होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सत्ता, शक्ति र पैसाका लागि नै नेताहरू मन्त्री बन्न तँछाडमछाड गर्छन्। मन्त्री भएपछि राज्यको ढुकुटी बाँडेर समर्थकलाई पाल्न सकिन्छ। जब नेता चुनावमा होमिन्छन्, सांसद भएपछि कसरी मन्त्री हुन पाइन्छ भन्ने उनीहरूको ध्यान केन्द्रित हुन्छ। मन्त्रीका लागि शपथ खान जाने क्रममा बाटैमा नाम कटिएको खबर भएका गण्डकी प्रदेशका सांसद दोबाटे विश्वकर्मा मानप्रतिष्ठा, इज्जतकै कारण मन्त्रीप्रति आकर्षण […]
काठमाडौं ।एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । […]
दार्चुलाको व्यास गाउँपालिका–२, मालका, ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न बनेको समितिले कानुनी जटिलता रहेको उल्लेख गर्दै बुझाएको प्रतिवेदनमा एसएसबीका जबानले तुइन खुस्काएको किटान गरिएको छैन। पीडित र प्रत्यक्षदर्शीको बयान हुँदाहुँदै पनि समितिले घटनास्थलमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का जबानको उपस्थिति रहेको मात्रै उल्लेख गर्दै गोलमटोल प्रतिवेदन […]
मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५ को वायुगुठी’ अंकित छ। पुस्तौंदेखि किसानले खेती गर्छन्, कर तिर्छन्। तर, स्वामित्व भने अझै पाएका छैनन्। गोरखाको आरुघाट गाउँपालिका–३ र ४ (पुरानो […]
पर्सि शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ । पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने भनिएको थियो । दुई दिनअघिसम्म पनि सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा शुक्रबार धेरै वडाको अधिवेशन भने नहुने पक्का भएको […]
नेकपा (एमाले)बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन नहुने भएको हो । निर्वाचन आयोगले ११ भदौमा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गरेको थियो । दल […]
सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो ।रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो । एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उनलाई […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसँग सम्बन्धित मुद्दा नहेर्ने भएका छन्। उनले संवैधानिक परिषद्सम्बन्धी सर्वोच्च अदालतमा परेका विवादका मुद्दा नहेर्ने निर्णय शुक्रबार गरेका हुन्। प्रधानन्यायाधीश संवैधानिक परिषद्को पनि सदस्य हुन्छन्। त्यसैले संवैधानिक इजलासमा परिषद्सँग जोडिएका मुद्दाको सुनुवाइ हुँदा प्रधानन्यायाधीश बिदामा बस्नेछन्। संवैधानिक इजलास प्रधानन्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय हुने व्यवस्था छ। संवैधानिक परिषद्सँग सम्बन्धित मुद्दा सुनुवाइ हुँदाका […]
औषधि उद्योगका क्षेत्रमा ५० वर्षीय शैलेश वैद्य उदीयमान व्यवसायी हुन् । उनको कर्मप्रति वरिष्ठ औषधि व्यवसायी नतमस्तक देखिन्छन् । उनलाई प्रेरणाका पात्रका रुपमा लिन्छन् । वैद्य काठमाडौंको जमलस्थित कमलाक्षीमा जन्मे । उनको युवावस्था निकै संघर्षशील रह्यो । उनले युवा उमेरमा अनेक सास्ती भोगे । जति दुःख भोगे पनि उनले सपना देख्न भने छोडेनन् । […]
पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको विवादले पार्टीलाई नै दुई टुक्रा बनाएको छ । यसअघि २०५४ सालमा महाकाली सन्धिको विषयलाई लिएर पार्टीभित्र विवाद भएपछि वामदेव गौतमले एमाले विभाजन गर्दै नेकपा (माले) पार्टी गठन गरेका […]
सरकारले मंगलबार ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश बुधबार बिहानसम्म राष्ट्रपति कार्यालय शीतलनिवासमा अड्किएर बसेको छ । देउवा सरकारले चालेको यो कदमको चौतर्फी विरोध भएको छ । सरकारी निर्णयको प्रतिरक्षामा कसैले पनि खुलेर बोल्न सकेको छैन । सरकार सर्वत्र आलोचनाको शिकार बनेको छ । बुधबार बिहान प्रकाशित मूलधारका पत्रपत्रिकाले सम्पादकीय लेखेर अध्यादेश ल्याउने सरकारी निर्णयको विरोध […]
भउचप्रसाद यादव,काठमाडौँ : देशका २६ जिल्लामध्ये सबैभन्दा बढी गरिब घरपरिवार बाजुरामा रहेको देखिएको छ । सरकारले गरेको एक अध्ययनमा बाजुराका कुल घर परिवारमध्ये ७१.१ प्रतिशत गरिब रहेको देखिएको हो । उक्त अध्ययनका अनुसार जिल्लामा कुल २१ हजार ७११ घरपरिवार रहेका छन् । त्यसमध्ये छ हजार ३९३ अति गरिब घरपरिवार पाइएको छ । अध्ययन गरिएका जिल्लामध्ये […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ। अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधनलगायतका प्रक्रिया अघि बढाएपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो। ‘अहिले माधव नेपालले […]
कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरूलाई समेत सुरक्षित राख्न सकिने उनीहरूको सुझाव छ। नेपालमा खोप लगाएका व्यक्तिहरूले ढुक्क भएर जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेकै कारण संक्रमण बढेको र कतिपयमा […]
गोरखाको चुमनुब्री गाउँपालिका–५ बिहीकी ५८ वर्षीय छिरिङ साङ्मो एक दिनको बाटो हिँडेर गत बुधबार छिमेकी गाउँ ल्हो पुगिन् । नागरिकता वितरण गर्ने टोली आएको खबर पाएपछि उत्साहित हुँदै उनि त्यहाँ पुगेकी हुन् । सीमा प्रशासन कार्यालय सिर्दीबासका प्रमुख रामप्रसाद शर्मा नेतृत्वको टोली नागरिकता घुम्ती शिविर लिएर ल्हो गएको थियो । नागरिकता नभएकै कारण सामाजिक सुरक्षा […]
कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् ९युएई० ले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए। युएई सरकारले जहाजको बोर्डिड पास लिनुभन्दा अघि विमानस्थलमा नै एन्टिजेन परीक्षण गरेकालाई मात्र आफ्नो मुलुकमा आउन दिने […]
काठमाडौं । नेकपा एमाले उत्पन्न अन्तरविरोध तथा अन्तरसंघर्षका क्रममा युवा पुस्ताका नेताहरु छेड्के दाउ हान्ने गृहकार्य रहेको महसुस हुन थालेको छ । केपी शर्मा ओली र माधव नेपालबीच उत्पन्न विवाद समाधान खोज्दै पार्टीमा एकता पुनर्बहाली गर्न सक्रिय रहेका सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे एमालेलाई विभाजित हुन नदिन जुनसुकै जोखिम उठाउन तयार […]
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘तपाईंले जति गाली गरे पनि हामी फर्काउँदैनौं, किनभने हामी पार्टीको एकता चाहन्छौं’ भन्ने जवाफ दिएपछि सो पार्टीमा एकताको वातावरण बन्ने अपेक्षा गर्नेहरू केही समययता निरास भएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल पक्षले ओलीका साथ एउटै लहरमा बसेर एकताको ‘जेस्चर’ पनि देखायो । तर, […]
म्यानपावर कम्पनी र दललाहरुले विदेशी मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक १ अर्ब रुपैयाँ हाराहारीमा लुटिरहेका छन् । म्यानपावर कम्पनी र दलालहरुले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आर्कषक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन् । तर, भनिए अनुसार काम र सुविधा पाउनुको सट्टा विदेश पुगेका […]
पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीले प्रस्ताव गरेको संशोधित […]