होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एक दिने औपचारिक भ्रमणका लागि जाँदै हुन् । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेका हुन् । भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन […]
बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर बलात्कार गरेको बयान दिएकी छन् । संरक्षकको रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा सुतेको […]
धनगढी : सुदूरपश्चिमको डडेल्धुरामा आयोजित पत्रकार महिलाहरुको प्रदेश भेला बुधबार सम्पन्न भएको छ। पत्रकार महिलाहरुको क्षमता विकासको उद्देश्यका साथ आयोजना गरिएको उक्त भेला १० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो। भेलाले पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षा, नियमानुसारको पारिश्रमिक उपलब्धता, पेशागत स्थायित्व, दक्षता अभिवृद्धिका लागि आवश्यकता अनुरुप विषयगत तालिम सञ्चालन, सम्पूर्ण सञ्चार गृहमा […]
काठमाडौं । आज मौसममा सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । यो समय तापक्रम बढ्ने क्रममा रहेको र […]
काठमाडौं । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस आज नेपालमा पनि मनाइँदै छ ।दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री शेरबहादुर देउवाले क्षयरोग लाग्न नदिनेतर्फ र लागिहालेमा सहज उपरचारको व्यवस्था गर्नेतर्फ सरकारले ध्यान दिने बताएका छन् । सन् २०२१ को अक्टोबरमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको दक्षिणपूर्वी एसियाका स्वास्थ्य […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको बुधबार उद्घाटन गरेका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ । सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा […]
काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृति दिएको छ । एन्फाले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई एनएसएल आयोजनाका लागि स्वीकृति दिएको हो । एनएसइएमले २ चैतमा एन्फालाई पत्र लेख्दै एनएसएलका लागि २५ चैतदेखि १ जेठसम्मको मिति माग गरेको थियो […]
नेकपा माओवादी केन्द्रको चुनावी अभियानअन्तर्गत जारी विशेष प्रशिक्षण कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सबै प्रदेशमा प्रशिक्षण तथा भेला सम्पन्न गरिसकेको माओवादीले बुधबार प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रम राखेको छ । माओवादी केन्द्रका प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले प्रवासमा रहेका नेता कार्यकर्ताका लागि बुधबार साँझ भर्चुअल माध्यममार्फत अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको […]
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले यसपटकको निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको विषय कडाइका साथ कार्यान्वयन गरिने […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन्। उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले […]
देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भूसालले समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै समस्या अवरुद्ध हुने […]
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडुले नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १६ औं वार्षिक साधारणसभा तथा सामूदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले पूर्व प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताए । देशको प्रधानमन्त्री […]
जुवाडे’बाट बरामद चेक कानुनी प्रक्रिया नलगेर फिर्ता गरेको घटना छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले कानुनी प्रक्रिया छलेर २ करोड २९ लाखको बरामद चेक आरोपीलाई नै फिर्ता दिएका थिए । अपराध अनुसन्धान विभागका डीआईजी राजेश कुमारलाल कर्ण नेतृत्वको समितिले छानविन पुरा गरेर […]
काठमाडौंः सर्लाहीको वाग्मती नगरपालिकाका लेखा अधिकृत पक्राउ परेका छन्। एक व्यापारीको हत्या गर्न षड्यन्त्र गरेको आरोपमा उनलाई म्याग्दीबाट पक्राउ गरी ल्याइएको हो। सिद्धिबहादुर रायमाझीलाई गोली हानी हत्या गर्नका लागि भारतीय सुटर बोलाएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि लेखा अधिकृत ५० वर्षीय विश्वराज पोखरेल गत पुसदेखि फरार थिए। अदालतबाट हिरासत म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी […]
धनगढीः गृह मन्त्रालयले दुई जिल्लाको प्रमुख जिला अधिकारीहरु हेरफेर गरेको छ। गृहले दोलखा र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो। दोलखामा भोजराज खतिवडालाई खटाएको छ भने पर्वतमा कार्यरत देवी पाण्डे खत्रीलाई मन्त्रालयमा तानेर नारायण सापकोटालाई खटाएको गृह मन्त्रालयले जनाएको छ। पर्वतबाट गृहमा तानिएकी देवी पाण्डे खत्रीलाई विपत प्राधिकरणमा जिम्मेवारी दिएर पठाइएको छ।
बाजुरा: बाजुरामा खुकुरी देखाएर तर्साउन खोज्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीमालिका नगरपालिका–८ का २० वर्षीय काले भन्ने भीम रावल रहेका छन्। उनी होलीको दिनमा नाङ्गो खुकुरी देखाएर फरार रहेका थिए। उनले होलीको दिन दिउँसोको समयमा सदरमुकाम मार्तडी बजारमा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा नाङ्गो खुकुरी देखाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। […]
, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बुधबार प्रदेश संयोजकहरुले रिपोर्टिङ गर्दैछन् । बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको बैठकमा प्रदेशमा पार्टीको अवस्थाबारे प्रदेश संयोजकहरुले रिपोर्टिङ गर्न लागेका हुन् । एमालेका एक नेताका अनुसार भूगोलका सातवटा प्रदेश कमिटीका संयोजक र उपत्यका विशेष, विद्यार्थी विशेष, प्रवास र केन्द्रीय विभागका संयोजकले रिपोर्टिङ गर्नेछन् । एमालेले यो बैठकमा […]
काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित एक ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले बैठक उदघाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन् । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची बनाएको छ । बैठकका कार्यसूची १ . रिपोर्टिङ २ . राजनीतिक प्रतिवेदन ३ . विभागहरूको गठन ४ . स्थानीय […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका छन् । बुधबार बबरमहलमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताए । ‘हामी वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्नुपर्दैन’, ओलीले भने । अहिले […]
काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरमा खराब १० भित्रको सूचीमा परेको छ । मंगलबार बिहान ९.४५ बजेको तथ्यांकअनुसार काठमाडौंको वायु विश्वको ९औं प्रदूषित सहरभित्रको सूचीमा छ । वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आईक्युएयरका अनुसार मंगलबार काठमाडौं विश्वकै प्रदूषित सहरको छैठौं स्थानमा थियो । स्विट्जरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार अहिले काठमाडौंको वायुको गुणस्तर […]