होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ फागुन।जिल्ला अस्पताल बाजुरामा कार्यरत स्वास्थ्यकर्मीहरुले अस्पतालमा उपचाररत एकजना विरामीलाई उपचार खर्च सहयोग गरेका छन् । ३ दिनदेखि जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धका मान बडुवालाई उपचार खर्च बाफत जिल्ला अस्पतालमा रहेको सामाजिक स्वास्थ्य सेवा संगठनको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले व्यक्तिगत रुपमा २० हजार २ सय २० नगद रुपैयाँ सहयोग […]
धनगढी / धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरेर १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए […]
१६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, हिजो पास भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका वडा–८ का अध्यक्ष बहादुरसिंह महराले अमेरिकी परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि वडा अध्यक्ष पद र पार्टी त्याग्ने घोषणा गरेका छन्। नेकपा माओवादी केन्द्रका युवा नेता महराले सामाजिक सञ्जाल फेसबुकमा जनतासित माफी माग्दै वडा अध्यक्ष पद र पार्टी त्याग्ने छाड्ने घोषणा गरेका हुन्। ‘नेकपा माओवाद केन्द्रले राष्ट्रघाती एमसिसी सम्झौता पारित गर्नमा सहयोग […]
काठमाडौंः अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ। दोहाबाट कतार एयरवेजको विमानबाट नेपाल आएका सप्तरीको मौवावेल्हीका ३६ वर्षीय एमडी सौकात अलीलाई प्रहरीले पक्राउ गरेको हो। चेकजाँचको क्रममा उनको साथबाट सात लाख अन्ठानब्बे हजार नौ सय त्रिसट्ठीरुपैयाँ बराबरको बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ। उनीमाथि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल […]
धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनअन्तर्गत मतगणना जारी छ। जिल्ला सभापतिमा प्रकाशबहादुर बमले सुरुवाती अग्रता लिएका छन्। तीन सय मतगणना हुँदा बमले अग्रता लिएका हुन्। बमले १४४, नारायणदत्त भट्टले ११३ र रामबहादुर कलेलले ३० मत पाएका छन्। १३ मत बदर भएको छ। आज साढे २ बजेदेखि मतगणना सुरु भएको थियो। अहिले सभापतिको मात्रै मतगाणना […]
मुगु । जिल्लामा रहेका चारै स्थानीय तह र जिल्ला अस्पताल मुगुमा सुरक्षित सुत्केरी गराउनका लागि दक्ष जनशक्ति र पूर्वाधारको सुविधा उपलब्ध भएपछि स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउनेको संख्या बढेको छ । विगतका वर्षहरुमा सुत्केरी आमाहरुले घर तथा गोठमामा जोखिम मोलेरै सुत्केरी हुनुपर्ने बाध्यता थियो । अहिले जिल्लामा रहेका अधिकांश वडाहमा प्रसुति गृह सञ्चालनमा आएको छ […]
एजेन्सीः रसियाले युक्रेनमाथि आक्रमण गरेसँगै नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुलाई सम्पर्कमा आउन र सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेको छ। रसियाली सेना युक्रेनको राजधानी कीभ पुगिसकेको अवस्था र सडकमा भिडन्त भइरहँदा २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा […]
काठमाडौँ — युक्रेनमाथि आक्रमण थालेको पाँचौं दिन रुसी सेनाले राजधानी किभ कब्जा गर्न कडा संघर्ष गरिरहेका छन् । किभका अधिकांश मुख्य स्थान र चोकहरूमा दुई देशका सेनाबीच युद्ध जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी सैनिकहरू शनिबार बिहान युक्रेनी राजधानी किभ नजिकै आइपुगेका थिए । त्यसयता किभका विभिन्न स्थानमा भिडन्त जारी छ । रुसी […]
मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निजी सचिवालयले जानकारी दिएको छ ।
नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन्। गृह जिल्ला बाजुरा भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताए। […]
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ ।
धनगढीः हिजो (आइतबार) नेकपा माओवादी केन्द्र त्यागेका डोटीका नेता भरत बोहरा एमाले प्रवेश गरेका छन्। माओवादीलगायतको गठबन्धन सरकारले संसदबाट एमसीसी सम्झौता पारित गरेपछि बोहराले असन्तुष्टि जनाएका थिए। बोहरा माओवादीका सुदूरपश्चिम प्रदेश सदस्य थिए। यस्तै आज उनले धनगढीमा आयोजित एमालेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा एमाले प्रवेश गर्दै केपी ओली राजनेता भएको बताएका छन्। ‘म युवा अवस्थामा बन्दुक […]
नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी भ्रमणकाे क्रममा गृह जिल्ला बाजुराकाे सदरमुकाम मार्तडी पुगेका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृह जिल्ला बाजुराको भ्रमणमा आएका हुन् । साता लामो भ्रमण तालिका बनाएर बाजुरा पुगेका जोशीलाईसदरमुकाममा मार्तडीमा भव्य स्वागत गरिएको छ । जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया र […]
धनगढीः एमसीसी परियोजना संसदबाट पारित भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि परेको छ। विप्लव नेतृत्वको नेकपासहित ६ दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै आज नेपाल बन्द गरेका हुन्। बन्दका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन्। फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन्। धनगढीको मुख्य […]
१६ फागुन, काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि अमेरिकाले एमसीसी परियोजना कार्यान्वयनको दिशामा अघि बनेको प्रतिक्रिया दिएको छ । तर, नेपाले राखेको १२ बुँदे व्याख्यात्मक घोषणामा मौन बसेको छ । १२ बुँदे व्याख्यात्मक घोषणासँगै प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्यो । विज्ञप्तिमा प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै […]
काठमाडौँ — संघीय संसद्को प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नेपालको ऊर्जा र सडक पूर्वाधार विकासमा पाँच सय मिलियन डलर (करिब ६० अर्ब रुपैयाँ) अनुदानका लागि साढे चार वर्षअघि सम्झौता भएको थियो । सम्झौतामा संशोधन गर्नुपर्ने माओवादी र समाजवादीको अडान र संशोधन गर्न नसकिने अमेरिकी […]
काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता९एमसीसी०का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्। गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र […]
काठमाडौँ — पोल्यान्डले युक्रेनबाट बाहिरिन खोज्ने नेपालीलाई सीमा प्रवेशमा कडाइ गरेको छ । जसले गर्दा भौकभोकै घण्टौं पैदल यात्रा गरेर युक्रेनको राजधानी किभबाट पोल्यान्डको सीमामा पुगेका नेपाली रोकिएका छन् । उनीहरूमध्ये अधिकांशले घण्टौं कुर्दा पनि सीमा पार गर्न पाएका छैनन् । रुसले युक्रेनमा आक्रमण गरेपछि किभलगायत सहरमा रहेका नेपाली ज्यान जोगाउन छिमेकी मुलुक पोल्यान्ड, हंगेरी र स्लोभाकियाको सीमातर्फ […]
धनगढी : कञ्चनपुरका नन्दराज पनेरु तीन दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको दैजी निवासी ६२ वर्षीय पनेरु १४ गतेदेखि बेपत्ता भएका हुन्। १४ गते शनिबार साँझ ५ बजे दैजीबाट झलारीतर्फ जाने क्रममा उनी बेपत्ता भएको आफन्तले बताएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खोज तलासका लागि निवेदन आएको र खोजी भइरहेको जनाएको छ। कार्यालयले झलारीको प्रहरी टोली […]