होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ […]
बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो । नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेशन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताए । “पूर्व […]
अनिल शाही कोल्टी ४ भदौ । बाजुरा निर्वाचन क्षेत्र (क) मा पुर्व माओवादी केन्द्रका नेताहरुले नेता तथा कार्यक्रताहरुको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोल्टीको पुरानो आर्मी ब्याारेकको हलमा सञ्चालन गरीएको सो कार्यक्रममा पार्टीका विविध गतिविधिका विषयमा छलफल गरी कार्यक्रम सम्पन्न भएको बताईएको छ । स्वास्थ्य सुरक्षाका समाग्रि अनिवार्य प्रयोग र सामाजिक दुरी […]
नागरिक रैबार/बाजुरा ३ भदौ । मंगलबार राति आएको वर्षापछि बाजुराका विभिन्न ठाउँमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पहिरोमा परी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ३ वर्षीया सनिका बुढाको मृत्यु भएको प्रहरीले जनाएको […]
धनगढी : सुदूरपश्चिम सरकारले भदौ ७ गते सार्वजनिक बिदा दिएको छ। २०७७ सालमा दिइने सार्बजनिक बिदाको सूची सार्वजनिक गरिसकेको सरकारले भदौ ७ गते थारु समुदायको ‘अटबारी पर्व’ को बिदा दिएको हो। प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकोमा बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ। अट्वारीलाई थारु समुदायमा […]
नरदिप वड/कोल्टी ३ भदौ । बुढीनन्दा नगरपालिका स्थित दानसाँगु खोलामा आएको बाढीले एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ६ कि झिमु लवार रहेकी छन् । मृतक लवारलाइ मंगलबार दिउसो अरूको काम गरेर राति घट्ट पिस्न गएको बेला दानसाँघु खोलामा आएको बाढिले बगाएको हो । अविरल वर्षाकै कारण दानसाँगु खोलामा आएको बाढीले […]
चक्र बहादुर अएडी-बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका मा करेन्ट लाग्दा एक महिला घाईते भएकि छन । त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउ कि २८ बर्षिया शान्ति रावलको को मोवाईल चार्ज लगाउने क्रममा करेन्टलागेको उमेश विस्टले बताउनु भयो । अहिले उहाँको अछाममा रहेको बयालपाटामा उपचार भईरहेको छ । उहाँलाई हिजो राति नै बयालपाटा अस्पतालमा लिएको छ भने […]
चक्र बहादुर अएडी — बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा हिजो राति परेको अविरल बर्षा संगै आएको मालागाड खोलाले लाखौको क्षेति पुर्याएको छ । त्रिवेणी नगरपालिका वडा नम्वर ८ मा पर्ने मालागाड खोला एक्कासि राति आउदा खोलाको आसपासका खेतहरु र मालागाड जलविधुत आयोजनाको कुलोमा क्षेतिहुँदा विजुली अवरुद्ध भएको स्थानिय राजेश थापाले बताएका छन । थापाका अनुसार सो […]
नागरिक रैबार/बाजुरा २ भदाै। बुढीगंगा नदीमा आएको बाढीका कारण पीडित बनेका परिवारलाई सामाजिक अभियान्ता रिता शाहीको पहलमा राहत सहयोग गरिएको छ । अभियान्ता शाहीको पहलमा बाढीबाट पीडित बनेका बडिमालिका नगरपालिका २ घागरका ५ र १ पीनालेखका १ गरी ६ परिवारलाई प्रवासमा बस्ने समाज सेवी इशा गुरुग, रिता कार्की र हेम थापाले पीडितका लागि पठाएको रकमबाट […]
२ भदौ, बुटवल । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा […]
काठमाडौं, भदौं २ । सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ ।सोमबारको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केही दिनअघि मात्र काउन्सिल सदस्यमा नियुक्त भण्डारीलाई यो जिम्मेवारी दिएको हो । श्रेष्ठलाई काउन्सिल सदस्यबाट भने हटाइएको छैन […]
काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ ।एकैदिन १ लाख ९१ हजार ५२१ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार बिहान यो समाचार तयार पार्दा सम्म कोरोना संक्रमितको संख्या २ करोड २० लाख ४१ हजार ३०४ पुगेको छ । यस्तै एकै दिन थप ४ हजार ८३ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट थप सात जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा सोमवार कोरोना मुक्त भएर थप सात जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। कञ्चनपुर, बैतडी र बझाङबाट दुई÷दुई र कैलालीबाट एक जना संक्रमितलाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै […]
राप्ती नगरपालिका चितवनको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नम्बर ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ। यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी […]
नागरिक रैबार/बाजुरा १ भदौ । बडीमालिका नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारी, शिक्षकको ५ दिनको तलव र जनप्रतिनिधिको ६ दिनको दलव कटाएर बडीमालिकाका बाढी पिडितलाई सहयोग गर्ने निणर्य गरेको छ । नगरपालिकामा आईतबार बसेको ५१ औं नगर कार्यपालिकाको बैठकबाट बाढी पहिरोका कारण घरबास बगाएका, छाना बगाएका एंव जनको क्षती भएका परिवारलाई घाउमा मलम स्वरुप सहयोगका लागि बडीमालिका […]
१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने […]
काठमाडौं, । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हल गर्नको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा ६ सदस्यीय कार्यदल गठन भएको छ । उक्त कार्यदलको संयोजकमा महासचिव विष्णु पौडेल छन् । र, अध्यक्षद्धय ओली र दाहालनजिकका दुई दुई जना र बरिष्ठ नेता माधव कुमार नेपाल समूहबाट पनि दुई जना सदस्य […]
धनगढीः धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ४२ पुगेको छ। आईतबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका थप एक जनामा कोरोना पुष्टि भएको हो। उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्बर ३ की ६१ वर्षीय महिलामा कोरोना पुष्टि भएको बताए। उनी मुम्बईबाट भत्ता बुझ्न श्रीमानसँगै धनगढी आएकी थिईन्। उनका श्रीमानको रिर्पोट भने नेगेटिभ […]
चक्र बहादुर अएडी — जिल्लाको त्रिवेणी नगरपालिकामा विगत लामो समय देखि विभिन्न ठाउँबाट बरामद गरि राखेका मदिरा नष्ट गरिएको छ । बाजुरा जिल्लाको पहिलो मदिरा निषेधित नगरपालिका त्रिवेणीमा अवैधरुपमा विक्रि वितरण गर्दै आईरहेका पसल बाट र ओसार पाेसार गर्दै बरामद गरिएका मदिरा नष्ट गरिएको हो। त्रिवेणी नगरपालिका वडा नम्वर ८ मा रहेको मौरेमा हिजो नष्ट […]
नागरिक रैबार/बाजुरा ३२ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा बाजुराले बाजुरामा गत असार २९ गते देखि साउन २६ गते सम्म आएको भिषण वर्षा र बाढी पहिरोका कारण बाजुराले व्यहोरेको अतुलनीय क्षती र बाजुरेली जनताले हाल भोगिरहेको पीडालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा […]