होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ : सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा सांसद विकास कोषको खर्च गर्न बाँकी रहेको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गर्दै नियमावली संशोधन गरेको छ। असार २ मा बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सांसद विकास कोषबाट खर्च नभएको रकम सम्वन्धित स्थानीय तहको कोरोना कोषमा असार १५ सम्म जम्मा गर्नेगरी […]
काठमाडौं । करिब दुई दशक अगाडि निर्माण भएको सुपरहिट फिल्म ‘पन्छी’ युट्युबमा आउने भएको छ । फिल्मका निर्माता ÷निर्देशक आकाश अधिकारीले फिल्म शुक्रबार साँझबाट युट्युवमा ल्याउन लागेका हुन् । दर्शकको चाहनाअनुसार फिल्म १९ वर्षपछि युट्युवमा ल्याउन लागेको निर्देशक आकाश अधिकारीले बताए । राजेश हमाल र करिश्मा मानन्धरको मुख्य भूमिका रहेको ‘पन्छी’ विसं २०५८ को जेठमा […]
धनगढी : मंगलवार धनगढीमा एक बर्षीय बालकमा कोरोना पुष्टि भयो। तर बुधवार साँझसम्म पनि धनगढी उप–महागरपालिका र स्वास्थ्य कार्यालयले संक्रमित बालक र परिवारका कुनै पनि सदस्यलाई सम्पर्कमा ल्याउन सकेको थिएनन्। संक्रमित बालकालाई नै सम्पर्कमा ल्याउन नसकेपछि सम्पर्कमा रहेका व्यक्तिको समेत खोज्न स्वास्थ्य कार्यालयलाई सास्ती भईरहेको थियो। सेती प्रादेशिक अस्पतालले स्वाब संकलनका क्रममा सम्पर्क नम्वर समेत नराखेपछि […]
चक्र बहादुर अएडी/बाजुरा ४ असार । बाजरा त्रिवेणी नगरपालिका कृषि विकास शाखाबाट कृषकहरूलाई कृषि सामाग्री वितरण गरिएको छ । मकै बालिमा लाग्ने फौजिकिराको प्रकोप नेपालका अधिकांश क्षेत्रहरुमा देखिएको हुदा त्यो किराको प्रकोप त्रिवेणीमा पनि देखिएकोले किरालाई त्रियन्त्रण गर्न कृर्षहरुलाई कृर्षि सामाग्री वितरण गरिएको कृर्षि विकास शाखा त्रिवेणीले जनाकारि दिएको छ । विशेष गरि त्यो किर […]
नागरिक रैबार बाजुरा ४ असार बाजुरा जिल्ला अस्पतालमा विरामी भएर भर्ना भएका एक जना ७० वर्षीया वृद्धलाई विहाबार जिल्लामा क्रियाशिल तीन जना पत्रकारले रगत दिएर ज्यान बचाएका छन् । बुढीनन्दा नगरपालिका वडा नं. ९ पाण्डुसैन निवासी वृद्ध गोरे गुरुङ्गको शरिरमा पानीको मात्रा बढी भएको र रगतको मात्रा कम भएर ज्यान जोखिममा रहेकाले निज विरामीलाई थप […]
४ असार, काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । ५९ सदस्यीय राष्ट्रियसभामा एक सिट खाली छ भने अध्यक्ष गणेश तिमिल्सिना मत विभाजनमा सहभागी भएनन् । अध्यक्ष तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे […]
निमेेेेेेेन्द्र शाही/ बाजुरा ४ असार । बडिमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड–१९ को राहत बुझ्न वडा कार्यालय पुगिन् । कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनले बिचल्लीमा परेका गरीब, असहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालयमार्फत राहत बाँड्दै थियो । राहतले केही दिनको भए पनि गुजारा चल्ने आशमा वडा कार्यालय पुगेकी बिन्द्रा […]
काठमाडाैं- रुकुम पश्चिम चौरजहारी–८ सोती घटनामा अभियोग लागेकाहरूका माध्ये नाै जनाकाे बयान आज सकिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताए । अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उहाँको भनाइ छ । बयान […]
३ असार, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ आज सम्बन्धित मन्त्रीहरुले दिँदैछन् । बिहान ११ बजे बस्ने बैठकमा आज २१ वटा मन्त्रालयका शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । संसद सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफको कार्यसूची बिहीबारलाई राखिएको छ । अर्थात, आज प्रधानमन्त्री बाहेकका […]
