होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चर्चित गायक शिव परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् । ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाईले भत्तभति होला । तर समग्रमा भन्दा यो सारा कुरालेचैं समाजको नजरमा हाम्रो संगीत उद्योग र चलचित्र उद्योग र तपाई हामी […]
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले पनि प्रतिक्रिया जनाएकाे छ । चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको जनाएको छ। “चीनले युक्रेनकाे पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ । हामी सबै पक्षहरूलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट […]
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो । संसद भवन, नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा भएको छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय […]
काठमाडौं, १२ फागुन । गाँजालाई औषधीमा प्रयोग गर्न दिनेगरि सरकारले कानुन निर्माण गर्ने भएको छ । नेपालमा लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पुर्ण रुपमा लगाएको बन्देज खुल्ला गर्न गृहमन्त्रालयले गाँजाजन्य पदार्थ विधेयक २०७८ तयार गरिरहेको हो । गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक गत फागुन १० गते मन्त्रीस्तरीय निर्णयबाट सैद्धान्तिक सहमतिका लागि पठाएका हुन् […]
काठमाडौं, १२ फागुन : नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेकाा छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् । काठमाडौंमा बुधबबार सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग […]
काठमाडौंः सरकारले एसईईको परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर एसईई परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको हो। राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर नियमावली २०७८ ल्याइएसँगै एसईई परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिएइएको छ। प्रदेशलाई अधिकार दिने कानून पारितसँगै […]
काठमाडौं । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् । संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले भने, ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ ।’ एमसीसीमा मिल्ने सम्भावना नरहेको उनले बताए । एकथरी महाशक्तिको पछाडि लागेको र अर्को पक्ष देशको स्वतन्त्रताको पक्षमा रहेको भन्दै […]
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक अन्तिम समयमा आएर स्थगन भएको छ ।आज प्रतिनिधिसभामा अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो । दिउँसो १ बजेका लागि तय बैठक सरकारको आग्रहमा अन्तिम समयमा आएर स्थगन गरिएको सभामुख अग्निप्रसाद सापकोटाको प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिए । बैठक भोलि दिउँसो १ […]
जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकलाई अस्पताल नलगी घर लैजाँदा मृत्यु भएको खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका-१२ कुँवा निवासी ३० बर्षीय सन्दीप यादवको उपचार अभावमा मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्ना साथीसँग घर जाँदै गर्दा बुधबार राति उनी सवार मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडि बसेका उनी गम्भीर घाइते […]
नागरिक रैबार/बाजुरा १२ फागुन। बाजुराको बडीमालिका नगरपालिकास्थित मालिका नमुना माविका विद्यार्थीहरु एमसिसीको विरोध गर्दै सडकमा उत्रेका छन् । नेपाल कम्युनिष्ट पार्टी बाजुराको आयोजनामा गरिएको एमसिसीको विरोध प्रर्दशनमा मालिका माविमा अध्ययनरत विद्यार्थीहरु समेत सडकमा उत्रेका हुन । विद्यार्थीको पढाई नै प्रभावित हुने गरी नेपाल कम्युनिष्ट पार्टी बाजुराले विद्यार्थीलाई जवरजस्ती गरेर विरोध प्रर्दशनमा लिएको मालिका माविका प्राचार्य […]
एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले एमसीसीको विरोधमा चर्को नाराबाजीसहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘अमेरिकी दलाल होसियार’, ‘विदेशी हस्तक्षेप बन्द गर’, ‘जनताको एकता जिन्दावाद’, ‘देश बेच्न पाइदैन, एमसीसी सम्झौता खारेज गर’, ‘आर्मी पुलिस दाजुभाई, सहयोग गर राष्ट्रलाई’जस्ता नारा लगाएका छन् । नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठनको अगुवाईमा भएको विरोध प्रदर्शन र्यालीसहित माइतीघरबाट बानेश्वरतर्फ जाँदैछ […]
अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । पललाई पक्राउन गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताए । उनको […]
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरेका छन् । उनले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरुलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन गर्न आग्रह गरेका हुन् । एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएको नेकपा एकीकृत समाजवादीका निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार गृहमन्त्री खाँणले आन्दोलनमा संयमित हुन […]
नागरिक रैबार/बाजुरा १२ फागुन । बाजुरामा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन ।पक्राउ पर्नेमा बाजुरा, बुढीनन्दा नगरपालिका वडा नं. ८ लमालबाडा बस्ने १९ वर्षीय धन बहादुर रावत रहेको प्रहरीले जनाएको छ । रावतले बालिकालाई केहिदिन पहिला राती पीडित सुतेको घरकोठा भित्र प्रवेश गरी जवर्जस्ती करणी गरेकोे अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ । यस […]
मुगु — जिल्लाका प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पस्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, माओवादीलगायत प्रमुख राजनीतिक दलहरूले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका हुन् । जाडो छल्न प्रदेश राजधानी सुर्खेत र तराईका विभिन्न जिल्लामा गएका राजनीतिक […]
सुन्सेरा, दार्चुला — जोखिमपूर्ण यात्राले सबैभन्दा बढी चर्चामा आउने महाकालीका तुइन विस्थापन गर्न सरकारले बनाएका दुई झोलुंगे पुल उद्घाटनको पर्खाइमा छन् । हस्तान्तरण हुन बाँकी भन्दै दुवैमा ताला लगाइएकाले सर्वसाधारणको कष्ट उस्तै छ । परम्परागत रूपमा प्रयोग हुँदै आएका तुइन पनि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले शनिबार हटाएपछि व्यास गाउँपालिकाका बासिन्दाले थप सास्ती खेप्नुपरेको छ । सरकारले […]
गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पीडित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले षडयन्त्र गरेको आरोप लगाएका थिए । कुराकानी गर्दै थापाले भने, ‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊबाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन […]
बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुनुअघि सत्तारुढ दुई दलका शीर्ष नेता छलफलमा जुटेका छन् । एमसीसीको विपक्षमा उभिने निर्णय गरेका सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो । नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष […]
नागरिक रैबार/बाजुरा १२ फागुन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० मा रहेको सिंगाडा मावि एकमहिनादेखि प्रधानाध्यापक विहिन बनेको छ ।यस अघिका प्रधानाध्यापक विश्णुध्वज शाह गत माघ १८ गतेबाट सेवा अवधि सकेर विदाई भएपछि विद्यालय प्रधानाध्यापक विहिन बनेको हो । प्रधानाध्यापक शाहको विदाईपछि विद्यालय व्यवस्थापन समितिले प्रअ छनोट गर्न सकेको छैन् । विद्यालयमा प्रधानाध्यापक रिक्त […]
काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाबाट हतियारसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कैलारी गाउँपालिका-३ का ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेका छन् । सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कठायत नेतृत्वको गस्ती टोलीले आज बिहान साढे ४ बजेतिर कैलारी गाउँपालिका-५ छोटीपलियाबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको […]