होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, १९ चैत्र । नेपालको राजनीतिलाई नयाँ मोड दिने एउटा घटना हो महाकाली सन्धी । सन् १९९६ मा हस्ताक्षर भएको यही सन्धीसँग जोडिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना । शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा महाकाली सन्धी भएको थियो । यो सन्धी सदनको दुई तिहाईले पारित गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार अगाडि बढ्दा तत्कालीन नेकपा एमाले विभाजन भएको थियो […]
काठमाडौं । दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएकाे अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दाेस्राे शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै […]
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गरेपछि सो रेल सेवा नियमित रुपमा सुरु भएको हो । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणको निम्तो दिएका हुन् । ‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौं । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतिक्षारत छु’ प्रधानमन्त्री देउवाले भने […]
शिक्षा दिने कतिपय शिक्षकनै विद्यार्थीलाई बलात्कार गरेको घटनामा मुछिरहेका छन् । जुन पदीय मर्यादाविपरीतको आपराधिक घटना हो । यस्तै घटनासँग सम्बन्धित एउटा मुद्दा अर्घाखाँची जिल्ला अदालतमा शुक्रबार दर्ता भएको छ । उक्त बलात्कारसम्बन्धी मुद्दाको प्रतिवादी भने २७ वर्षीय ठाकुरप्रसाद भुसाल हुन् । उनको पेसा शिक्षण हो । कक्षा १० मा उनले पढाउने विषय ‘शिक्षा’ हो […]
काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियाविरुद्ध खेल्दैछ । मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ । आज नेपालको प्लेइङ ११ मा कुसल भुर्तेल, आशिफ सेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, मोहम्मद अदिल […]
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।तीन दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । भेटवार्तापछि प्रधानमन्त्री देउवा र मोदीले आजै जनकपुर–जयनगर रेल र नेपालमा भूकम्पपछि भारतीय सहयोगमा निर्माण भएका १३० स्वास्थ्यचौकीको […]
कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ। १ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल पुर्याउन खोजेको र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए । उनको वास्तविक तौल […]
चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिएका छन् । मन्त्री […]
धनगढी : अछाममा माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका-७ जैशीगाँउकी २६ वर्षीया धनसरा जैशीको मृत्यु भएको बताइएको छ। घर लिपपोत गर्न माटो खन्ने क्रममा खाडलमा पुरिएर उनको मृत्यु भएको स्थानीय विष्णुबहादुर खड्काले बताए। त्यस्तै, जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाँउमा सोही गाँउकी १४ वर्षीया चन्द्रा जैशी पनि गम्भीर […]
दोहा — चार पटकको विजेता जर्मनी र सन् २०१० को विजेता स्पेन यसै वर्ष हुने विश्वकप फुटबलको एकै समूहमा परेका छन् । समूह ‘ई’ मा अर्को टोली जापान छ भने एक टोलीको निर्क्योल हुन बाँकी छ । शुक्रबार २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको थियो । जर्मनी, स्पेन र जापान समावेश […]
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा […]
जनकपुर — जनकपुर–जयनगर रेल सेवा उद्घाटनको प्रतीक्षामा छ । फूलले सिंगारिएको रेल शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि गुड्नेछ । नेपाली रेलको भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा देउवा र मोदीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ । रेल नियमित चल्ने भएपछि जनकपुरको माहोल उत्सवमय छ । भारतको ठूलो […]
कास्की — प्रहरीले १२ र १३ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ । फागुन ३० गते बिहान साढे १० बजे ३८ वर्षीया शिक्षक पर्शुराम रेग्मीले आफैँले अध्यापन गर्ने विद्यालयमा अध्ययनरत छात्राहरूको यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीहरूलाई जबरजस्ती करणी गर्ने मनसायले […]
काठमाडौँ — सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । पुस २१ मा […]
काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्रीको कार्यभार प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेको समयमा उनले सम्हाल्दै आएको दैनिक जिम्मेवारीको कार्यभार गृहमन्त्री खाँणलाई सुम्पिएको हो । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई जिम्मेवारी दिइएको हो । ‘प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले उहाँको अनपस्थितिमा प्रधानमन्त्रीले […]
प्रहरी प्रधान कार्यालयले जवान, सहायक हवल्दार र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउन गृह मन्त्रालयमा प्रस्ताव गरेको छ । सशस्त्र प्रहरीले पनि नेपाली सेनामा जस्तै बिल्लादार जवानहरूलाई १६ वर्षमा पेन्सन सुविधा दिन प्रस्ताव गरेको छ । दुवै संगठनको प्रस्तावमाथि गृह मन्त्रालयमा छलफल भइरहेको छ । प्रहरी प्रधान कार्यालयले जवान, सहायक हवल्दार र वरिष्ठ हवल्दारलाई १६ […]
नयाँदिल्लीः प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्। तीनदिने भ्रमणका लागि केही बेरमा नयाँदिल्ली अवतरण गर्न लागेका प्रधानमन्त्री देउवासहितको भ्रमणटोलीको स्वागतमा राज्यमन्त्री भट्टले स्वागत गर्ने भएका हुन्। प्रधानमन्त्री देउवाको स्वागतमा दिल्ली विमानस्थलमा बोर्डहरू पनि राखिएका छन्। देउवाको स्वागतमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र […]
काठमाडौँः प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले दुईतिहाइ बढी सिट ल्याउने दाबी गरेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर १८ मगरगाउँमा शुक्रबार आयोजित कार्यक्रम सम्बोधन गर्दै उनले वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा एमालेले दुईतिहाइ बढी सिट ल्याउने दाबी गरेका हुन्। आसन्न निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरि १ नम्बरको शक्तिशाली […]
काठमाडौंः स्वतन्त्रतापछि गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्कामा बिहिबार राती भारी विरोध प्रदर्शन र झडप भएको छ। जसका कारण राजधानी कोलोम्बोमा प्रहरी तैनाथ गरिएको छ। कोलोम्बोमा राती ५ हजारभन्दा बढी व्यक्ति सडकमा उत्रिए र उनीहरुले राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ जुलुस निकाले। राष्ट्रपतिको घरमा चढ्ने प्रयास गरेका भीडसँग प्रहरीको झडप भएको थियो। यतिबेला ४५ जनालाई गिरफ्तार […]