होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको राजस्व असुली निकै न्युन देखिएको छ। विभिन्न सात वटा शिर्षकमा चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ७१ करोड २९ लाख ३८ हजार मात्र राजस्व संकलन भएको हो। ४४ करोड ५५ लाख १३ हजार सवारीसाधन कर असुलीको लक्ष्य निर्धारण गरिएकोमा ३० करोड ३६ लाख ५२ हजार संकलन भएको छ। कोरोना भाइरस र […]
हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिकले गरेका छन्। बजार क्षेत्रमा मुख्य चोक , एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोतान्त्रिक चोकलाई यहाँ घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन् । उनले भने, “ यति सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो । यसैले सरसफाइमा जुटेको हुँ […]
गोदावरी : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताएका छन्। शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्ययमबाट चिनाउन आवश्यक रहेकामा जोड दिए।
काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्मा प्रभाकरले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । आइतबार भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार राजस्व असुली प्रभावित भएपनि मेहिनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए । ‘देशको अर्थतन्त्र यतिबेला चुनौतिपूर्ण अवस्थामा छ, यसलाई समाधान गर्न हामीले […]
काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चुनिएका छन् ।पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए । उपाध्यक्षहरूमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर चुनिएका छन् ।यसैगरी महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा […]
प्रकाश सपूतलाई पक्कै थाहा थियो– यस्तै हुन्छ भनेर ! जस्तो कि अहिले उनको गीत ‘पिर’ले सत्तामाथि पिर थपिरहेछ, तरंग ल्याइरहेछ । नेतृत्वमा हुनेहरूको सात्तो लिइरहेछ । नजिकिँदै गरेको चुनावको दौडधुपमा ५ वर्षपछि गाउँ झर्न लागेको नेकपा माओवादी केन्द्रलाई प्रकाश सपूतले बन्दुक प्रहार गरेझैँ भयो । युट्युबबाट रिलिज भएको केही घण्टामै नेता कार्यकर्ताहरूमा भूकम्प ल्याइदियो । […]
पोखरा — ‘हामी गाउँको मान्छे, यसै पनि मनोबल कमजोर हुन्छ । झन् यस्तो कहिल्यै परेको थिएन । पीडकको पक्षमा नाराबाजी भएको देख्दा बेकार मुद्दा दिइएछ भन्ने भयो ।’ रसाएका आँखा रुमालले पुछ्दै बालिकाका बुबाले घरदेखि अदालतसम्म पुग्दाको इतिवृत्तान्त सुनाए । माघ पहिलो साता चिनजानकै व्यक्तिमार्फत बालिका अधिवक्ता टंक पौडेललाई भेट्न पुगिन् । आफूमाथि भएका घटनाबारे बताइन् । पौडेलले बालिकालाई जिल्ला प्रहरी […]
सप्तरी । सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् ।जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका-४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको प्रहरीले जनाएको छ । खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार […]
रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो । उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुवरले ह्वास्स एप मार्फत आफ्नो […]
धनगढी : डडेल्धुरामा अछाम जाँदै गरेको बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ। प्रहरीका अनुसार कैलालीको टीकापुरबाट अछामको कमलबजारका लागि छुटेको ना६ख १६५० नम्बरको बस गन्यापधुरा गाउँपालिका-३ जक्सन होटेल नजिक सडकमा रहेको माटोको ढिस्कोसँग ठोक्किएको थियो। बसको अगाडिको भाग सडकबाहिर पुगेको भएपनि दुर्घटना हुनबाट जोगिएको बताइएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेका प्रहरीले बताएको छ। […]
लन्डन — क्रिस्टियानो रोनाल्डोले शनिबार एक अर्को गोलको कीर्तिमान बनाएका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ ले हराएको छ । यो जितले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्न म्यानचेस्टरको सपना पनि जीवन्त भएको छ । रोनाल्डोले पछिल्ला १० खेलमा गोल गरेका थिएनन् । तर उनले टोटनहमविरुद्ध तीन सुन्दर गोल गरे र […]
प्रकाश सपूतको ‘पिर’ गीतको कभर फोटोमा लेखिएको शब्द देख्ने बित्तिकै दिमागमा आउने अर्को शब्द हो ‘वीर’ । खासमा त्यो फोटोले ‘वीर’ र ‘पिर’ दुवैको कथा भन्छ । यसले परिवर्तनका लागि योगदान गरेका भुइँतहका नेपाली युवा युवतीको विगतलाई सम्मान गरेको छ । साथसाथै उक्त गीतको कथाले उनीहरूले भोग्नुपरेको वर्तमानको पीडाप्रति सहनुभूति प्रकट गरेको छ । गीतमा […]
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गर्दै छ ।७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् । कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने […]
काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संस्थाका रूपमा २०२७ मा नेपाल विद्यार्थी संघ स्थापना हुँदा अध्यक्ष विपिन कोइराला २४ वर्षका थिए । एक वर्षपछि २७ वर्षीय शेरबहादुर देउवा संघको अध्यक्ष बने । २०३६ मा विमलेन्द्र निधिले २४ वर्षको उमेरमै संघको नेतृत्व सम्हाले । पार्टीमा नेतृत्व उत्पादन गर्ने नर्सरीका रूपमा चिनिने नेविसंघमा पछिल्लो समय भने विद्यार्थीबाट रिटायर्ड भएका नेताको हालीमुहाली […]
धनगढी : सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ दोस्रोपटक च्याम्पियन बनेको हो। मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे। फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए। खेलको […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी चुनावलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय नेताहरुले पैसाको धाक लगाइरहेको बताएका छन् । शनिबार नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले एक्लै चुनाव जित्छु भन्नु पैसाको धाकमात्र भएको बताए । ‘अब चुनावमा विभिन्न खालका शक्तिहरु अहिले आउँदैछन् । एउटा कांग्रेस, काँग्रेस […]
पोखरा — प्रेस चौतारी नेपालको अध्यक्षमा चार जनाले आकांक्षा देखाएका छन् । गणेश बस्नेत अध्यक्ष दोहोर्याउने पक्षमा छन् । वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष गणेश पाण्डे र महासचिव राजेश राईले अध्यक्षमा दाबी गरेका छन् । नवौं महाधिवेशनअन्तर्गत दोस्रो दिन शनिबार पोखरा सभागृहमा बन्दसत्र जारी छ । प्रेस चौतारीका इन्चार्ज रहेका एमाले उपमहासचिव एवं प्रचार विभाग […]
हुम्ला — हुम्लाको सदरमुकाम सिमकोट वडा नम्बर ५ तल्लो गाउँस्थित गाईवस्तुका लागि जम्मा पारेर राखिएको स्याउला र दाउरा आगलागीबाट नष्ट भएको छ । आगलागीबाट एउटा गोठमा पनि क्षति पुगेको बताइएको छ ।मानवीय र अन्य भौतिक क्षति नभए पनि स्याउला र दाउरा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयहरू […]
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले र कांग्रेसको सैद्धान्तिक लक्ष्य मिल्ने बताएका छन् । उनले पार्टी कार्यकर्ताहरूलाई एमाले भाइ कांग्रेस भएको कुरा जनतामा लैजान निर्देशन दिएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता खनालले एमाले र कांग्रेसमा भिन्नता नभएको बताए । कांग्रेस पुँजीवादमा प्रस्ट भएको तर एमाले कम्युनिस्टको […]
काठमाडौं, २८ फागुन । प्रकाश सपूतको पीडा दियो बोलको गीत यतिबेला लोकप्रीय भएको छ । युट्युबमा राखेको केही घन्टामै भिडियो एक लाख भन्दा बढीले हेरिसकेका छन् ।माओवादी द्वन्द्वमा प्रत्यक्ष सहभागी लडाकुको पीडादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ । म्युजिक भिडियोमा प्रकाश सपूत, सुरक्षा पन्त, सम्झना भण्डारी, केशव पुनलगायतले अभिनय गरेका छन् । https://youtu.be/Gep3jLq32OI