होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको हो। जसले देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। महाशाखाका अनुसार पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल शुक्रबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार पुगे । त्यहाँ झलनाथ खनाल र वामदेव गौतमसहित चार नेताहरु छलफलमा जुटे । लगत्तै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न माधव नेपाललाई बालुवाटार बोलाए । अपराहृन बालुवाटार पुगेका नेपालसँग ओलीले खुमलटार बैठकबारे बुझ्न खोजे । प्रधानमन्त्री र […]
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा शैक्षिक मेला हुने भएको छ। नेपालमा उच्च शिक्षा लिन चाहाने बिद्यार्थीहरुलाई लक्षित गरी एजुकेशन डटकमले शैक्षिक मेलाको आयोजना गर्ने भएको हो। धनगढीको होटेल जलशामा फागुन १८ र १९ गते मेलाको आयोजना हुन लागेको आज आयोजित पत्रकार सम्मेलन माार्फत जानकारी दिईएको छ। ‘लर्न लोकालिटी फिट लोकालिटी’ भन्ने नाराका साथ मेला आयोजना हुन […]
काठमाडौं, १४ फागुन । प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन् । गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्नि प्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिएपनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन देखिएका हुन् । सत्तारुढ दल नेकपाका नेताहरुले उपसभामुख चयनमा ढिलाइ […]
नेपाली सेनाका उच्च तहका अधिकारीहरूले राजीनामा दिने क्रम बढेको छ । सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहरूले राजीनामा दिएका छन् । रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरूको राजीनामा जंगीअड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक हो । राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख […]
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रपतिद्वारा सुदूरपश्चिमका विभिन्न स्थानमा हुने भ्रमणबारे प्रदेश प्रमुखलाई आज जानकारी दिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुने भ्रमण तथा अवलोकनको तयारीको विषयमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसँग मुख्यमन्त्री भट्टले छलफल गरेका थिए। मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री भट्ट र […]
धनगढी विमानस्थल थप ७ दिन आशिंक बन्द हुने भएको छ। धावनमार्ग मर्मत सम्भार र स्तरबृद्धीको कामलाई निरन्तरता दिनका लागि फागुन ११ देखि १८ गते सम्मका लागि विमानस्थल आशिंक बन्द रहने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए। बुढथापाले धावन मार्ग मर्मत सम्भार र स्तरबृद्धिको काम बाँकी रहेकाले साझ ६ बजेदेखि विहान ८ बजेसम्म विमानस्थल बन्द रहने […]
१२ फागुन, काठमाडौं । ‘जो अगुवा उही बाटो…’ भन्ने नेपाली आहान नेकपामा चरितार्थ भएको छ । नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् । नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो । सो आचार […]
काठमाडौं, फागुन ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमको चाहना पूरा गराउन संबिधान संशोधन कार्यदल बनाएको छ । शनिवार बसेको नेकपाको सचिवालय बैठकले राष्ट्रियसभामा गएर प्रधानमन्त्री बन्ने उपाध्यक्ष गौतमको चाहना पूरा गराउन कार्यदल गठन गरेको हो । नेकपाका उपाध्यक्ष गौतमले संबिधान संशोधन गरी आफू प्रधानमन्त्री बन्ने अवस्था भएमात्रै राष्ट्रियसभामा जाने सार्वजनिक […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत चार व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन् […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविको प्राविधिक शाखाले आयोजना गरेको खेलकुद सप्ताह कार्यक्रम सकिएको छ । प्रत्येक वर्ष विद्यालयमा संचालन गर्दै आएको खेलकुद सप्ताह कार्यक्रम शनिबार सकिएको हो । खेलकुद सप्ताह कार्यक्रम अन्तरगत मालिका नमुना माविको प्राविधिक शाखाले यस वर्ष पनि फागुनको ३ गतेबाट संचालन गरेको उक्त कार्यक्रम सकेको हो । […]
