होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१० फागुन, काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो । अदालतमा दर्ता हुन आएको मुद्दा दर्ता हुन नसक्ने भएमा कारण खुलाएर दर्ता हुन नसक्ने जानकारी […]
धनगढीः राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका युवा नेता महेश बस्नेत धनगढी आएका छन्। उनी सोमबार साँझ धनगढी पुगेका हुन्। बस्नेत मंगलबार बिहान प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सहभागी भएका थिए। उक्त पत्रकार सम्मेलनमा समसामयिक विषयमा नेकपा एमालेको धारणा राख्दै बस्नेतले अहिले विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी), स्थानीय तहको […]
१० फागुन, काठमाडौं। यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ । यस्तै यस वर्षको महाशिवरात्रिमा सवा करोड बजेट खर्च हुने अनुमान गरिएको परिषद् सदस्य सचिव […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँद पक्राउ परेका छन । उनले दलित समुदायका एक जनालाई अश्लिन सब्द प्रयोग गरी गाली गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन । उनको नाममा ३ दिन पहिले एक जना दलितलाई डुम शब्द […]
धनगढी: पछिल्लो समय गायिका समिक्षा अधिकारीसँग जोडिएर विवादमा आइरहेको नायक तथा मोडेल पल शाहले आफ्नो जन्मदिनमा एक अपिल जारी गरेका छन्। आफ्नो फेसबुक पेजमा उक्त अपिल राख्दै उनले आफ्नो चरित्र हत्या गर्ने गरी सार्वजनिक भएको अडियो क्लिपमा कुनै सत्यता नभएको बताएका छन्। उनले आफ्ना केही प्रतिस्पर्धीले ती गायिकालाई उत्तेजित पारी आफ् विरुद्ध बोल्न लगाएको समेत […]
काठमाडाैं । नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानून बनाउन विज्ञहरुले सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले लिभिङ टुगेदरको समस्या पनि सम्बोधन गर्ने गरी कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन् । अधिवक्ता मोहनलाल आचार्यले ऐन बनाउँदा विवाहित महिला र […]
काठमाडौँ, १० फागुन: राष्ट्रपति विद्यादेवी भण्डारीले ओमनमा जारी टी२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाई दिएकी छिन् । उनले आज ट्वीट गर्दै नेपाली टोलीले विश्वकप क्रिकेट खेल हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुन अग्रिम शुभकामना पनि दिएकी छिन् । ओमानमा […]
सर्लाही, १० फागुन । सर्लाहीमा स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएका छन् । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका–२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गर्दा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टोकेर बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन् […]
काठमाडौं । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै प्रहरी र अरू सुरक्षा निकायले पनि आवश्यक गृहकार्य सुरु गरेका छन् । नेपाल प्रहरीले पनि सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो । प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको […]
काठमाडौँ — टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना व्यक्तिहरू नयाँ बानेश्वरबाट पक्राउ परेका छन् । सोमबार राति नयाँ बानेश्वरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । उनीहरूले अनलाइनको माध्यमबाट जुवा खेलाउने […]
स्थानीय तहको निर्वाचनकाे घाेषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वाेच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहकाे चुनाव घाेषणा गरेपनि ०७४ मा दाेस्राे र तेस्राे चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिकाे कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएकाे थियाे । महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो […]
गायिका समीक्षा अधिकारीले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको बताएकी छन् । पलले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनको आरोप छ । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ गायिका अधिकारीले भनिन्, ‘अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।’ टिसिने नेपालले सार्वजनिक गरेको एक अडियो अन्तर्वार्तामा […]
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । राति […]
काठमाडौं । विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई रुसले ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने र दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्न रुसी सेना पठाउने सम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । रुसले डोनेट्स्क […]
निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेल/ फ्याक्सबाट समेत निवेदन दिन सकिने जनाएको छ । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब त्यस्तो […]
कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक–अप्राविधिक पदको लिखित परीक्षा स्थगनको सूचना प्रकाशन गरिएको छ । […]
उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए । बलात्कारमा परेकामध्ये दुई बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भवती […]
काठमाडौं । सरकारले आफूखुसी क्यालेण्डर छापेर बजारमा पठाउनेहरुलाई कडाइ गरेको छ । क्यालेण्डर तथा पात्रोको नियमन गर्ने अधिकार पाएको पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिई आगामी वर्षको लागि बजारमा क्यालेण्डर पठाउनेमाथि कडाइ गरेको हो । पञ्चांग निर्णायक विकास समिति गठन आदेश, २०७७ ले दिएको अधिकार प्रयोग गरी क्यालेण्डरमाथि कडाइ गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान […]
काठमाडौं । १२ जना जवान सम्पर्कमा नरहेपछि प्रहरी प्रधान कार्यालयले हाजिर हुन आउन सात दिने म्याद दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गरी बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने […]