होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ फागुन। जगन्नाथ गाउँपालिकामा आयुबेर्द नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अन्तर्गत जिल्ला आयुर्वेद बाजुराले संचालन गर्ने गरी केन्द्रको स्थापना गरी काम सुचारु गरिएको हो । सोमबार एक कार्यक्रमका बिच आरोग्य सेवा केन्द्र उद्धघाटन गरिएको हो । उद्धघाटन कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य […]
९ फागुन, काठमाडौं । जिल्ला अदालत बैतडीले बलात्कारपछि हत्याको एउटा मुद्दामा डीएनए परीक्षणलाई समेत आधार मानेर आरोपितलाई दोषी ठहर गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या मुद्दामा जिल्ला अदालत बैतडीले डीएनए परीक्षणलाई आधार मानेर उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित […]
९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो एक बजे बोलाइएको बैठक भोलि बस्नेगरी स्थगित भएको हो । शनिबारको स्थायी कमिटी बैठकले एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ । तर सचिवालय बैठक स्थगित गरेर अध्यक्ष माधवकुमार नेपाल र सम्मानित झलनाथ खनालबीच छलफल चलिरहेको छ । पूर्वप्रधानमन्त्री खनालले […]
राजाराम बर्तौलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहेका बर्तौलाले पनि राप्रपा छाडेका हुन् । पार्टीको महाधिवेशन पश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै […]
काठमाडौं । दिवाकर भट्टराईको निर्देशनमा बन्न्न लागेको चलचित्र ‘हनी बनी’मा अभिनेत्री सारा सिर्पाली अनुबन्धित भएकी छन् । सारालाई चलचित्रमा अनुबन्ध गरेको निर्देशक भट्टराईले पुष्टि गरे । चलचित्रको कथाअनुसार उनी पूर्ण रुपमा फिट हुने भएपछि उनलाई चलचित्रमा भित्र्याइएको उनले बताए । सारालाई अभिनेत्री दीपिका प्रसाईंले नै कामका लागि अफर गरेकी थिइन् । दिवाकरले साराको भूमिकाको विषयमा […]
काठमाडौं । कोरोना संक्रमण परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको, रिपोर्ट पोजेटिभ आएमा थप रकम लिई रिपोर्ट […]
जनकपुरधाम । मेला घुम्न लैजाने वहानामा एक व्यक्तिले गर्भवती पत्नीलाई सर्लाहीबाट महोत्तरी पुर्याएर हत्या गरेको खुलेको छ । भारत सीतामढीका अजय महतो कोइरीले २७ वर्षीया श्रीमती राधा भनिने अपसना खातुनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए । अपसनाको शव ४ फागुनमा जंगलभित्र फेला परेको थियो । घटनाको […]
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारलाई कतैबाट दबाब नरहेको दाबी गरेका छन् । अमरेकाले एमीसीसी पारितका लागि नेपाललाई दबाब दिएको भनी आएको चिनियाँ भनाइबारे उनले सरकारले त्यसलाई दबाबका रूपमा नलिएको बताएका हुन् । “कांग्रेस पार्टीले दबाबको रूपमा लिएको छैन । कसैले दबाब दिएर निर्णय हामी गर्दैनौँ । अमेरिकाले छिनोफानो गरदिनू भनेको छ […]
दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना फिल्म ‘पुष्पाः द राइज’ पछि निकै चर्चामा आइन्। टलिउडमा जमेकी उनको चर्चा पुष्पाले पूरा भारतभर फैलायो। यो फिल्मको सफलतासँगै रश्मिकाले आफ्नो पारिश्रमिक पनि बढाएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। बलिउड लाइफका अनुसार उनी अहिले टलिउडकी महँगी अभिनेत्रीमध्ये एक हुन्। उनले पहिले एक फिल्मबापत् दुई करोड भारू लिन्थिन्। पुष्पादेखि भने उनले आफ्नो […]
धनगढी : कैलालीको धनगढीस्थित एक रेष्टुरेन्टबाट तीन किशोरीको उद्धार गरिएको छ। धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार केही महिनादेखि बन्धक बनाएको गुनासोपछि उनीहरुको उद्धार गरिएको हो। ‘काम गराउने भनेर ल्याएको तर तलब पनि नदिएको, बाहिर निस्कन पनि नदिएको […]
मनाङ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ । आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन । यहाँको सडकको हिउँ हटाउन नपाउँदै हिमपात भएसँगै समस्या भएको प्रमुख जिल्ला अधिकारी […]
सूचना प्रविधिको वर्तमान युगमा हाम्रो दैनिक जीवनका धेरै काममा कुनै न कुनै एपको सहयोग चाहिने भएको छ, चाहे त्यो सपिङ होस् वा बैंकिङ । गुगलको लोकप्रिय एपको रुपमा रहेको गुगल म्याप्स पनि निकै उपयोगी एपको रुपमा रहेको छ । यो एपको मद्दतले तपाईंले संसारको जुनसुकै ठाउँमा गएर बाटो पत्ता लगाउन सक्नुहुन्छ । तर गुगल म्याप्स […]
, काठमाडौं । विपक्षी दल नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने भएको छ । महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो । १०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन । एमालेले ३३ केन्द्रीय विभागमा सचिव समेत चयन गर्नेछ […]
सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला दुई महिनाभन्दा बढी समयदेखि नखुलेपछि प्रशासनिक काम प्रभावित बन्न थालेका छन् । विश्वविद्यालयमा नियुक्त गरिएका डिन, सहायक डिन, निर्देशकलगायतका पाँच पदमा राजनीतिक भागबन्डा नमिलेपछि तालाबन्दी गरिएको थियो । विश्वविद्यालयमा डिन र सहायक डिनलगायत पाँचजना मंसिर अन्तिम साता नियुक्त भएका थिए । काँग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टी निकटका मात्रै रहेको तर […]
नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान धमाधम सञ्चालन भइरहँदा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले अझै लगाउन पाएका छैनन् । यद्यपि त्यो समूहका बालबालिकालाई खोप प्रदान गर्ने घोषणा भने सरकारले गरिसकेको छ । बालबालिकालाई फाइजर खोप दिनका लागि खरिद सम्झौताको तयारी भइरहेको स्वास्थ्य विभाग महाशाखाअन्तर्गतको आपूर्ति शाखाले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार […]
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे आन्तरिक छलफल गर्दै छन् । आइतबार संसद्मा टेबल भएको एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि पार्टीका नेताहरूसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाले सोमबार दिउँसो २ बजे एमसीसी अगाडि बढाउने भूमिका देखिएका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएको जनाइएको छ । महामन्त्री […]
काठमाडौं । अष्ट्रेलियाले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि सीमा खुला गरेको छ । योसँगै पूर्ण कोभिड खोप लगाएका अन्तर्राष्ट्रिय यात्रु अष्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् । अष्ट्रेलियाले कोभिड-१९ का कारण २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय यात्रामाथि विश्वकै कडा प्रतिबन्ध लगाएको थियो । तर सीमा पुन: खुल्ने भएपछि पारिवारिक पुनर्मिलन हुने र पर्यटनलाई बल पुग्ने […]
जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका–८ का हरिबहादुर रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि र १३ हजार बिरुवा बाजुराको लागि बेचेका हुन् । सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, ‘हुम्लाको सिमिकोटको लागि माग आएको थियो । त्यही मागको […]
९ फागुन, काठमाडौं । उच्च अदालत पाटनको हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कुटपिट गर्ने एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याई थप सजायको फैसला गरेको हो । जिल्ला […]
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा टावर लाइट निर्माण गरिएको छ। वडा नम्बर ८ को क्याम्पस चोकमा २ लाख ७५ हजारको बजेटमा उक्त टावर लाइट निर्माण भएको हो। वडा कार्यालयको बजेटमा निर्माण भएको टावर लाइटको सोमबार प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेको वडाअध्यक्ष नारायण बरालले बताए। आजै उक्त १७ मिटर अग्लो टावर लाइटमा राष्ट्रिय झण्डा समेत फहराइएको […]