होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मदन बिक/बाजुरा १४ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य प्रकाश शाहले केपि ओलीले ल्याएको अध्यादेश र विद्यादेशले देशमा ठुलो संकट उत्पन्न भएको बताएका छन् । मंगलबार बाजुरा सदरमुकाम मार्तडीमा प्रचण्ड-माधव समूह पक्षले ओलीले चालेको असंबैधानिक कदम विरुद्धमा आयोजित विरोध प्रर्दशनको सभालाई सम्बोधन गर्दै नेता शाहले सो कुरा बताएका हुन् । नेता शाहल फरक […]
देशभरका स्वास्थ्यकर्मी विभिन्न १८बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । एक महिनासम्म उनीहरूका मागको वास्ता नगरेको सरकारले देशभरका स्वास्थ्यकर्मी आन्दोलन उत्रिएपछि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार वार्ता समितिमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम र प्रशासन महाशाखाका सहसचिव […]
काठमाडौं । २०७४ को संसदीय निर्वाचनपछि झण्डै तीन वर्षसम्म फाट्टफुट्ट बाहेक शान्त बनेको सडक पुनः अशान्त बन्न पुगेको छ । शान्त सडक अशान्त बनाउने काम अरु कसैले नगरेर झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन् । पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेको झोंकमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको सर्वोच्च निकाय प्रतिनिधि सभाको […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज कृष्ण खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित संसद भंगको सिफारिस र पार्टीको एकलौटी बैठक राखेर असंवैधानिक र पार्टी विधानको गम्भीर उल्लंघन गरेको दावी गर्दै त्यसको सशक्त विरोध गर्नुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय मदननगर भरतपुरमा चितवन जिल्ला सचिवालय सदस्यहरूलाई निर्देशन दिँदै उनले यसको सशक्त […]
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुको कारण माग गर्दै पुस १९ गतेसम्म त्यससँग सम्बन्धित सबै सक्कल फाइल पेस गर्न सरकारका नाममा शुक्रबार आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै सरकारसँग विघटन गर्नुको कारण मागेको हो। इजलासले सरकारसँग प्रतिनिधिसभा विघटनको कारणसँगै […]
संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ। नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ। कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ। प्रदेश १ मा अहिलेको समीकरणअनुसार दाहाल–नेपाल पक्ष एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ। त्यो अवस्थामा सरकार परिवर्तन […]
काठमाडौं । नेकपाको प्रचण्ड माधव समुहका सबै केन्द्रीय सदस्यहरु शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएका छन् । उनीहरु १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने भएका हुन् । यसअघि केन्द्रीय समितिका निर्णयहरु आयोगलाई जानकारी गराएको प्रचण्ड -नेपाल पक्षले नेकपाको आधिकारिकताका लागि आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर र बैठकका निर्णयहरु बुधबार आयोगमा […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताए । प्रदर्शनको मति र कार्यक्रम भोलि ९ गते बस्ने बैठकले तय गर्ने उनको भनाइ छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा जानुपर्नेमा जोड […]
२०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिन्हका रुपमा निर्वाचन आयोगमा दर्ता गर्यो तर झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनअघि नै विभाजनको अभ्यासमा छ । वैधानिक रुपमा फुटको घोषणा नगरेको भए पनि पार्टी अब एक छैन भन्नेमा नेकपामा नेता–कार्यकर्ता कन्भिन्स भइसकेका छन् । त्यसैको फलस्वरुप केन्द्रदेखि जिल्लासम्मका पार्टी […]
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनःस्थापनातिर कि निर्वाचिततिर केन्द्रीत हुने भन्नेमा मत बाझिएको हो । काँग्रेस सभापति शेरबहादुर देउवा र उनीपक्षीय सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई आक्रामक […]
सुर्खेत — कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले दिने ३ हजारसमेत गरेर अब उनीहरूले प्रतिव्यक्ति ५ हजार रुपैयाँ भत्ता पाउनेछन् । प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकालाई दिने निर्णय गरेको हो । घुमन्ते जीवन बिताउने राउटेलाई गुराँस गाउँपालिकाले परिचपयपत्र […]
काठमाडौं । मंगलबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समितिका छुट्टाछुट्टै बैठक बसे । बिहान नौ बजे बालुवाटारमा आयोजित बैठकको अध्यक्षता केपी शर्मा ओलीले गरे भने मध्यान्ह बबरमहलमा भएको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गरे । ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थपेको र पार्टी प्रवक्तामा प्रदीपकुमार ज्ञवालीलाई चयन गरेको घोषणा गर्यो । प्रचण्ड समूहले […]
काठमाडौं । नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र बिग्रहको बाटो सच्याउने गरी २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक (नेकपा एमाले र माओवादी केन्द्र) बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी एकता प्रक्रिया नै नटुंगिँदै मंगलबारदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई टुक्रामा विभाजित भएको छ । […]
काठमाडौं । राजनीतिक स्थायित्व र समृद्धिको नारासहित वाम गठबन्धन बनाएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र २०७४ को निर्वाचनमा होमिए । जनताले उनीहरुको नारालाई मन पराएर झण्डै दुई तिहाई मत दिए । चुनावपछि दुबैले पार्टी एकीकरण गरे र शक्तिशाली सरकार बनाए । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई यो […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरुपमा विभाजित भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनको रेखा कोरेका हुन् । केन्द्रीय कमिटी बैठक राखेर दुवै पक्षले आफूलाई संस्थापन दाबी गरेपछि अब विवादको निरुपण निर्वाचन आयोगले गर्नेछ । त्यहाँ निरुपण नभए विवाद […]
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन आगामी २०७८ मंसिर २ गतेका लागि तोकिएको छ।प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले मंसिर २ गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । प्रवक्ता ज्ञवालीका अनुसार महाधिवेशन काठमाडौँमा हुनेछ । मंसिर २ गतेदेखि ७ गतेसम्मको महाधिवेशन समय तोकिएको पनि […]
काठमाडौं ७ पुस। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन्छ भन्नेमा दुविधा नराख्न आग्रह गरेका छन् । कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको भन्दै उनले त्यस्तो नहुने बताए । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका ओलीले केन्द्रीय कमिटी विस्तार गरेका छन् । बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति […]
प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति घोषणा भएसँगै चुनावी खर्च कसरी जुट्छ भन्ने चासो बढ्न थालेको छ । यसपटक कोरोना प्रभावका कारण थलिएको अर्थतन्त्र र सरकारलाई आफ्नो दैनिक खर्चमै समस्या पर्ने अवस्थामा चुनावका लागि अतिरिक्त खर्च जुटाउँनै सकस हुने देखिन्छ । कतिपयले चुनावी खर्च जुटाउने एउटा स्रोत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट पनि हुनसक्ने […]
काठमाडौं । नेकपा विघटित संसदीय दलको बैठकले संसद बैठक बोलाउन राष्ट्रपतिलाई आग्रह गर्ने भएको छ । सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रच्ण्डसहित वरिष्ठ नेताहरुको उपस्थितिमा बसेको दलको बैठकले यस्तो निर्णय गरेको नेता देव गुरुङले जानकारी दिए । गुरुङका अनुसार संसदीय दलको बैठकले विभिन्न प्रस्तावहरु समेत पास गरेको छ । जसमा नेकपा संघीय संसद दलको बैठकले […]