होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : भारतको पलियामा बैतडीको शिवनाथका ५१ जना मजदुर अलपत्र परेका छन्। शिवनाथ गाउँपालिका घर भई भारतको मुम्बई, महाराष्ट्र, मानपडा लगायतका ठाउँमा मजदुरी गर्र्दै आएका उनीहरु पलियामा अलपत्र परेको भारतमै रहेका नरेन्द्र चन्दले बताए। भारतमा लकडाउन भएपछि मजदुरी गुमाएका उनीहरु ट्रक मार्फत पलिया सम्म पुगेपनि सीमा नाका बन्द भएका कारण अलपत्र परेको चन्दले बताए। यता शिवनाथ […]
दार्चुला : दार्चुलाको कालापानी र लिपुलेक आसापासको भूमी मिचेर भारतले सडक बनाएको भन्दै सदन र सडक तातिरहेका बेला कालापानी नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ। गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक.डा. इन्द्रजित राई तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले बुधबार कालापानी नजिकै दार्चुलाको छाङरुमा बिओपीको उद्घाटन गरेका हुन्। त्यहाँ सशस्त्र […]
अनिल शाही/ काेल्टी ३० बैैैैशाख । जगन्नाथ गाउँपालिका– ५ गोत्रिकाका एक बालकलाई कालाजार भएको पुष्टि भएको छ । मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका जगन्नाथ गाउँपालिका गोत्रिकाका १७ महिने बालक देविन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा. राजुराज जोशीले जानकारी दिए । करीब एक महिनादेखि लगातार ज्वरो आएपछि आफन्तले उपचारका लागि […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुराको सदरमुकाम मार्तडीमा नेपाली काँग्रेसको भातृ संघठन नेपाल विद्यार्थी संघ बाजुराले प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला जलाएको छ । मंगलबार साँझ साढे ७ बजे सदरमुकाम मार्तडीको लोकतान्तिक चोकमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले ओलीको पुत्ला जलाएका हुन् । लिपुलेक–कालापानीमा भारतले बाटो बनाएको विरोधमा नेपाल विद्यार्थी संघ बाजुराले सदरमुकाम मार्तडीमा ओलीको पुत्ला जलाएको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो नभई अझ कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मंगलबारको मन्त्रिपरिषद बैठकमा थप संक्रमितहरु फेला पर्ने क्रम बढेको भन्दै उनले लकडाउन खुकुलो पर्न नहुने बताएका हुन्। साथै उनले लकडाउनका बेला काठमाडौंमा सवारी जाम बढेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्। एक मन्त्रीका अनुसार कोरोनाको संक्रमण नियन्त्रणमा नआउँदासम्म लकडाउन खुकुलो […]
३० वैशाख, वीरगञ्ज । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् । वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । […]
नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ। विसं २०६० सालमा तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा सेनाको पृतना स्थापना भएको थियो। स्थापना भएको १७ वर्षमा सुदूरपश्चिम पृतना सोमबार दिपायलबाट कैलालीको तेघरीमा सरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ। देशमा संघीय गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली स्थापना […]
गगन अयडी/ धनगढी ३० वैशाख । सुदूरपश्चिम प्रदेशका सम्पुर्ण अस्पतालहरुमा ओपिडी सहित अन्य केही सेवा नियमित स्वास्थ्य सेवा सुचारु गरीने भएको छ । लकडाउनसंगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालहरुले आजदेखि ओपिडी सहित नियमित स्वास्थ्य सेवा सुचारु हुनेछन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यस प्रदेशमा सञ्चालनमा रहेका सबै सरकारी अस्पतालहरुलाई ओपीडी सेवा सुचारु […]
काठमाडौं, २९ वैशाख । संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई क्रमश खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ । सोमवार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो । यसैगरी समितिले स्थानीय स्तरमा निर्माण […]
२९ वैशाख, काठमाडौं । लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रदर्शन गर्ने ३० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरु छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा पठाइएको बताए । उनले भने, ‘पक्राउ पर्नेहरुको स्क्रिनिङ गरिरहेका छौं ।’ ज्ञवालीका अनुसार […]
सन १८१६को सुगौली सन्धिमा लिपुलेख,लिम्पियाधुरा,कालापानी नेपालको भुमिमा पर्छ।भारतले पटक पटक नेपालको सिमानामा हस्तक्षेप गरेको नया बिसय होइन।बि.स.२०१६ यता सगरमाथा लाई भारत र चीनले आफ्नो भनेर धारणा दिईरहदा तत्कालीन प्रधानमन्त्री मन्त्री बिपि कोइरालाले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माउत्सेतुङ,चिनिया प्रधानमन्त्री चाउ ऐन सङ्ग सगरमाथा नेपालको भएको स्पष्ट पार्दै विश्व मानचित्रमा आधिकारिक भएको थियो। त्यस पश्चात् आदर्श पुरुष,संविधान […]
नबिना लामाजी, नमस्कार तपाईँले एक निजी टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हैसियत के हो ? भनेर सोध्नुभएको रहेछ । प्रचण्डलाई आफ्नो हैसियत सुनाउने फुर्सद नभएका कारण मैले उहाँका केही हैसियतहरु तपाईँसमक्ष राख्ने अनुमति चाहान्छु । नम्बर १, नबिना लामाजी, प्रचण्ड तपाईँ सांसद रहेको पार्टी नेकपाको अध्यक्ष हुनुहुन्छ। दुई–दुई पटकसम्म यो देशको […]
काठमाडौं । आजदेखि संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । संयुक्त रुपमा बस्ने प्रतिनिधसभा र प्रदेशसभाको बैठकका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । बिहीबार नै सांसदहरुको कोरोना परीक्षणका लागि […]
नेपालमा थप दुई जना कोरोना संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन र अवस्था सामान्य छ। कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा […]
बिहीबारसम्म नेपालका १५ जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । बिहीबार कपिलवस्तुका दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुग्नुका साथै संक्रमणको फैलावट १५ जिल्लामा पुगेको हो । भारतबाट आएका दुई युवाको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । यसबाहेक हालसम्म उदयपुरमा २८ जनामा कोरोनासंक्रमण देखिएको […]
राजेन्द्र बहादुर रोकाया l बाजुराको बडिमालिका नगरपालिकाका दुई जना युवाले बाजुरा जिल्लाभरीका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण शुरु गरेका छन् । लकडाउनको समय लम्बिएसँगै नियमित औषधि सेवन गर्नेलाई असहज भएको गुनासो बढेसँगै औषधि वितरण शुरु गरिएको मानवताका लागी हामी भन्ने अभियानका संयोजक दिलिप कुमार थापाले बताउनुभयो । उनिहरुले नगरभित्रका दम, सुगर, प्रेसर, मुटुरोगको औषधि वितरण गरेको हो […]
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ । संघीय संसद भवनकै ल्होत्से हलमा […]
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भयो लगत्तै सचिवालय सदस्य माधवकुमार नेपालले विधिसम्मत रुपमा पार्टी सञ्चालन गरिनुपर्ने माग गरे । माधव नेपालको सो मागमा अधिकांश सचिवालय सदस्यले समर्थन जनाए । सो क्रममा उनीहरुले प्रधानमन्त्रीले मनपरी रुपमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै आपत्ति मात्रै जनाएनन् स्थायी समिति बैठकमा […]
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो […]
गगन अयडी २४ धनगढी। बाजुराको त्रिवेणी नगरपालिकाले जिल्लाबाहिर रहेका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ। नगरपालिकाले जिल्ला बाहिर लकडाउनका कारण समस्या परेका विद्यार्थीलाई दुई/दुई हजार सहयोग गर्ने भएको हो। सोमबारको नगरपालिकाको बैठकले लकडाउनका कारण समस्यामा रहेका विद्यार्थीहरुलाई प्रति विद्यार्थी दुई हजारका दरले रकम पठाउने निर्णय गरेको हो। काठमाण्डौं, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्दनगर लगायतका शहरमा […]