होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पूर्वी नवलपरासी — छात्रालाई अश्लील भिडियो देखाएको आरोपमा पूर्वी नवलपरासीको गैंडाकोटस्थित जनक उच्च माविका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । अभिभावकको उजुरीपछि प्रहरीले आइतबार ती शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार घटनाका बारेमा छात्राले शिक्षकविरुद्ध इलाका प्रहरी कार्यालय गैंडाकोटमा आइतबार लिखित जाहेरी दिएकी हुन् । ५ दिनअघि […]
मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले राससलाई जानकारी गराए । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क […]
काठमाडौं । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाको पोषण शाखाका प्रमुख लिला थापाले देशभरबाट […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नसर्ने बताएका छन् ।सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचन सर्ने प्रयास अनुमान मात्र भएको बताएका छन् । उनले भने, निर्वाचन सन्दैन । गठबन्धनमा निर्वाचन सार्नेबारे कुनै तर्क वितर्क भएको छैन । हामी निर्वाचनमा केन्द्रित भएर लागेका छौं ।’ प्रचण्डले सरकार र सरकारमा […]
मनाङ, ५ बैशाख ।आउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईले बताए । उनका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, […]
धनगढीः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ता पनि तालमेलको पक्षमा नरहेको बताएका छन्। कांग्रेस क्षेत्र नंं ४ प्रदेश (क) क्षेत्रीय कार्यसमितिले सोमबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले निर्वाचनमा तालमेल गर्न नहुने विषय आफूले पहिलेदेखि नै उठाउँदै आएको र कांग्रेस कार्यकर्ता पनि तालमेलको पक्षमा नरहेको बताएका हुन्। उनले आफूले पछिल्ला […]
काठमाडौं । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते तोकिएको छ । निर्वाचन आयोगले उक्त निर्वाचनको क्रममा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने २१ आचरण सार्वजनिक गरेको छ । निर्वाचन अगाडि जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा २१ बुँदे आचरण पालना गर्नुपर्ने आयोगले जनाएको छ । खासगरी निर्वाचन प्रचार प्रसार सम्बन्धी […]
काठमाडौं । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा […]
काठमाडौं, बैशाख ५ । सत्ता गठबन्धन दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा तालमेलका लागि सोमबारसम्म महानगरपालिका र नगरपालिकाको भागबन्डा मिलाउने तयारी गरे पनि ती पार्टीका स्थानीय तहका समितिमा भने समस्या उत्पन्न भएको छ। स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा नमिलेपछि समस्या उत्पन्न भएको हो। केन्द्रमा गठबन्धन दलका शीर्ष नेताहरूले चुनावी तालमेल गर्ने भने […]
काठमाडौं । सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । सरकारको विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै ३० चैतको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो । अर्थमन्त्रालयबाट जारी सूचनामा भनिएको छ, ‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत […]
छिमेकी मुलुक भारतमा लगातार ११ सातासम्म ओह्रालो लागेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ। टाइम्स अफ इन्डियाका अनुसार यो साता (अप्रिल ११-१७) अघिल्लो साताको तुलनामा कोरोना संक्रमण ३५ प्रतिशतले बढेको छ। भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र हरियाणामा संक्रमण ह्वात्तै बढेको छ। अघिल्लो साता भारतमा ४९०० संक्रमित थपिएकोमा यो साता ६६१० संक्रमित थपिएका छन्। दिल्लीमा […]
काठमाडौं, बैशाख ५ । नेपाल तरुण दलका अध्यक्ष विद्ववान गुरुङले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पनि कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताएका छन् । नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसको जित अनिर्वाय रहेको बताए । उनले भने, ‘चाहरे पनि, नचाहेर पनि गठबन्धन गरेर चुनावमा […]
महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले आसन्न निर्वाचन केन्द्रित ‘महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरणको आधार’ भन्ने नाराका साथ सुरु गरेको अभियानले राज्यका सबै संरचनामा महिलाको समानुपातिक समावेशी नेतृत्व सुनिश्चित गर्न माग गरेको छ । अभियानले महिला र महिलाभित्रको विविधतालाई सम्मान र स्वीकार गरी सोहीअनुसारको सहभागिता र निर्णायक तहमा प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग […]
कैलाली – बझाङको बुङ्गल नगरपालिका ८ दस्पलामा बिजुली बनाउने क्रममा बिजुलीको पोलमा करेन्ट लागेर एकजनाको घटना स्थलमा नै ज्यान गएको छ।सानेगाड लघु जल बिद्धुत आयोजनाअन्तर्गत रहेको विद्युत प्रसारण लाइनको मर्मत गर्ने क्रमका सोही ठाउँका २४ वर्षीय राजन बहादुर बोहराको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख […]
पाँचथर – पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । एक बालिका घाइते भएकी छिन् । आज बिहान मदन पन्धाकको घरकाे जग हाल्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर ६९ वर्षीय गोपाल ढुङ्गानाको ज्यान गएको हो ।ढुङ्गानालाई पाँचथर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् । यस्तै, माटाे ढिस्कोले पुरिएर […]
नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आक्रमण भएको छ । केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय निर्वाचनको टिकटको विषयमा भनाभन हुँदा उनलाई एकजना एमाले कार्यकर्ताले आक्रमण गरेकी हुन् । रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफलको क्रममा आफूमाथि हातपात भएको ढुंगेलले बताए । नेकपा एमाले केन्द्रीय सम्पर्क समिति सदस्य लक्ष्मी न्यौपानेले उनलाई हातपात गरेकी […]
काठमाडाैं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए […]
पोखरा । कास्कीका स्थानीय तहहरुमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । जनता समाजवादी पार्टी (जसपा) ले सम्मानजनक सिट बाँडफाँट नभएको भन्दै विरोध जनाएपछि आज बिहानको बैठक निष्कर्षमा पुग्न नसकेको हो । हिजोको बैठक पनि निष्कर्षविहीन भएको थियो । जसपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश उपाध्यक्ष आमोद […]
काठमाडौँ — आइतबार मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको औसत अधिकतम तापक्रम ३१.५ डिग्री र औसत न्यूनतम तापक्रम १३.८ डिग्री भएको रेकर्ड गर्यो । भैरहवाको ४० डिग्री सेल्सियस, सिमरा र जनकपुरको औसत अधिकतम तापक्रम ३८.८ डिग्री रेकर्ड भयो । केही दिनयता काठमाडौंसहित देशभरका सहरहरुमा गर्मी हृवात्तै बढ्दै गएको छ । तराई क्षेत्रमा पनि तापक्रम बढिरहेको छ । […]
काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनाएको आरोप लगाएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भेट गर्दै मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल एमालेतर्फ संकेत गर्दै यस्तो धारणा राखेका हुन् । परिसंघको टोलीसँगको भेटमा अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलना नै गलत भएको बताएका थिए । ‘नेपाल […]