जेठ १० गते सोती घटनामा मृत्यु भएका छ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमण उत्रिएपछि असुरक्षा बढेको छ । काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु प्रहरीको घेराभित्र बस्न बाध्य भएका छन् । जाजरकोट सदरमुकामभित्र घर भएका चिकित्सकले समेत घर जान नपाएको बताएका छन् । असार […]
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १८२ थियो । सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी १८५ नयाँ […]
नागरिक रैबार/बाजुरा २ असार। यतिवेला सिंगो मुलुक कोरोना भाईरस कोभिड-१९ संग लडिरहेको छ । कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले पनि आफ्नो प्रयास जारी राखेको छ । कोरोनाकै त्रासका कारण बाजुरा जिल्ला बाहिर अध्ययन तथा कामको सिलसिलामा गएका सर्वसाधारणहरु जन्मभुमि तिर फर्किने क्रम पनि बढी रहेको छ ।कोरोनाको त्रासकै कारण जिल्ला बाहिरबाट आउने सर्वसाधारणहरको […]
नागरिक रैबार/बाजुरा २ असार। बाजुरा जिल्लाका समग्र दलित समुदायलाई लक्षित गरेर सामाजिक संजाल (फेसबुक) मार्फत लिखित रुपमा अपशव्द प्रयोग गरि जातीय भेद्भाव गर्ने १ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको छ । सोमबार बाजुरा जिल्लाका दलित अगुवा र दलित समुदायका पत्रकारहरुले बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँ बाह्रवीसका सत्यराज जोशी विरुद्ध […]
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षका लागि कूल विनियोजनमध्ये चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार र पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रहेको जानकारी दिए। […]
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा २ हजारदेखि ५ हजार, तेस्रो चरणमा ५ हजारदेखि १० हजार र चौथो चरणमा १० हजारभन्दा माथि संक्रमितलाई आधार मानेर स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया […]
काठमाडौं : भारतले वर्षौंदेखि हडपेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ। संविधानको अनुसूचीमा रहेको निसान छापभित्रको नक्सा सच्याउन सरकारले पेस गरेको संशोधन विधेयकलाई प्रतिनिधिसभाको दुई तिहाइ बढी मतले शनिबार पारित गरेको हो। यससँगै नेपालको बुच्चे नक्साले चुच्चे आकार लिने संवैधानिक र कानुनी मान्यता पाएको छ। प्रतिनिधिसभामा उपस्थित सबै सांसदले […]
धनगढीः सुदूरपश्चिममा भारत तथा कोरोना प्रभावित क्षेत्रबाट फर्किएर अनिवार्य क्वारेन्टिनमा बसेका दुई हजार दुई सय बढिलाई घर फर्काइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क अनुसार प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टिनमा बसेका दुई हजार दुई सय ७८ जना घर फर्किएका हुन्। यसअघि शुक्रबार सम्म प्रदेशभरीका एक हजार नौँ सय १८ क्वारेन्टिनमा ६१ हजार सात सय १० जना राखिएकोमा […]
जेठ ३२, २०७७ काठमाडौँ : सरकारले आउँदो असार १५ गतेदेखि दैनिक १० हजार जनामा कोरोना संक्रमण भए/नभएको परीक्षण गर्ने भएको छ। संक्रमण फैलँदै गएपनि कछुवाको गतिमा परीक्षण भएको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले अबको दुई साताभित्र दैनिक परीक्षणको दायरा बढाएर १० हजारसम्म पुर्याउने तयारी गरेको हो। परीक्षणका लागि नेपालमा सबै कुराको सहज व्यवस्थापन भए दैनिक […]
३२ जेठ, गुल्मी । गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको उपचारमा खटिएका डा. कविराज भुसालले बताए । स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन् । […]
पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला […]