होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पोखरा । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए । उनले भने, ‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ, यद्यपि टोली पुगिसकेको छैन […]
नागरिक रैबार /बाजुरा १५ जेठ । नेकपा एमाले जिल्ला कमिटि बाजुराले बिज्ञप्ती जारी गर्दै बुढिगंगा नगरपालिकामा पुन: निर्बाचान गराउनु लोकतन्त्रको खिल्ली उडाउनु र जनतालाई मुटभेटमा लैजाने हर्कत भएको जनाएको छ । बुढिगंगा नगरपालिकामा संम्पन्न निर्बाचान स्थानिय तह निर्बाचान ऐन तथा नियामावली आचारसंहिता बिपरित निर्बाचन आयाेगले कानुनकाे खिल्ली उडाएकाे बिज्ञप्तीमा उल्लेख गरिएको छ । निर्बाचन आचारसंहिता […]
मानव अधिकार तथा शान्ति समाजले १५ औँ गणतन्त्र दिवसको विभिन्न जिल्लामा कार्यक्रमको आयोजना गरेको छ । शान्ति समाज काठमाडौं, पाल्पा, दाङलगायतले कार्यक्रमको आयोजना गरेका हुन् । शान्ति समाज काठमाडौं “लोकतान्त्रिक गणतन्त्र, नागरिक अपेक्षा र राजनीतिक दलहरु” विषयक गोष्ठी गरेको छ । गोष्ठीमा बोल्दै समाजका सभापति गोविन्द खनालले राजनीतिक दलहरुले नागरिक अपेक्षा अनुरुप भूमिका निर्वाह गर्न […]
काठमाडौँ — आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अपराह्न ४ बजे संसद्मा पेस गरिने बजेट पारित गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा पेस गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आइतबार अपराह्न ४ बजे संसद्मा पेस गरिने बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ।यसअघि नै […]
काठमाडौं । दिल्ली अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई विदेश भ्रमणका लागि ६ दिनको अनुमति दिएको छ ।आबुधाबीको एस आइल्याण्डमा हुन लागेको आईफा अवार्ड २०२२ मा भाग लिन ज्याकलिनले मे ३१ देखि जुन ५ सम्म भ्रमण अनुमति पाएकी हुन् । बलिउड स्टारहरुले भाग लिने उक्त अवार्ड जुन २ देखि ४ सम्म हुँदैछ । विदेश जान ज्याकलिनले […]
एजेन्सीः पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन्। पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन्। श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन्। हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको […]
काठमाडौं । तारा एयरको वेपत्ता जहाज खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको नर्सिङ गुम्बा भन्ने स्थानमा अवतरण गरेको छ ।त्यहाँबाट नेपाली सेनाका १० जना र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली मोबाइलको लोकेसन पत्ता लागेको तर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार पैदलयात्राबाट […]
धनगढी । कैलालीको माेहना नदीमा डुबेर दुई जना बालककाे मृत्यु भएकाे छ ।धनगढी उपमहानगरपालिका -३ स्थित धनगढीलाई कञ्चनपुरकाे राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका -३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता […]
सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको हो । यसका लागि आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री […]
काठमाडौं । लोक गायन रियालिटी शो नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु भएको छ । लोकस्टारको दोस्रो सिजनमा प्रतिस्पर्धा गर्न चाहने प्रतिभाहरुले आफ्नो घरमै बसेर अडिसनमा सहभागी हुन सक्नेछन् । दूरदराजका प्रतिभालाई पहुँच दिने उद्देश्यले लोकस्टारमा यसपटक डिजिटल अडिसन सुरुवात गरिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । आफ्नो मोबाइलमा गीतको भिडियो […]
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको हो । ठाकुरले भने, ‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको […]
काठमाडौंः पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन बनेसँगै सबै देशवासीले चालकदल र यात्रुहरूको सकुशल अवतरणका लागि प्रार्थना गरिरहेका छन्। यति नै बेला सामाजिक सञ्जालमा भने फेक न्यूज र फोटो भाइरल बनाउने होड पनि चलिरहेको छ। अहिले तारा एयरको दुर्घटनाग्रस्त विमान भन्दै एउटा तस्बिर फेसबुकमा यत्रतत्र पोष्ट भइरहेको छ। धेरैले यो तस्बिर सेयर गरेका छन्। अरु […]
सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइ मार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।
काठमाडौं । पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीमा प्रतिकूल मौसम बाधक बनेको छ । मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ । पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी टि्वनअटर जहाज लेतेपास नजिक पुगेपछि सम्पर्कविहीन भएको थियो । १९ जना यात्रु लिएर विहान ९ […]
काठमाडौं । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ । पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित […]
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी […]
काठमाण्डाै – आज गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा भइ १५ वर्ष लागेको छ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। २०६३ साल वैशाख ११ गते तत्कालीन राजा […]
मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले टिटीमा ठूलो आवाज आएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेको जानकारी दिए । ‘टिटीमा ठूलो आवाज आएको भनेर हामीलाई खबर आएको छ । त्यहाँ हेलिकप्टर पठाउने तयारी भएको छ’, उनले बताए । आइतबार […]
काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको छ । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ । सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले […]
काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ । ९ एन-एईटी कलसाइनको जहाजमा २ […]