होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । बझाङमा ९१ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपीं) ज्ञानबहादुर विष्टले स्थानीय विष्णु मण्डेलको घरमा जुवा खेलिरहेको अवस्थामा छापा हानेर […]
काठमाडौँ — यसपालिको एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा विगत पाँच वर्षयताकै कमजोर देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमध्ये ४२ जनाले मात्रै जीपीए ४ मा ४ ल्याएका छन्, जुन संख्या कोरोना महामारीअघि (२०७४ र २०७५) को भन्दा पनि कम हो । समान परीक्षा किसिम र […]
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहीबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश, […]
सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न सरकारले हरेक वर्ष वैशाख महिनाभर भर्ना अभियान सञ्चालन गर्छ । तर, औपचारिकतामा मात्रै सीमित यस्ता अभियानले कुनै सार्थकता नपाएको जुम्लाको पातारासीको एक विद्यालयमा देखिएको भर्ना अवस्थाले देखाएको छ । पातारासी गाउँपालिका वडा नम्बर ५ लासीमा रहेको ज्योति आधारभूत विद्यालयमा यस वर्ष कुनै पनि विद्यार्थीले भर्ना नगरेपछि ग्रामीण भेगका सामुदायिक विद्यालयप्रति […]
काठमाडौं । आउँदो भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘कृष्ण-लीला’मा समावेश एक गीत टिकटकमा छाइरहेको छ । ‘त्यो कथामा एउटा राजा एउटी रानी भैदियोस्..’ बोलको गीतसँगै निर्माण युनिटले अर्काे गीत सार्वजनिक गर्यो-‘ए मेरो हजुर..’ । ट्रेलरबाट प्रतिक्षित बनेको चलचित्रको यो गीत अहिले सर्वत्र गुञ्जिरहेको छ । रबि ओड र सुनिता कार्कीको स्वरमा […]
नागरिक रैबार/बाजुरा ११ साउन। बुढीगंगा नगरपालिकाको असार २३ गते भएको निर्वाचनलाई भयरहित बातावरणमा सम्पन्न गराउन बाजुरामा खटाइएका शसत्र प्रहरी बल नेपालका प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगादत्त पन्तको बाजुराबाट सरुवा भएको छ । शसत्र प्रहरी बल नेपाल प्रधान कार्यालयले २३८ जना डिएसपीको एकैपटक सरुवा गरेपछि उनको पनि बाजुराबाट सरुवा भएको हो । बैशाख ३० गते भएको […]
कोरोना महामारी अघि र पछिको एसईई नतिजा तुलनात्मक रुपमा खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबारसार्वजनिक गरेको नतिजाअनुसार कोभिड अगाडि र अहिले नतिजा तुलनात्मक रुपमा खस्किएको देखिएको हो । कोभिड अगाडि अर्थात शैक्षिक सत्र २०७५ मा २ लाख २९ हजार १३४ छात्रा र २ लाख ३० हजार १४१ जना छात्र परीक्षामा सहभागी भएकामा शैक्षिक […]
काठमाडौँ — कोरोना महामारीका कारण दुई वर्षपछि राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको एसईई परीक्षाको नतिजामा प्रदेशगतरुपमा तुलना गर्दा कर्णाली सबैभन्दा कमजोर देखिएको छ । महामारीका कारण यसअघि दुई वर्ष आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा निकालिएको थियो । वाग्मती प्रदेशको नतिजा अन्य प्रदेशको तुलनामा राम्रो छ भने मधेस प्रदेशको नतिजा सुधारिएको देखिन्छ । ४ लाख ९५ हजार […]
काठमाडौँः राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट हेर्ने मिल्ने बताइएको थियो। तर, यी कुनै विकल्पले पनि काम गरिरहेका छैन। नतिजा हेर्न नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी त्यहाँ आउने निर्देन अनुसार नतिजा पाउन सकिने र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट समेत नतिजा थाहा पाउन […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई २०७८ को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा ११ मा भर्ना पाउनका लागि ग्रेडिङ विधि अनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी […]
