होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले प्रदेशमा काँग्रेस नेतृत्वमा बनेको वर्तमान गठबन्धनको आयु लामो नभएको टिप्पणी गरेका छन् । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङले गठबन्धनलाई अप्राकृतिक भन्दै यसको गठबन्धनकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेको भन्दै तर गठबन्धनको आयु लामो नहुने टिप्पणी गरेका हुन् । उनले सबै दलमा विभाजनका रेखा […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने भएको छ । शनिबार एक विज्ञप्ति जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने जानकारी दिइएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक […]
धनगढी । मंगलबार सुदूरपश्चिम प्रदेशसभामा १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि नेकपा एमालेभित्र विवाद बढेको छ । सुदूरपश्चिम प्रदेशसभामा नेता माधवकुमार नेपाल पक्षको बहुमत भएकाले संसदीय दलले निर्णय गरेरै पार्टीको स्थायी कमिटी बैठकको निर्णयविपरीत माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । सभामुखसहित २४ प्रदेश सदस्य रहेको एमालेमा १७ जना नेपालतिर र सात जना […]
काठमाडौं, जेठ २६ । नेकपा एमाले विभाजनको तयारी भइरहेका बेला दोस्रो तहका नेताहरू एकताको उपाय खोज्न पुनः सक्रिय भएका छन् । यसअघि विभिन्न चरणमा भएका छलफलले सकारात्मक नतिजा नदिए पनि दोस्रो तहका नेताहरुबीच पुनः छलफल भएको हो । ललितपुरको समिट होटलमा आज दिउँसो देखि एमालेको दुवै समूहमा रहेका दोस्रो तहका नेताहरुबीच छलफल भएको हो । […]
मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने जानकारी दिएको छ । हाल देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जनाउँदै महाशाखाले अहिले देशभर बदली भइ प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित […]
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज […]
२५ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका छन् । प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, […]
कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई सो निर्देशन सहितको पत्र पठाएका छन् । माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले […]
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गते नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएको छ ।मन्त्रालयमा आइतबार बसेको मन्त्रिस्तरीय वैठकले असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्ने निर्णय गरेको हो । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलाई सहज बनाउने, वैकल्पिक सिकाई प्रणालीबाट बालबालिकाको सिकाईलाई निरन्तरता जिने जस्ता निर्णय […]
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । उनले आज जनता समाजवादी पार्टीलाई सरकारमा समावेश गरी मन्त्रिमण्डल पुर्नगठन गरेका हुन् ।मन्त्रिमण्डलमा यसअघि नेकपा एमालेबाट मन्त्री रहेकाहरु पनि दोहोरिएका छन् । नयाँ अनुहारलाई पनि ओलीले मन्त्री बनाएका छन् । एमालेबाट मन्त्री भएकाहरु विष्णु पौडेल, उपप्रधान तथा अर्थमन्त्री रघुवीर महासेठ, उपप्रधानसहित परराष्ट्रमन्त्री […]
नागरिक रैबार/बाजुरा २१ जेठ। सुदूरुपश्चिम प्रदेश सरकारका एमालेका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहलाई प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४८ घण्टे स्पष्टिकरण सोधेका छन् । मन्त्री शाहलाई पार्टी स्थायी कमिटीको निणर्य विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर अध्यक्ष ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् । […]
निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा […]
सरकारले नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि नभएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बेलायती मिडियामा आएको भनिएजस्तो कोरोनाको नयाँ भेरिएन्ट हालसम्म देखा नपरेको जानकारी दिए । बेलायतको डेलीमेलले कुनै स्रोत उल्लेख नगरी नेपालमा भेरिएन्ट भेटिएको भन्दै समाचार दिएपछि मन्त्रालयले यसबारे स्पष्ट पारेको हो ।नेपाल भेरिएन्टबारे कुनै जानकारी भए सूचित […]
नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधि समेतको अवधि पछाडि धकेलिएको हो । यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ । त्यस्तै गत वर्षसम्म मनसुन […]
विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर […]
सरकारले कोरोना परीक्षणको दायरालाई अझै विस्तार गरिने बताएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना परीक्षणलाई अझैं बढाइने बताए। अहिले परीक्षण घट्नुमा केही कारण रहेको भन्दै मन्त्रालयको मनसाय परीक्षणलाई घटाउनु नरहेको उनको दाबी छ। ‘संक्रमितहरूको संख्या घट्दो छ तर परीक्षणको अनुपातमा ३० प्रतिशतभन्दा बढी पोजेटिभ आउनुभएको छ। त्यसैले हाम्रो परीक्षण अझैं बढ्नैपर्ने छ, […]
काठमाडौँ– काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो । सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार पहिले […]
काठमाडौँ– नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार अहिले रिक्त रहेका सामाजिक विकास मन्त्रालय र उर्जा तथा जलस्रोत मन्त्रालयमा कांग्रेसले दुईजना सांसदलाई मन्त्री बनाउने भएको हो । नेता शाहीले दिएको जानकारीअनुसार सामाजिक विकास मन्त्रालयमा सुर्खेतका यज्ञहादुर बीसी र उर्जा तथा जलस्रोतमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई […]
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो । बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो । यसका साथै […]