होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन । आज पनि विरोध जारी राख्छौं ।’ प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै […]
काठमाडौं । एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल थालेका हुन् । सत्ता गठबन्धनको बैठक […]
आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नका लागि स्वतन्त्र रुपमा राजनीतिमा सक्रिय भएकाे भन्दै उम्मेदवारी घाेषणा गरेका हुन् । लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका […]
नागरिक रैबार/बाजुरा ५ फागुन। हिमाली गाँउपालिकाको नवौँ गाँउ सभाबाट आठ ओटा विधेयक पारित भएका छन् । बिहिबार नवौं गाँउ सभाबाट आठ वटा विधेयक पारित गरिएको हिमाली गाँउपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताएका छन् । नवौं गाँउ सभाको आर्थिक बर्ष २०७८ को ऐन ४ कार्यबिधी अनुशार यि विधेयक पारित गरिएको अध्यक्ष मल्लले बताए । गाउँपालिकाले भुमी […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए आजदेखि ओमानमा सुरु हुँदैछ । उदघाटन खेलमै नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ । समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ । ग्लोबल क्वालिफायर ए मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई समूहमा […]
काठमाडौँ — सेनाको बम डिस्पोजल टोलीले शुक्रबार बिहान ढुंग्गेअड्डामा दुई शंकास्पद वस्तु डिस्पोज गरेको छ । कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई सेनाको विशेष टोलीले केहीबेरअघि डिस्पोज गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । ‘बिहीबार राति सवा दुई बजेतिरै उक्त स्थानमा केही व्यक्तिले शंकास्पद […]
अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ८ दलीय मोर्चाले आज देशभर संयुक्त प्रदर्शन गर्दै छन् । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय मोर्चाले प्रदर्शन गर्ने लागेको हो । काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको ८ दलीय मोर्चाको संयुक्त विज्ञप्तिमा […]
उपसचिव सीता परियार दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी छिन् । गृह मन्त्रालयले उनलाई हुम्लाको सिडिओको जिम्मेवारी दिएको छ । कास्कीको रूपा गाउँपालिका– ६ की स्थायी बासिन्दा परियार ०६८ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । त्यसको तीन वर्षपछि नै खुला प्रतियोगिताबाट उपसचिवमा नाम निकालेकी उनी पछिल्लो समय जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख […]
काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ । आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । परीक्षण उडानको क्रममा अन्य उडानहरु प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न ठमेल पुगेका छन् । प्रकाशमान सिंहको कान्छो छोरा भाष्करमान सिंहको आज बिहे हुन लागेकाले प्रधानमन्त्री देउवा सिंह परिवारलाई भेट्न ठमेल गएका हुन् । बिहेको बधाई दिन देउवा प्रकाशमान सिंहको निवासमा गएको र त्यहाँबाट फर्किसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रकाशमानको सचिवालयले पनि भेट […]
धनगढी: बझाङको एक पसलमा आगलागी हुँदा लाखौँको क्षती भएको छ। बित्थडचिर गाउँपालिका–१ बित्थडबजारका ४० वर्षीय व्यापारी वीर बहादुर बोहराको पसलमा आगलागी हुँदा लाखौं रुपैया बराबरको धनमाल नष्ट भएको हो। पसलमा विद्युत सर्ट भएर बिहीबार बिहान आगलागी हुँदा नगद ५० हजार, खाद्यान्न, विभिन्न ब्राण्डका मदिरा लगायत जलेर करिब ३१ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट […]
६ फागुन, मान्म (कालीकोट) । कालीकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कालीकोटको मतदाता सङ्ख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता सङ्ख्यामा वृद्धि भएको कार्यालयका सूचना अधिकारी […]
काठमाडौं । सत्तारुढ गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्नै सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षीसँग सम्वाद बढाएका छन् । सत्तारुढ चार दलका शीष नेताहरुको बैठकलगतै पत्नी आरजु राणासहित बालकोट पुगेका देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका छन् । बिहीबार नै सत्तारुढ चार दलको बैठकअघि कांग्रेस नेता मिनेन्द्र रिजालले एमाले […]
नागरिक रैबार/बाजुरा ६ फागुन। नेकपा एमाले जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठक कोल्टीमा सम्पन्न भएको छ । सातौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व गठन भईसकेपछि कोल्टीमा पहिलो पटक आयोजना गरिएको एमालेको दोस्रो पूर्ण बैठकले पार्टीको यस अघि बसेको पदाधिकारीको बैठकबाट गठन गरिएका विभागहरूकाे अनुमाेदन गर्ने निर्णय गरेकाे प्रचारविभाग प्रमुख काँशी विकले बताएका छन् । त्यस्तै बैठकले […]
५ फागुन, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने अडानका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी टेबल गर्न नहुने बताएका […]
नागरिक रैबार/बाजुरा ५ फागुन। कारागार भित्रबाट प्रहरीले ३ वटा मोवाइल बरामद गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरिक्षक नारायण सिंह नेगीको कमाण्डमा खटिएको प्रहरीको टोलीले कारागार भित्र चेकजाँच गर्दा ४ वटा मोवाईल बरामद गरेकाे हाे । कारागार कार्यालयमा रहेका कैदी थुनुवाहरुले मोवाईल लुकाइ छिपाइ चलाई रहेको भन्ने गोप्य सूचनाका आधारमा चेकजाँच […]
निर्वाचन आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ । बिहीबार आयोगमा तीन नयाँ दल दर्ता भएसँगै राजनीतिक दलको संख्या १०६ पुगेको हो । जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीनवटा नयाँ राजनीतिक दल दर्ता गरिएको आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधान, राजनीतिक दल […]
नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । विहीबार बिहान ९ बजे रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । एमसीसीका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेको बेला रिजाल ओलीलाई भेट्न बालकोट पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाइँका अनुसार उनीहरु बिची […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालबीच भेटवार्ता भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति नजुटिरहेका बेला रिजाल विपक्षी दलका नेता ओलीलाई भेट्न बालकोट पुगेका हुन् । एमसीसी, संसद अवरोधलगायतका विषयमा छलफल गर्न रिजाल ओली निवास पुगेका हुन् । कांग्रेस नेता रिजालले […]
धनगढी: हिजो बुधबार अमेरिकी सहयोग परियोजना(एमसीसी)को विरोधमा विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर, काठमाडौं क्षेत्रमा प्रदर्शन गरेका थिए। विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएका थियो। प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत गरेको थियो। उक्त प्रदर्शनपछि धेरै प्रदर्शनकारी घाइते बनेका थिए भने एक सयभन्दा बढी गिरफ्तार भएका थिए। सोही विरोध प्रदर्शनपछि अहिले […]