डोल्पा-सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् ।जोखिमपूर्ण यात्राका साथै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ ।अधिकांश ग्रामीण सडकमा सञ्चालन हुने जिपले प्रतिकिलोमिटर ३८ रुपियाँसम्म भाडा लिने गरेको पाइएको छ । व्यवसायीले जाजरकोट–डोल्पा सडकको ७६ किलोमिटर दूरीमा पनि दुई […]
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आ.व. २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रममा उच्च तथा प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागी विभिन्न प्रकारका छात्रवृति दिने कार्यक्रम ल्याएको छ। उक्त छात्रवृति कार्यक्रम अन्तर्गत छात्रा छात्रवृतिमा प्रत्येक स्थानीय तहका दुई जनाका दरले १७६ जना, दलित तथा जनजाति छात्रवृतिमा प्रत्येक स्थानीय तहका दुई जनाको दरले १७६ जना, प्राविधिक डिप्लोमा अध्ययन […]
नागरिक रैबार/ बाजुरा ७ फागुन। नेपाली काँग्रेस बुढीगंगा नगर कार्यसमितिले विधान तथा नियमावली प्रशिक्षण कार्यक्रम बुढीगंगा नगरपालिकामा सम्पन्न गरेको छ । ७० औं प्रजातन्त्र दिबशको अबशर पारि नेपाली काङ्ग्रेस बुढिगगा नगर कार्य समितिले बिधान तथा नियमावली प्रशिक्षण कार्यक्रम समपन्न गरेको हो । नेपाली काङ्ग्रेस बुढिगगा नगर कार्य समिति सभापति मीन ब शाहको अध्यक्षयतामा सञ्चालन भएको […]
देशका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको पद धरापमा परेको छ । नेपाल कम्युनिष्ट पार्टी्भित्रको आन्तरिक द्धन्द्धका कारण छ वटा प्रदेशका मुख्यमन्त्रीहरुको पद धरापमा परेको हो । प्रदेश २ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको गठबन्धन पनि धरापमा परेपछि मुख्यमन्त्री लालबाबु राउतको पद संकटमा परेको हो । बागमती प्रदेशमा सबैभन्दा विवाद देखिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरामा पनि ७०औँ प्रजातन्त्र दिवस भव्य रुपमा मनाइएको छ । बुधबार बिहान सदरमुकाम मार्तडीमा प्रभात फेरिको आयोजना गर्दै जिल्ला समन्वय समितिको प्राङ्गण भित्र कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । उक्त कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार लगाएतको सहभगिता रहेको थियो । साथै उक्त कार्यक्रममा प्रजातन्त्रका […]
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट १ लाख घुससहित पक्राउ परेका छन। अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार बिहान ९ बजे उनलाई पक्राउ गरेको हो। चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग […]
कैलाली: कैलालीमा १२ हजार बढी मतदाता थपिएका छन्। निर्वाचन कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १२ हजार बढी नयाँ मतदाता थपिएका छन्। आर्थिक वर्ष २०७५/०७६ मा २४ हजार नयाँ मतदाता थपिएकोमा चालु आर्थिक वर्षको ६ महिनामा १२ हजार ३ सय ४८ नयाँ मतदाता थपिएका छन्। निर्वाचन दिवसको अवसरमा मंगलबार धनगढीमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दै […]
संघीय राजधानी काठमाडौंबाट बुधबार प्रकाशित दैनिक अखबारहरूको प्राथमिकतामा विविध विषय परेका छन् । ‘एमसीसी संशोधन अमेरिकालाई अमान्य’ शीर्षकमा अन्नपूर्णले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सम्झौता कार्यान्वयन चरणमा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी अमेरिकाले दिएको छ । एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन […]
काठमाडौं– कोरोना भाइरसको चपेटामा रहेको चीनको युहानमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गते शनिबार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फकाईने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राखिने छ । चीनबाट नेपाल […]