होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
लोकगायिका सुनिता दुलाल वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । उनी यहि सोमबार दिवाकरमान सिंह बस्न्यातसँग वैवाहिक जीवनमा बाँधिने भएकी हुन् । दिवाकर र सुनिता लामो समय देखि गहिरो प्रेममा रहेका थिए । दिवाकर क्यानाडबाट पाइलट पढेर आएका हुन् । उनको पुरानो घर डिल्ली बजारमा छ तर हाल बुढालिनकण्ठमा बस्दै आएका छन् । दिवाकर कृषि पेशामा पनि […]
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दोस्रो दिनको भेटवार्ता सुरु भएको छ । ओली र प्रचण्डबीच नौ दिनको मौनता तोड्दै बिहीबार चार घण्टा वार्ता भएको थियो । वार्ताका लागि अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । द्विपक्षीय वार्तामा सहमतिका […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा गत आईतबार आएको बाढी पहिरोमा विस्थापित बनेका पिडित परिवारहरुका लागि राहत जुटाउन सुरु गरिएको छ । बाजुरा उद्योग बाणिज्य संघको अगुवाईमा दुनिहाटबजारका व्यापारीहरु मिलेर सदरमुकाम मार्तडीमा बाढीपहिरो पिडितका लागि राहत जुटाउने सुरु गरिएको हो । बाढी पिडितका लागि संकलन हुने खाद्यन्न, नगद र जिन्सि सामाग्रीहरु सम्वन्धित ठाउँका स्थानीयहरुलाई वितरण गरिने […]
काठमाडौं – विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ । […]
जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन्। सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो। वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो। प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार जिल्ला प्रहरी कार्यालयका […]
धनगढीः डोटीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले दुर्घटनामा परी तीन जनाको घटना स्थलमै मृत्यु भएको दिनेश खबरलाई बताए। उनीहरुको सनाखत भने भएको छैन्। उनका अनुसार २९ जना घाईते भएका छन्। उनीहरुको उद्दार गरी उपचारका लागि अस्पताल लैजाने काम भईरहेको छ। […]
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले रातोपाटीलाई जानकारी दिए । जसमा एक जनामा कोरोना पुष्टि भइसकेको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ। कोरोना भाइरसको […]
अन्ततः नेकपा संसदीय दलको हिसाब संग्लो पानीझैँ सफासँग देखिएको छ । आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सांसदको अभियानले नयाँ बाटो पक्डिँदैछ, संसदीय दलबाट विषयको छिनोफानो लगाउने । त्यसो गर्दा यदि माधव–प्रचण्डका सांसदहरु चोरिएछन् भने पनि प्रधानमन्त्रीको पक्षमा […]
काठमाडौं। गायक निशान भट्टराईले विवाह गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । काभ्रेको धुलिखेलस्थित जिल्ला अदालतमा यी दुईको विवाह भएको हो ।नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष अधिवक्ता रमेश हुमागाईले निशानको विवाह गराएका हुन् । नेपाल आइडलको पहिलो सिजनमा दोस्रो भएका निशान गएको दुई वर्षदेखि प्रेम सम्बन्धमा […]
बाजुरा स्थित नागरिक संघ- संगठनले प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा अबिरल बर्षाले पुयाएको क्षति र नागरिकलाई परेको असरका बारेमा प्रमुख जिल्ला अधिकारी गैरेलाई ज्ञापन पत्र बुझाएको खाद्य अधिकार सञ्जाल बाजुरा अध्यक्ष मदनराज जैशीले वताएका छन् । जिल्ला स्थित पत्रकार महासंघ, खाद्य अधिकार सञ्जाल, गैर सरकारी संस्था महासंंघ नेपाल, फियान […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप १२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, शिक्षण अस्पताल काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा आज थप १२ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले २४ घण्टामा एक सय ४६ जनाको […]
नागरिक रैबार/बाजुरा २६ साउन। आईतबार राति अविरल बर्षा संगै गौमुल गाउँपालिकाबाट आएको बाढीका कारण बडीमालिका नगरपालिका ६ स्थित जडाङ्गामा निर्माण गरिएको बेलिवृज बगाएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत सदरमुकाम मार्तडीसम्म सडकलाई जोड्नका लागि बेलिवृज २०६९ सालमा निर्माण गरिएको थियो । आईतबार राति आएको बाढीकै कारण बडीमालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बुधवार थप एक सय कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप एक सय जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। कैलालीका ८८ र डोटीका १२ जनालाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण […]
प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना सक्रमण पुष्टि भएको हो । बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा […]
धनगढी : जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन्। जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो। मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका प्रेमसिंह विष्टले बताए। उनले भने, “जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ।” सुर्नया गाउँपालिकाका पनि […]
सिन्धुपाल्चोक, २० साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ स्थित एक टहरो पहिरो खसेर पुरिदा सो भित्र रहेका एक जनालाई साउन १९ गते बिहान एपीएफ टोलीले जीवितै उद्वार गरेको छ । उक्त पहिरोले पुरिएको सो टहरोभित्र ९ जना पुरिएका थिए । नगरपालिकाको कभर्ड हल निर्माणमा खटिएका बारा जिल्लाको सिमरा उपमहानगरपालिका २ घर भएका उनीहरु सो टहरोमा […]
झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले मङ्गलबार जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो। खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले […]
१९ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण भदौमा सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो जानकारी दिएको छ । सोही प्रयोजनका लागि कार्यालयले सरोकारवाला सबै निकायबाट विवरण माग गरेको छ । खासगरी कोरोना संक्रमण, रोकथाम, नियन्त्र तथा उपचारमा भएको खर्चलाई सार्वजनिक समय […]
काठमाडाैं, १९ साउन । भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टाइनमा राखेका थिए। तर, अहिले दैनिक ५ सय जना आइरहेका बेला होम क्वारेन्टाइनमा बस्न भन्दै घर जान दिइएको छ। जसले गर्दा हजारौं नेपाली फर्केको बेलाको तुलनामा अहिले गाउँगाउँमा कोरोना जोखिम बढेको छ। ‘गाउँका स्कुल भदौदेखि […]
डोटी – सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश जोशीको शव डोटीको केआइसिंह गाउँपालिका–५ को बुवातडा भन्ने स्थानमा फेला परेको हो । नदीले बगाएर लैजाँदै गरेको अवस्थामा शव फेला […]