होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
लाखै नेपाली जनताको मन र मस्तिष्कमा राज जमाउन सफल अत्यन्तै सुपरहिट गायक शिव परियार गित संगितमा मात्र होइन समाजका रहेका हरेक बिदामा दख्खल राख्ने एक अब्बल व्यक्तितब हुन । नेपाली समाजमा सदियौ देखि जरा गाडेर बसेको जातीय भेदभाव अहिले पनि झनै मौलाएको छ । यसै यथास्थिति माथी गित संगित बाट गरिने परिवर्तनको पहल र प्रहारमा […]
रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरूको उद्धार कार्य सम्पन्न भएको छ ।जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जानकारी दिएका हुन् । रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै खड्काले अन्य देशको तुलनामा नेपालीहरूको उद्धार कार्य निकै […]
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नं का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक […]
एजेन्सी । करिम बेन्जेमाले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि लियोनल मेसीको पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा दोस्रो लेगको पहिलो हाफमा केलियन एम्बाप्पेले गोल गर्दा पीएसीले समग्रमा २–० को अग्रता लिएको थियो । दोस्रो हाफमा १७ मिनेटको अन्तरमा फ्रान्सेली सुपरस्टार बेन्जिमाले […]
काठमाडौं । सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ ।अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो । अस्पतालले ८ मार्चको दिन डेभिड बेनेटको मृत्यु भएको जानकारी […]
काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा ४ ख […]
विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका छन् । बुधबार मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उनले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताए । मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको भन्दै ओलीले भने, ‘ काङ्ग्रेसको बुढो रूख बचाउन […]
धनगढीमा ११२औं नारी दिवसको अवसरमा लायन्स क्लब अफ धनगढीले आयोजना गरेको पेनाल्टी सुट आउट कार्यक्रम सम्पन्न भएको छ। क्लबको खुला महिला पेनाल्टी सुट आउट कार्यक्रम हिजो सुरु भएको हो। सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको थियो। कार्यक्रममा विभिन्न संघ, सस्थामा आवद्ध महिला तथा शिक्षिकाको सहभागिता थियो।
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ३० वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताएका छन् । बुधबार नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने बताए । ‘केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय […]
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। बुधबार बिहान राजदूत यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी थिइन्। प्रचण्ड र यान्छीबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको स्रोतले बताए। यस्तै, भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषयमा समेत छलफल भएको थियो। यस्तै, नेपालले अमेरिकी सहयोग […]
धनगढीः सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जना छन्। उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरी बा ३९ प ३७३९ नम्बरको मोटरसाइकलमा […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीमा नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्नै उनले भने, ‘हामीले एकतर्फी व्याख्यात्मक घोषणा भनेर जे गरिएको छ, त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्छ । यसलाई सम्झौताको अंग बनाउनुपर्छ ।’ यही फागुन १५ गते प्रतिनिधिसभाले १२ […]
a, काठमाडौं । अनुमतिबिना विभिन्न स्थानमा उडाउँदा जफत भएका २० वटा ड्रोन नेपाल नागरिक उड्डयन प्राधिकरणले लिलाम बिक्री गर्ने भएको छ । मानवरहित हवाई उपकरणहरु जफत भएपछि प्राधिकरणमा बुझाउने गरिन्छ । खासगरी गृह प्रशासनबाट यस्तो ड्रोनहरु जफत हुने गरेको छ । प्राधिकरणले बुधबार बोलपत्र आह्वान गर्दै ड्रोन लिलामका लागि आह्वान गरेको हो । २० वटा […]
धनगढीः कैलालीमा एक जन्ती बोकेको जिप दुर्घटनामा परेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नं ४ स्थित गोदावरी मोडमा भारतीय नम्बर प्लेटको जिप दुर्घटनामा परेको हो। पहाडतर्फ गईरहेको युके ०३७ ए १६७९ नम्बरको जिप गोदावरीको दोस्रो मोडमा नालीमा पसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा करिव ९ जना सवार थिए। अहिले नालीबाट निकालेर जिप पहाडतर्फ हिडेको […]
धनगढीः हिजोदेखि नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको एक अडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। पाललेले अश्लील शब्दमा गाली गरेको अडियो सञ्जालमा भाइरल भएको हो। अडियोमा पालले अश्लील शब्दमा गाली गरेर ज्यान मार्ने धम्की समेत दिएको सुनिन्छ। उक्त अडियो एमालेकै अनेरास्ववियूका कार्यकर्ता यज्ञ भट्टलाई गाली पालले गाली गरेको भएको खुलेको छ। उनले अडियोमा भनेका छन् […]
काठमाडौं । यो वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने भएको छ । अहिलेसम्म १४ वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान थियो । यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने, ‘अब एसएलसी […]
सुर्खेत, कालीकोट — कालीकोटको नरहरिनाथ–१ कोटवाडाकी १४ वर्षीया किशोरीले ५ वर्षअघि तिलागुफा–७ छाप्रेका १६ वर्षीय किशोरसित विवाह गरिन् । ७ कक्षा पढ्दै गरेकी उनको विवाहको एक वर्षपछि छोरी जन्माउँदा शल्यक्रिया नै गर्नुपर्यो । अस्पताल पुर्याउन र उपचार गर्न ३५ हजार रुपैयाँ ऋण लाग्यो । त्यही ऋण तिर्न भात खाने एक मात्र खेत बेच्नु परेपछि उनको घरमा कलह सुरु […]
काठमाडौँ — संविधानले महिलाका हक अधिकार र राज्यका सबै क्षेत्रमा प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । सामाजिक, आर्थिक र राजनीतिक रूपमा समेत महिलाहरूको पहुँच र प्रतिनिधित्व बढ्दो छ । तर, दलित समुदायका महिलाको जीवनस्तरमा सुधार आउन सकेको छैन ।दलित महिलाले समग्र महिलाले भन्दा भिन्न विभेद र उत्पीडन खेप्न बाध्य छन् । उनीहरू अझै पनि सामाजिक संरचनामा सबैभन्दा पिँधमै छन् । घरभित्र […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने बताएका छन् । नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको बताए । पार्टीको केन्द्रीय समितिमा उद्योगी व्यवसायी, डाक्टर, इन्जिनियर लगायतको समुचित प्रतिनिधित्व भयो भने सही आर्थिक […]
धनगढी : नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेय बिहीबार सुदूरपश्चिम आउने भएका छन्। उनी बैतडीमा एक आमभेलालाई सम्बोधन गर्न आउन लागेका हुन्। नेपाली कांग्रेस बैतडीले मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकालाई लक्षित गरेर आमभेलाको आयोजना गरेको छ। कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दका अनुसार शिवनाथको सुल्लेखानमा हुने आमभेलालाई सम्बोधन गर्न सहमहामन्त्री पाण्डेय भोलि बैतडी जान लागेका […]