नागरिक रैबार/बाजुरा ११ साउन।बाजुरा जिल्ला अदालतका माननीय न्यायधिश माधव प्रसाद घिमिरेको बाजुराबाट सरुवा भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २२४ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेसंगै बाजुराका माननीय न्यायधिश घिमिरेको पनि सरुवा भएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले तीन वर्षभन्दा बढी समयदेखि विभिन्न जिल्लामा रहेका न्यायाधीशहरुको एकैपटक सरुवा […]
अछाममा पेटमै बच्चा मरेपछि सुत्केरी हुन नसकेपछि महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ। मङ्गलसेन नगरपालिका–११ जुपु निवासी ३० वर्षीया सीता रावलको जिल्लामा उपचार हुन नसकेपछि उद्धार गरेर सुर्खेत लगिएको हो। ८ महिनाकी गर्भवती सीताको पेटमै बच्चा मरेको चार दिनपछि उनको उद्धार गरिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट सीतालाई उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लगिएको सहायक […]
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको बताए। कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म […]
काठमाडौं, ११ साउन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो संख्यामा स्वयमसेवक माग गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा रहेर काम गर्न जनसम्पर्क डेस्क स्वयसेवकदेखि सोसल मिडिया सहयोगीसम्म माग भएको नेता दीपक बोहराले जानकारी दिए । बिहान १० देखि साँझ ६ बजेसम्म काम गर्नुपर्ने र कार्यअवधि २ महिनामात्रै रहने जनाईएको छ ।
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । यसका लागि दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसेको छ । यसअघि मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता […]
नागरिक रैबार/बाजुरा ११ साउन। जिल्लाको बुढीगंगा नगरपालिकाले आँखा उपचार केन्द्रको स्थापना गरेको छ ।नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको ब्यबस्थापनमा बुढीगंगाले टाँटे स्वास्थ्य चौकीमा आजबाट संचालन हुने गरी आँखा उपचार केन्द्रको स्थापना गरेको हो । बुढीगंगाका साथै खप्तड क्षेडेदह, त्रिवेणी नगरपालिकाका नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले बुढीगंगाको टाँटे स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्रको स्थापना […]
नागरिक रैबार/बाजुरा ११ साउन।बाजुरामा यस वर्ष साउन महिनाको पहिलो सातासम्म ९५ प्रतिशत धान रोपाई सकिएको छ ।कृषि ज्ञान केन्द्र बाजुराका अनुसार ६ हजार ९ सय १५ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाई हुने गरेको छ । जसमध्ये अहिलेसम्म ६ हजार ५ सय ६४ हेक्टर क्षेत्रफलमा अर्थात ९५ प्रतिशत धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना […]
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदको गणपूरक संख्या नपुगेपछि समयमा बैठक सुरु हुन सकेको छैन । बुधबार दिउँसो १ बजेका लागि तोकिएको बैठक गणपूरक संख्या नपुगेका कारण २ बजेसम्म सुरु हुन नसकेको । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र सिंगापुर सेनाका भूपू गोर्खा सैनिकको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । तर […]
जुम्ला । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानव समाजको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज, अनुसन्धानको कमी तथा तिनको संरक्षण अभावमा धेरै तालहरू गुमनामजस्तो अवस्थामा छन् । प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन् । यद्यपि ती स्थलहरूको उजागर हुनसकेको छैन । सिङ्गो कर्णाली त्यसमा […]
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङलाई यस वर्ष दुईवटा शुभ खबर छन् । उनी अभिनित फिल्म ‘परदेशी २’ दशैं छेकोमा रिलिज हुँदैछ । अर्को खबर, उनी बुवा बनेका छन् । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा पुत्रीलाई जन्म दिएका छन् । आफू बुवा बनेको खबर सामाजिक सञ्जालबाट जानकारी गराउँदै प्रशान्तले खुसी बाँडेका […]