होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले अपवित्र सम्झौताबाट नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै राप्रपाले हिन्दु राष्ट्र बनाइ छाड्ने दावी गरेका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता राणाले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै कुन साजिसबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर सम्पुर्ण नेपालीलाई धोखा दिएको राणाको भनाइ छ । ‘हामी यो मुलुकलाई हिन्दु […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा ३ सिट जितेर देखाउन माधवकुमार नेपाललाई चुनौती दिएका छन् । पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैंमाथि प्रहार गरेको उनको आरोप छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा ओलीले एकीकृत समाजवादीका […]
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको प्रयास भइरहेको बताएका छन् । एमालेसँग समझदारी भयो र कानुनी रुपमा मिल्यो भने राप्रपा नेपालका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने थापाले बताए । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति […]
रौतहटको यमुनामाई गाउपालिका २ भेडियाही लमहा नदीमा शुक्रवार एक महिलाको शव फेला परेको छ । नदीको बीच भागमा महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण सिंहले जानकारी दिए । मृतकको पहिचान खुल्न नसकेको र मृत्युको कारण पता लाग्न नसकेको उनले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाबारे अनुसन्धान […]
शुक्रबार दिउँसो अर्घाखाँचीमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन । अर्खापा बसमा सवार २८ जनामध्ये करिव १० जना घाइते भएका प्रहरीले जनाएको छ ।. fap xparkerambrose अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी थम्मन थापा क्षेत्रका अनुसार प्युठानको स्वर्गद्धारी दर्शन गरी सुपादेउराली हुँदै पोखरा जान लागेको ग २ ६०८० नम्वरको बस सन्धिखर्क नगरपालिका – २ भलाडाडा […]
पोखरा । गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् । चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेललगायत चार जना पदाधिकारीलाई ‘पदबाट किन […]
धनगढीः भारतीय राजदूतावासले दार्चुलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग गर्ने भएको छ। दुहुँ गाउँपालिका वडा नं ३ स्थित जनविकास माध्यमिक विद्यालय बारबाज र नौगाडको इयरकोट स्वास्थ्य चौकी भवनलगायतका संरचना निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गर्ने भएको हो। यसका लागि भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, दुहुँ गाउँपालिका […]
काठमाडौंः नेपाल बार एसोसिएसनमा सत्तारुढ गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ। अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन्। कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई बार अध्यक्षमा पराजित गरेका हुन्। त्यस्तै महासचिवमा गठबन्धन उम्मेदवार अञ्जिता खनाल र […]
धनगढीः कैलालीको गोदावरी नगरपालिका-२ को वडाध्यक्षमा कांग्रेसबाट कमल कडायतले उम्मेद्वारी दिने घोषणा गरेका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा उनले वडाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। उनी २०७४ सालको स्थानीय निर्वाचनमा सदस्यमा निर्वाचित भएका थिए। यस्तै उनले आफ्ना मतदाताहरुसँग मत दिएर सहयोग गर्न आग्रह समेत गरेका छन्।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौती रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘बाह्य क्षेत्र स्थायित्वको चुनौती’ विषयक सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले आयात प्रतिस्थापन नगरेसम्म बाह्य क्षेत्रको स्थायित्वमा जोखिम कायमै रहने बताएका छन् । कोभिड-१९ को प्रभाव घटेसँगै कर्जा विस्तार, बढ्दो आयात र […]
काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने दाबी गरेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको उल्लेख गरे । […]
काठमाडौँ – डीएचएलद्वारा संचालित एक कार्गो विमान कोस्टारिकाको जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्दा दुई टुक्रा भएको छ । बोइङ ७५७–२०० कार्गो विमान जुआन सान्तामारियामा नाटकीयरुपमा आपतकालीन अवतरण गरिएको थियो । अवतरणका क्रममा विमान चिप्लिएपछि विमानको पुच्छर छुट्टिएर दुई टुक्रा भएको थियो । साथै विमानको पखेटा समेत भाच्चिएको थियो । तर आश्चर्यजनक कुरा के […]
काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदका निर्णय पढ्नुहोस् : हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा श्री वसन्तकुमार पाण्डेलाई नियुक्ति गर्ने । बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५/६/५ को निर्णय खारेज गर्ने । अमलेगञ्ज […]
काठमाडौं, २५ चैत । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ । डा. पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा. पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा […]
निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ । निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । वहालवाला जनप्रतिनिधि […]
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क-२ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।प्युठानमा रहेकाे स्वर्गद्वारीकाे दर्शन गरेर सुपा देउरालीका लागि छुटेकाे ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले सबै घाइतेहरुको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचार भइरहेकाे जानकारी दिनुभयाे । दुर्घटनाबारे थप अनुसन्धान […]
काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन करिब केही दिन मात्रै बाँकी रहेका बेला सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् । उनको पहिलो कार्यकाल यही चैत मसान्तमा सकिंदै थियो । दोस्रो कार्यकालमा उनी दोहोरिन चाहेकी थिइन् । तर सञ्चालक समितिले दोहोर्याउन नचाहेपछि उनले राजीनामा दिएको स्रोतले […]
कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो । यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश […]
राँझा : मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ। पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए। उनका अनुसार नेपाल–भारत सिमाना जमुनाहनाकाबाट नेपाल […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने भएको छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । […]