होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कञ्चनपुर: कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागार चलान भएका छन्। जिल्ला अदालतले ‘तुच्छ सजाय’ तोकेका पत्रकार भण्डारीलाई अदालत परिसरबाट पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले भण्डारीलाई केही बेर अघी मात्र कारागार चलान गरिएको दिनेश खबरलाई जानकारी दिए। निर्मला हत्या प्रकरणमा भण्डारीले सञ्चार माध्यमबाट जथाभावी […]
काठमाडौँ — नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको छ । आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको ढुवानीकर्ताले आयाल निगमलाई जानकारी गराएका छन् । ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर ‘अपहरण’मा परेको […]
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ४ प्रतिशत मात्र बजेट मात्रै खर्च गरेको छ। विकास निर्माणका कामलाई तिव्रता दिदै बजेट खर्चको अवस्थालाई सुधार गर्ने दावी गरिएपनि प्रदेश सरकारले पहिलो चौमासिकमा चार प्रतिशत बजेट मात्र खर्च गर्न सकेको हो। चालु आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले पहिलो […]
काठमाडौं । विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ । विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरिएको हो । १९९० सालबाट नेपालमा प्रवेशिका परीक्षाको थालनी भएको हो र त्यो बेला अतिरिक्त […]
बैतडी, मंसिर-२ ।भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ४ दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मंसिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशिलता कारण जनाउदै मंसिर ६ गते साँझ ५ बजेदेखि मंसिर […]
डोटी: डोटीको खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका वन्यजन्तु पीडित परिवारलाई राहत वितरण गरिएको छ। ५ जना चितुवा र २ जना भालुको कारणबाट पिडित भएका ७ परिवारमा राहच वितराण गरिएको छ। राहत पाउनेहरूमा पुर्विचौकी गाउँपालिका-५ काडामाण्डौका भाने साउद, ददि धानुक चेतबहादुर धानुक सोहि गाउपालिकाका ३ न गैरागाउँका पदमे ठकुल्ला सायल गाउँपालिका वडा नं. ४ डौडका मान बहादुर बोगटी […]
भूवन भट्ट– राजनीतिक हस्तक्षेत्र बढेपछि सुदुरपश्चिमाञ्चल विश्वविद्यालय धरासायी बन्दै गएको छ। विभिन्न दल र तीनका भातृ संगठनहरुले विश्वविद्यालयलाई राजनीति गर्ने थलो बनाएपछि धरासायी बन्दै गएको हो। लामो रस्साकस्सी र ठुलो संघर्षपछि स्थापना भएको विश्वविद्यालयको तल्लो निकायदेखि उपल्लो तह सम्म राजनीति हावी भएपछि अपेक्षाकृत उपलब्धी पाउन सकिएको छैन्। पछिल्लो पटक उपकुलपति र रजिष्टार नियुक्तीको विषयलाई लिएर नेपाली […]
प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त कालिमाटीले उक्त रकमसहित आइतबार बिहान भारत बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो। काठमाडौं-१४ कुलेश्वरमा डेरा गरी बस्ने उनले भारतीय नोट र हुण्डी कारोबार गर्ने गरेको सूचना पाएपछि बृत्तको टोली खोजीमा गएको थियो। प्रसादलाई डेराबाटै उक्त रकमसहित […]
काठमाडौं- निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने तथा नामावली प्रकाशन गर्ने कार्य शुक्रबार सम्पन्न भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । कपिलवस्तु जिल्ला शिवराज […]
काठमाडौं- प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी अब निजामती कर्मचारी सेवामा नहुने भएका छन्। सङ्घीय–संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा ऐनले प्रदेशमा समायोजन भएका कर्मचारीलाई प्रदेश निजामती र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई स्थानीय तहका कर्मचारी हुने प्रस्ताव गरेको छ। प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले निजामती कर्मचारीको मर्म नै मेटिने गरी आफूहरूलाई ललीपप […]
पर्यटकीय महत्त्वको क्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड निर्माणमा ताकेता गर्नुभन्दा राज्यका निकायहरू ठेकेदारलाई समय थप्न बढी लालायित भएको पाइएको छ । उपत्यकाको सुगम स्थानमा निर्माण थालिएको यो सडक निर्माण गर्ने ठेकेदारलाई चौथोपटक समय थप गरिएको छ ।राजधानीबाट नजिकैको प्रमुख पर्यटकीय गन्तव्य यो सडकको अवस्था भने झनै नाजुक छ । हिउँदमा धुलो र वर्षामा हिलोले पर्यटकले […]
काठमाडौं, २६ कात्तिक । पोखरामा मंसिर १४ मा हुने उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले सोमबार चुनाव चिह्न प्रदान गरेको छ । स्वतन्त्र उम्मेदवारलाई किताब, शंख, गुलाफको फूल, क्यामेरा, कलम, आँप, डोजर, माहुरी, टेबल र क्रिकेट ब्याट चिह्न प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि […]
काठमाडौं, २६ कात्तिक । संघीय संरचनामा मुलुक गएसँगै नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना संघीय स्वरुपअनुसार रुपान्तरण गर्न थालेको छ । यसको प्रारम्भिक कार्यका रुपमा प्राधिकरणले आफ्नो विवरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रहरुलाई नयाँ गठित प्रादेशिक कार्यालयभित्र समेटिएको छ । नवगठित प्रादेशिक कार्यालयहरुले मूलतः विद्युत् वितरणको काम गर्ने र तिनलाई कम्पनीको मोडलमा लैजाने […]
■ डिल्लीराम अम्माई फिजी भन्ने देश कसरी बन्यो र बेलायतबाट भारत स्वतन्त्र भइसकेपछि शासकहरूले फिजीको मौलिक पहिचानको विरुद्ध कसरी धावा बोले ? ४० प्रतिशत भारतीयले फिजीका आदिवासीहरूको मूल थलो कसरी कब्जा गरे ? त्योबारे यहाँ बहस गर्न खोजिएको होइन । यहाँ भारतीय ब्रिटिस कम्पनीले सन् १८७९ को मे महिनामा झुक्याएर उखुखेतीमा काम गर्नको लागि फिजी […]
२४ कात्तिक, डोटी । आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ । डा. केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् । आइतबार कुनै पनि सरकारी गाडी चल्न नदिइने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी […]
काठमाडौँ २४ कार्तिक । अन्तर्राष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ । अन्तर्राष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न […]
नेपालगञ्ज । पछिल्लो समय भारतले नेपाली भूमि मिचेर नयाँ नक्सा जारी गरेसँगै देशभर भारतको व्यापक विरोध भईरहेका बेला भारतले नेपालगञ्ज नाका बन्द गरेको छ । भारतले नक्सा विवादमा नाका बन्द गरेको नभई आज (शनिबार) भारतको सर्वोच्च अदालतले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैबाट नाका बन्द गरिएको भारतीय पक्षले जनाएको छ […]
डडेल्धुरा, कात्तिक २२ । डडेल्धुरामा सोमबारदेखि अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीलाई अनशनस्थलबाट डडेल्धुरा अस्पताल सारिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई अनशन बसेको निजी घरबाट डडेल्धुरा अस्पताल सारिएको हो । सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका थिए । डा. केसीको स्वास्थ्यमा […]
५७ नम्बर पिलर र सगरमाथाको उचाईमा विवाद काठमाडौं : चीनसँगको सीमाबारे विवाद भएको खासै बाहिर आउँदैन। पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा–विवाद बाहिर नआएको मात्रै हो। नापी विभाग महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनले सगरमाथाको उचाई, दोलखाका पर्ने ५७ नम्बर पिलरमा समस्या रहेको स्वीकार गरको छन्। नेपाल र चीनको सगरमाथाको […]
काठमाडौं २२ कात्तिक । नेपाली सीमामा भारतीय पक्षले गरेको अतिक्रमण र उपनिर्वाचनका लागि बिहीबार गरिएको मनोनयन दर्ता आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक अपराध र अनियमिततासँग सम्बन्धित विषय पनि आजका पत्रिकाहरूले उठाएका छन् । ‘भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन’ शीर्षकमा कान्तिपुरले सीमा अतिक्रमणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार भारतीय पक्षले […]