होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडीः बैतडीको दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दनपा–५ दशरथचन्द विजयी भएको छ। दशरथचन्दले दनपा–७ दुर्गास्थानलाई १२९ रनले पराजित गरेको हो। कूल १९२ रनको लक्ष्य पच्छाएको दुर्गास्थान ६ ५ ओभरमा ६२ रनमै अलआउट भयो। जसमा नवराज बडूले १३ र रमेश बडूले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रनसमेत बनाउन सकेनन्। हारसँगै […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत पुर्याउने भएको छ । प्राधिकरणले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्रमा विद्युतको पहुँच पुर्याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको छ । कर्णाली प्रदेशका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत् पुगेको छ । ३ नगरपालिका […]
काठमाडौं, ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै कडा टिप्पणी गरेका छन् । आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा पुगेका देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पेस गरेको प्रस्ताव नै पास भएको जिकिर गर्दै त्यतिबेलाका रक्षामन्त्री रावलले ‘किन राजीनामा नदिएको’ भनी प्रश्न […]
काठमाडौँ — रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुल्ने भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ ।दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजार ९१३ उत्पादनमूलक र दुई […]
काठमाडौँ — अमेरिका र फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको छ । कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको छ । ‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् । गत मार्च ९ मा […]
एजेन्सी, ३० फागुन । रुससँग चलिरहेको युद्धको बीचमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शनिबार अचानक कीभको अस्पताल पुगेका थिए । यस अस्पतालमा युक्रेनका घाइते सैनिकलाई भर्ना गरिएको थियो । जेलेन्स्कीले सैनिकसँग सेल्फी खिचे, उनीहरुको अवस्था थाहा पाए र ठट्टा समेत गरे । देशका लागि लड्ने यी सैनिकहरूको भावनालाई अक्षुण्ण राख्ने प्रयास मात्रै थियो । जेलेन्स्कीले पनि […]
पूर्वप्रधानमन्त्री बीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको छ । डकुमेन्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईराला आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धि मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ । स्वदेश फर्किएपछि कसरी बीपी राजनेता बन्न सफल भए भन्ने कुरा पनि डकुमेन्ट्रीमा देखाइएको छ […]
काठमाडौं । युट्युबमा यसै साता सार्वजनिक भएको आफ्नो नयाँ गीत ‘पीर’लाई लिएर विवाद सिर्जना भएपछि गायक प्रकाश सपुतले प्रष्टीकरण दिएका छन् ।भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको उनले बताए । उनले भने, ‘वास्तविक पात्र, स्वभाव र सोचको अध्ययन गरेर नै गीत तयार पारिएको छ ।’ माओवादी […]
काठमाडौं, ३० फागुन । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकसँग पनि छलफल गर्ने कार्यक्रम रहेको मन्त्री […]
काठमाडौं । नेपाल नर्मिाण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट ७६५ मत ल्याएर सिंह अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्षका लागि सिंहसँगै निकोलस पाण्डे र हुमनाथ कोइराला पनि प्रतिष्पर्धी थिए । सिंहले ७६५ मत पाउदा पाण्डेले ३३७ र कोइरालाले ३२ मत मात्रै प्राप्त गरे । महासंघको वरष्ठि उपाध्यक्षमा आङ दोर्जी […]
काठमाडौँ — गायक प्रकाश सपुतको नयाँ गीतले सशस्त्र द्वन्द्व, फेरिएको व्यवस्था र नफेरिएको अवस्थाबारे व्यापक बहस सिर्जना गराएको छ । गीतले ‘जनयुद्ध’ का लडाकुको अपमान गरेको भन्दै माओवादी नेता–कार्यकर्ताले आक्रोश पोखेका छन् । चार भ्रातृ संगठनले विज्ञप्ति नै जारी गरेर युट्युबबाटै भिडियो हटाउन र सार्वजनिक माफी माग्न सर्जकसँग माग गरेका छन् । उता सर्जक सपुतले भने वास्तविक पात्रहरूको […]
स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सरकारले ४० दिनका लागी […]
धनगढी : डडेल्धुराबाट धनगढी आउँदै गरेको हाइस कैलालीमा दुर्घटना भएको छ। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका-४ बुढीतोला नजिक चौबिसे मोडमा बा२ख ३२३३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १३ जना घाइते भएका छन्। चालक अमरगढी नगरपालिका-२ का २६ वर्षीय सन्तोष ऐर, सहचालक गोदावरी नगरपालिका-८ का १७ वर्षीय राजेश ताम्राकार, हाइसमा सवार डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ का […]
म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जाका बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन् ।जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् ।कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताए । प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन […]
गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’को विवाद चुलिँदो छ । दशवर्षे सशस्त्र द्वन्दका परिणामको केही हिस्सा समेटेपछि गीत विवादमा मुछिएको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा बिभिन्न ठिक र बेठिकका अनेक बहस भइरहेको छ । यस्तैमा गीत […]
नागरिक रैबार/बाजुरा ३० फागुन। नेपाल उत्पीडित जातीय मुक्ती समाज बाजुराको अध्यक्षमा शंकर चंदारा चयन भएका छन् । नेकपा एमाले निकट वग्रिय संगठन नेपाल जातीय मुक्ती समाज बाजुराको आईतबार सदरमुकाम मार्तडीमा भएको चौथो जिल्ला सम्मेलनबाट शंकर चंदारा अध्यक्ष रहने गरी ५१ सदस्यीय कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष पारुदेवी पारु बिक, सचिव गाैरी सार्की, काेषाध्यक्ष […]
नागरिक रैबार/बाजुरा २९ फागुन। नेपाली काँग्रेस बाजुराको चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरिएको छ ।घरघर जाऔं, काँग्रेसलाई जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी अभिायनको शुभारम्भ बडीमालिका नगरपालिकाको मार्तडीबाट गरिएको काँग्रेस बाजुराले जनाएको छ । नेपाली […]
डोटी – सुदूरपश्चिमका तीन जिल्ला बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुहरूलाई सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा निगमको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएपछि अहिले सेवा सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीको […]
काठमाण्डाै – यातायात व्यवसायीले आउँदाे चैत ७ गतेसम्म सरकारबाट सार्वजनिक गाडीकाे भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्य वृद्धि हुँदा पनि गएकाे असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजलको मूल्य एक सय चार […]