होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपालमा नेपालमा जहाज र हेलिकप्टर सेकेन्ड ह्यान्ड, थर्ड ह्याण्ड आउने गरेको आफूले पाएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका सांसद नारदमुनि रानाले नेपालमा जहाजहरु सेकेन्ड ह्यान्डको रङरोगन गरेर आउने गरेको आफूले सुनेको भन्दै मन्त्री आलेलाई प्रश्न गरेका थिए । उनको प्रश्न […]
सहिद स्मारक सी डिभिजन लिग अन्तिम चरणमा छ । रेलिगेसनको संघारमा आएको अवस्थामा फुटबलमा खेल मिलेमतोको प्रसंग चर्को रुपमा उठेको छ । सोमबार ‘सी’ डिभिजन लिगको एउटा क्लब आरसी ३२ का म्यानेजर रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा लिगमा मिलेमतो भएको लेखेका छन् । आरसी ३२ का चन्दले एन्फाको वर्तमान नेतृत्वप्रति आक्रोष पोख्दै मिलेमतोमा […]
प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए । संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घटनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन् ।सपथ लिएर पदभार ग्रहण गरेलगत्तै बालेन शर्मालाई भेट्न सैनिक मुख्यालयमा पुगेका थिए । भेटमा बालेनले विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षामा सेनाले गरेको योगदानको प्रशंसा गरेका छन् । प्रधानसेनापति शर्माले भने मेयर बालेनलाई कार्यकालको सफलताको कामना गरेका छन् ।
काठमाडौं । सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो । आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद […]
काठमाडौं । ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ओपनिङ कीर्तिमान कायम गरेको छ । फिल्मको तीन दिनको कुल ग्रस कमाइ झण्डै ८ करोड रुपैयाँ छ । तीन दिनमा लगातार तीन करोड अनुपातमा कमाइ गरेको फिल्मले आगामी दुई दिनमा दुई अंकको कमाइ गर्ने अपेक्षा छ । सोमबार र मंगलबारको शो र अकुपेन्सी हेर्दा कमाइले १० […]
म्याग्दी — मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मैसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ । शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको […]
जुम्लाको पातारासी गाउँपालिकास्थित भौगोलिक रुपले उच्च स्थानमा धान उत्पादन हुने छुमचौरमा कालीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको हो । कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान […]
धनगढीः स्याङ्जा चापकोटकी किस्मी थापा एयर होस्टेस हुँदा उनकी आमा विष्णुदेवी औधी खुशी भएकी थिइन्। गाउँघरमा किस्मीकै चर्चा हुन्थ्यो। त्यसले विष्णुदेवीको हर्ष बढेको थियो। तर, आइतबार मुस्ताङमा भएको तारा एयरको ट्वीनेटर जहाज दुर्घटनाले उनका सबै खुशीहरू खोसिदिएको छ। २६ वर्षीया किस्मीसहित जहाजमा सवार २२ यात्रु र चालक दलका सदस्य मुस्ताङको मानापाथी हिमालछेउ मुलखर्कमा सदाका लागि […]
धनगढीः सुदूरपश्चिम प्रदेशसभाको दशौं अधिवेशन आजदेखि शुरु हुँदैछ। आज दिउँसो ३ बजे बस्ने दशौं अधिवेशन शुरु हुन लागेको हो। दशौं अधिवेशनको पहिलो बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखबाट आएको पत्र पढेर बैठक सञ्चालन सम्बन्धी जानकारी गराउने, अहिलेसम्म सभाबाट पारित भई प्रमाणीकरण भएका विधेयकको सामान्य जानकारी गराउने कार्यसूची रहेको सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। […]
सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढीमा भर्खरै कैलाली फेन्सिङ संघ धनगडी गठन भएको छ । फेन्सिङ संघको अध्यक्षमा जलेन्द्र शाही उपाध्यक्षमा श्याम खत्री, सचिब ऐन बहादुर सिँह , सहसचिब विबेक सर्मा , कोषाध्यक्ष निशान्त थापा लगाएत ९ सदस्यीय कार्यसमिति गठन भएको छ । हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि खेलकुद क्षेत्रको उ्तिकै महत्वरहेको छ । 2059 […]
मेडे वास्तवमा ‘डिस्ट्रेस’ कल हो जसले कुनै आपतकालीन अवस्थाको वर्णन गर्छ । यो कुनै घातक दुर्घटनाको आशंकामा भन्ने गरिन्छ । हुन त यो शब्द हवाईजहाज वा जहाजमा विशेषगरी प्रयोग गरिन्छ तर अन्य मामिलामा पनि मेडे शब्दको प्रयोग गर्नुको अर्थ आपतकालीन अवस्था नै हो । मेडे भन्ने एक विशेष तरिका हुन्छ । यो शब्द एकैचोटी तीनपटक […]
धनगढीः वीरगञ्जमा मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको आरोपमा तीन जना समातिएका छन्। तीमध्ये एक जना महिला पनि हुन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–८ स्थित एउटा रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरजकुमार साह र ३५ वर्षीय हरिश्चन्द्रनाथ योगी हुन्। वीरगञ्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। […]
१६ जेठ, काठमाडौं । सोमबार नेप्से परिसूचक ५०.३३ अंकले घटेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको हो । यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम भने १ अर्ब […]
१६ जेठ, रुकुम । तारा एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने २२ मध्येका एक हुन् उत्सव पोखरेल । उनको निधनले रुकुमको चौरजहारी–३ लापुतेगाउँ शोकाकुल छ । भर्खर २५ वर्ष टेकेका उत्सवले फिलिपिन्सको रोयल फ्याई एकेडेमीबाट ग्र्याजुएट गरेर एक वर्षअघि नेपाल फर्केका थिए । त्यसलगत्तै तारा एयरमा काम थालेका थिए । ३० अप्रिल २०२१ देखि तारा एयरको […]
काठमाडौं । विद्यालयमा पाठ्यपुस्तक पठाउन भएको ढिलाइप्रति आपत्ति जनाउँदै सत्तारुढ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रन्तिकारीले त्यसको छानविन गर्न माग गरेको छ। अखिल क्रान्तिकारीले सोमबार बिहान विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई मन्त्रालयमा भेटेर ज्ञापन पत्र बुझाएको हो । मन्त्री पौडेललाई बुझाइएको ज्ञापन पत्रमा आवश्यक पर्दा निजी क्षेत्रको पनि सहयोग लिएर पाठ्यपुस्तक […]
काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे बस्नेछ । स्थानीय तह निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्नका लागि बैठक बस्न […]
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शपथ ग्रहण गरेकी छिन्।उनलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शपथ खुवाएएका हुन्। शाहलाई भने मुख्य निर्वाचन अधिकृतले शपथ खुवाए। सुनिताले नेवारी भाषामा शपथ लिएकी छिन्। शाहले नेपाली भाषाको शपथ पढेर सुनाउँदा सुनिताले भने नेवारी भाषामा सपथ लिएकी हुन्। शपथग्रहण अघि निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको थियो।
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् । उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि उनले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । ‘२-४ […]
काठमाडौँ — काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयर वालेन्द्र(बालेन) साह, उपमेयर सुनिता डंगोल र वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मेयर साहले नेपाली र नेपाल भाषामा शपथ ग्रहण गरेका थिए । राष्ट्रियसभा गृहमा आयोजित समारोहमा साहलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ गराएका थिए । त्यसैगरी मेयर साहले उपमेयर, वडाध्यक्षहरु तथा सदस्यहरुलाई छुट्टाछुट्टै […]