होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । चीनमा जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएको छ । ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको यो भाइरसलाई निगरानीमा राखेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य नहुँदै चीनकै हेनान र साङदोङ प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस (लेभी) पुष्टि भएको हो । लेभी जुनोटिक भाइरस हो । […]
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ । नेसपाका अध्यक्ष […]
काठमाडौं, २६ साउन । नेकपा एमालेका नेता कर्णबहादुर थापाले अहिलेको निर्वाचन प्रणालीले कुनै एउटा पार्टीले बहुमत दिन सक्दैन भने संविधान संशोधन गर्नुपर्ने बताएका छन् । “अहिलेको समानुपातिक निर्वाचन प्रणाली प्रणालीले जनभावनाको सही प्रतिनिधित्व हुन सकेको छैन । देशको हितभन्दा अहित भएको छ । यसलाई जनताले रुचाएका छैनन् । यसमा बहस गर्न एमाले तयार छ । […]
काठमाडौं, साउन २६ । ‘तिमीले मसँग विवाह गर्न जालझेल गर्यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।’ पहिलोपटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए। किनभने सम्भोग गर्दा उनको रक्तस्राव भएको थिएन। उनले त्यसअघि आफूले कहिल्यै शारीरिक सम्पर्क नगरेको कुरा बताइन्। तर उनका पतिले पत्याएनन् र मरियमसँग उनी […]
काठमाडौं । तीज नजिकिँदै गर्दा अस्तीसम्म एउटा भनाई चल्तीमा थियो- विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसुस नै हुँदैन ।’ गतवर्ष उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको भन्दै चर्चित पनि बन्यो । उनका श्रीमान सुन्दरमणी अधिकारीले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको अवस्थाबारे स्पष्टीकरण दिनुपरेको थियो । सुन्दरमणीकै संगीत […]
कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ । सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य सुरु गरेको छ । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले जनाएको छ। जसअनुसार यस अघि नोभेम्बर […]
भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोलि गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ । मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीबार र शुक्रबार दुई दिन लगातार हुने जनाए पछि पञ्चाङ्ग समितिले २७ […]
काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु गर्ने भएको छ । आयोगको बुधबार बसेको बैठकले दलहरूले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने समय निर्धारण गरेको छ । संविधान जारी भएपछि दोस्रो कार्यकालको प्रतिनिधिसभामा ११० र प्रदेशसभाका लागि २२० जना उम्मेदवारको टुंगो लाग्नेछ । दलले बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा र […]
धनगढी: बिहीबार सुदूरपश्चिममा वर्षा भइरहेको छ। धनगढीसहित प्रदेशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको हो। आज सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित छ। प्रदेश नं १, मधेस प्रदेश र […]
प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । मन्त्रिपरिषद्ले मंसिर […]
काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बिहीबार बस्दैछ । मंसिर ४ गेत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धका दलबीच सिट बाँडफाँटबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको हो । निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरू बीच सिट बाँडफाँट हुन सकेको छैन […]
नागरिक रैबार/ २६ साउन बाजुरा । बडिमालिका र बुढिनन्दामा मन्दिरमा धार्मीक मेला सुरु भएको छ । आज बिहानै देखी धार्मिक पिठको रुपमा रहेका बडिमालिका र बुढिनन्दामा मेला तथा पुजाआजा सुरु भएको हो । साउन शुक्ल चर्तुदशीको दिन लाग्ने मेला आज हरेक वर्ष झैँ यस वर्ष धार्मिक तिर्थस्थल बडिमालिका र बुढिनन्दा मन्दिरमा भक्तजनहरू पुगेर पुजा आजा […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने जापान भ्रमण सिध्याएर स्वदेश फर्किएका छन् । अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किएका हुन् । अध्यक्ष प्रचण्ड पाँचदिने भ्रमणका सिलसिलामा शुक्रबार राति जापान गएका थिए । अध्यक्ष प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका थिए । उनी त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भएका थिए । प्रचण्डले शनिबार जापानको […]
वीरगञ्ज । वीरगञ्ज महानगरपालकिा वडा नं. २६ का विनोद सिंह राजपुतले ३ बिघा धान खेती गरेका छन् । धानमा रासायनिक मल हाल्नुपर्ने बेला भइसकेको छ । तर मल पाइराखेको छैन । धान रोप्दा ७० रुपैयाँ प्रति केजीका दरले ७५ किलो डीएपी किनेर काम चलाएका उनी अहिले मल नपाउँदा हैरान छन् । आफ्नो मात्रै खेत भएदेखि […]
नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएर चाँगु नारायण इन्जिनियरिङ कलेजको मुद्धा दबाउन खोजेका लम्बोदर न्यौपाने र महान्यायाधिवक्ता खम्बबहादुर खातीबीच यही साउन १९ गते भेटवार्ता भएको र सोको उदेश्य […]
धनगढीः धनगढीमा घरमै राखिएको ट्याक्टरमा आगजनी भएको छ। धनगढी उपमहानगरपालिका ६ जालीमा घरको आगनमा राखिएको ट्याक्टरमा आगजनी गरिएको हो। मंगलबार राति करण चौधरीको घर अगाडि पार्किङ गरिएको ट्याक्टरमा अज्ञात मान्छेले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार नयाँ ट्याक्टर जलेर केही पार्टहरु नष्ट भएका छन्। राति आगजनी भएको देखेपछि छिमेकी र स्थानीयले आगो निभाएका […]
धनगढीः बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमीका र तीन वर्षीय छोरा मोहित मृत फेला परेका हुन्। उनीहरु घरभन्दा […]
बुधबार बिहान काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गएराति काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना […]
काठमाडौं । कोरोना महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो । जबकी ३१ वैशाखमा संक्रमित संख्या एक अंक अर्थात (२) मा झरेको थियो । १ असारमा पनि संक्रमणदर […]
काठमाडौं । काठमाडौं उपत्यकामा गएराति परेको वर्षा र बाढीले प्रहरी प्रभाग काँडाघारीको भवन डुबानमा परेको छ । बाढीले कार्यालयका सामानसमेत बगाएको छ । कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ । प्रहरीका अनुसार कार्यालयको पछाडि पार्किङ गरेर राखिएका तीनवटा मोटरसाइकल पनि […]