘रुद्रः द एज अफ डार्कनेस’को ट्रेलर रिलिज भएको छ । बहुप्रतिक्षित यो वेब सिरिजको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो । डिज्ने प्लस हटस्टारबाट स्ट्रिमिङ हुने ‘रुद्र’बाट अजयले ओटीटीमा डेब्यु गर्दैछन् । क्राइम थ्रिलर यो सिरिजमा अजय देवगणका साथै राशि खन्ना, ईशा देवल, अतुल कुलकर्णी, तरुण […]
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले विरोध प्रदर्शन गरेको छ । एमसीसी सम्झौता खारेजीको माग गर्दै विभिन्न २२ दलको संयुक्त गठबन्धनले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो । उनीहरुले एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन-देश बेच्न पाइदैन,नेपाल विदेशी स्वार्थका लागि परेड खेल्ने ठाउँ होइनलगायतका नारा लगाउँदै […]
काठमाडौं । भारतको दिल्ली उच्च अदालतमा एक दम्पत्तिले अनौठो खालको निवेदन दर्ता गराएका छन् । उक्त निवेदनमा सो दम्पत्तिले आफ्नो मृतक छोराको शुक्रकिट आफुहरुलाई दिन माग गरेका छन् । निवेदनमा उनीहरुले मृतक छोराको शुक्रकिट बाबुआमालाई प्रदान गर्नका लागि गंगाराम अस्पतालको नाममा आदेश दिन माग गरेका छन् तर गंगाराम अस्पतालले अदालतमा पेश गरेको प्रत्युत्तर निवेदनमा चाहीँ […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र वैशाख महिनामै सुरु गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने बताएका छन् । एक कक्षामा नयाँ भर्ना लिन परीक्षाले फरक नपार्ने मन्त्रालयका प्रवक्ता शर्माले बताए । ‘वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै हुन्छ […]
२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावका विषयमा छलफल गर्न बसेको नेकपा एमालेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न सकेन । आइतबार सत्तारुढ गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि बसेको सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो । तर सोमबार बसेको एमाले संसदीय दलको बैठकले भने वस्तुस्थितिको ठोस विश्लेषण, कानुन र […]
खलङ्गा, २ फागुन: जुम्लामा स्वास्थ्य बीमा कार्यक्रमप्रति त्यहाँका स्थानीयवासी आकर्षित भएका छन् । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३५२ नागरिकले बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक कलम रावतले बताए । स्वास्थ्य बीमाबारे नागरिकले कुनै चासो राखेका थिएनन् तर अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश र बीमा गरेपछि पाउने राहतबारे बुझेपछि कार्यालयमै आएर बुझ्न […]
२ फागुन, काठमाडौं । अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ । सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । सोमबार कुल काराेबार रकम ३ अर्ब […]