होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलाली । संघीय सरकार र सुदूरपश्चिमसहित ६ वटा प्रदेश सरकारको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भाँडभैलो भएपछि त्यसका बाछिटाहरु प्रदेश हुँदै तल्लो तहसम्म पुग्ने निश्चित नै छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटनका साथै आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गराउन राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै […]
काठमाडौं ६ पुस। सरकारले २ वर्षभन्दा बढी कार्यकाल बाँकी रहँदै संसदलाई भंग गरेर आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि चुनाव गराउने निर्णय गरेको छ । २०७४ सालमा भएको संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा राज्यको ढुकुटीबाट करिब २६ अर्ब खर्च भएको थियो । संघीय संसद र प्रदेशसभाको चुनावमा मात्रै करिब २० […]
काठमाडौं । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने तयारी गरेका छन् । सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वाेच्च जाने तयारी गरेको नेकपा नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वाेच्चमा रिट दायर गर्ने […]
प्रतिनिधिसभा विघटनपछि ओलीले दाहाललाई भने, ‘अब जे भयो भयो, मिलेर निर्वाचनमा जाऔँ, जितेर आऔँ ।’ काठमाडौँ — नेकपा स्थायी कमिटीका बहुमत सदस्यले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेसँगै साढे दुई वर्षअघि एकीकृत भएको पार्टीको विभाजन निश्चित भएको छ । संविधानमा नभएको अधिकार प्रयोग गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको […]
अछाम– समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान शुरु गरिएको हो । गृहमन्त्रालयले गएको वर्ष पुस ९ गते यहाँका प्रमुख जिल्ला अधिकारीलाई छाउपडी […]
कोरोना महामारीबीच खुलेको मोरङको रंगेली नगरपालिकास्थित एक विद्यालयका ५५ जना विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द गरिएको छ । रंगेली नगरपालिका–४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका कक्षा १ देखि ६ सम्मका ५५ जना विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा विद्यालय बन्द गरिएको छ । विद्यालयका अधिकांश कम उमेर समूहका नानीहरुमा उच्च ज्वरो देखिएको […]
नागरिक रैबार बाजुरा ६ पुस नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराको सदरमुकाम मार्तडी स्थित पार्टी कार्यालयमा रातारात ढाेकामा लगाईएकाे ताला फेरिएको छ । अाईतबार सांझ ढाेकामा लगाएकाे ताला एकाएक फाेडेर अर्काे ताला लगाएकाे पाईएकाे छ । कार्यालयमा रहेका कागजात रातारात गाईव गरिएका छन । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीको निर्देशनमा रातारात फाइलहरु गाईव गरिएको […]
धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा प्रर्दशन गरिएको छ। आइतबार बिहान मन्त्रीपरिषद् बैठकले राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि धनगढीमा प्रधानमन्त्रीको पक्ष र विपक्षमा प्रर्दशन भइरहेको छ। नेकपा निकट युवा संघले धनगढीमा राखेको भेलामा सहभागी हुन विभिन्न ठाउँबाट आएका युवाहरुले मोटरसाइकल ¥यालीसहित ओलीको पक्षमा नारा बाजी गर्दै प्रर्दशन गरेका […]
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ । त्यस्तै राष्ट्रपतिद्वारा […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गर्न गरेको गरेको विरुद्ध पोखरामा नेकपाकै युवा विद्यार्थी आन्दोलित भएका छन्। नेकपाको भ्रातृ संस्था अनेरास्ववियु र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले आइतबार पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्। पुत्ला जलाएपछि आयोजित विरोध सभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले प्रधानमन्त्री ओलीले आन्दोलनको आँधी सामना गर्न तयार हुनुपर्ने बताए। […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि सिफारिस गरेसँगै उनका कदमबारे विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ । संविधानविद्हरुले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार संविधानले नदिएको जिकिर गरेका छन् । संविधानकै खिलाप हुनेगरी उनले चालेको यो कदमलाई धेरैले ‘प्रतिगमन’को संज्ञा दिएका छन् । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार २०४७ सालको संविधानले मात्र दिएको […]
सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ । शनिबार मात्र १२ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ । ६ महिनायताको तथ्यांकअनुसार नोभेम्बरमा सबैभन्दा बढी ५ सय […]
५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको उनको सचिवालय स्रोत बताउँछ । ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको समूहले पनि ठोस मनस्थिति बनाइसकेका छैनन् […]
काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्ये केपी शर्मा ओली प्रधानमन्त्री पनि हुन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको कार्यकारी अध्यक्ष । पार्टी एकता घोषणपछि प्रचण्ड सयौँ पटक ओलीलाई भेट्न बालुवाटार जाने गरेका थिए । तर, शनिबार प्रचण्ड भेट्न ओली आफै खुमलटार पुगे । उनीहरुबीच झण्डै […]
काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ ।यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने देखाएपछि क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने समयमा विधि घटाइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले […]
काठमाण्डौको चाबहिलमा रहेको गोपिकृष्ण हल भत्काउन सुरु गरिएको छ । दर्शकको बाक्लो भीड लाग्ने यो हल अब पुरानो स्वरुपमा रहने छैन । यसका संचालकले ३ दिनदेखि हल भत्काउन सुरु गरेका छन् । गोपिकृष्णमा ७ वटा पर्दा रहेका छन् । जसमध्ये, गोपि, कृष्ण, राधा र मिरा हल भत्काइनेछ । अब, दर्शकले चलचित्र हेर्नका लागि ओम, नम […]
३ पुस, काठमाडौं । गृह मन्त्रालयले ललितपुर लगायत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले शुक्रबार मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन । यस्तै, महोत्तरीमा केशवप्रसाद विमली, धनकुटामा बासुदेव दाहाल, गुल्मीमा रुद्रादेवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद […]
नेपाली जनताले मध्यावधि चुनावको भाउँतो व्यहोर्नु नपरोस् भनेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पाँच वर्षसम्म सरकार चलाउन बहुमत दिएका हुन् । तर, यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संसद विघटन पो गर्ने हुन् कि भन्ने त्रास नेकपा नेताहरुले नै व्यक्त गर्न थालेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललगायतका नेताहरुसँग […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अधयक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुको समूहले पार्टी एकतालाई जोगाउँदै गलत प्रवृत्तिको डटेर सामना गर्ने निर्णय गरेको छ । शुक्रबार कोटेश्वरस्थित नेकपा जनवर्गीय संठनको कार्यालयमा बसेको सो समूहको प्रदेशस्तरीय भेलाले त्यस्तो निष्कर्ष निकालेको हो । भेलापछि नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टीलाई कसरी सुदृढ […]
नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भीर आरोप लगाएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक राष्ट्रपति नै संविधानको प्रतिकुलतामा उभिएको आरोप लगाएका हुन् । शुक्रबार नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक खाँडले यस्तो आरोप लगाएका हुन् । उनले संवैधानिक राष्ट्रपति संविधानको प्रतिकुलतामा उभिदा लोकतान्त्रिक प्रणाली […]