होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१८ वैशाख, विराटनगर नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जना जिल्ला अदालत सुनसरीको आदेशपछि पूर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश ध्रुबकुमार सुवेदीको इजलासले उनीहरुलाई कारागार पठाउने आदेश दिएको हो । गत चैत १० गते मोरङको कानेपोखरीबाट कोशी ब्युरो संयोजक श्रेष्ठ र कोशी व्यूरो सदस्य माधब गौतम, गत […]
२२ वैशाख, बुटवल प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले परम्परागत प्रशासन शैलीलाई जनतामैत्री बनाउनुपर्ने बताएका छन् । ‘कतिपय आदतै गलत छन्, हिजो केन्द्रबाट निगरानी कम हुन्थ्यो,अब त ठाउँठाउँमा सरकार छन्,’ उनले भने । तेश्रो अधिबेशन (बिधेयक )को अन्तिम संसद बैठकलाई सम्बोधन गर्दै पोखरेलले साझा सूचीमा भएका कानून केन्द्रले नबनाउँदा प्रदेशमा पनि समस्या भएको बताएका छन् […]
२२ वैशाख, बुटवल रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ‘दलित’ र ‘गैरदलित’ समुदाय एकै थलोमा उपस्थित भएर जातीय छुवाछुत अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । गत वैशाख ५ गते शुद्धोधन ४ फर्साटिकरका रामबहादुर विश्वकर्माकी छोरी आरतीको विवाह भोज केही गैरदलितहरुले बहिष्कार गरेको घटना सार्वजनिक भएपछि यस्तो प्रतिवद्धता आएको हो । शुद्धोधन गाउँपालिका र दलित वर्ग उत्थान गाउँ समन्वय […]
२३ वैशाख, गुल्मी मुसिकोट नगरपालिका-४ दजाकोटमा दूषित पानीकै कारण झाडापखला फैलिएको पुष्टि भएको छ । यही वैशाख १० देखि सिङ्गो गाउँमा फैलिएको झाडापखालाको मुख्य कारण पानीमा रहेको ईकोलाई जिवाणु भएको अनुसन्धानबाट खुलेको हो । गाउँमा झडापखालाको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले गत साता प्रकोप क्षेत्रमा पुगेर बिरामीहरुको दिसा र […]
२३ बैशाख, गुल्मी आमासँगै गुल्मी जिल्ला कारागारमा रहेकी ४ वर्षीया बालिकाले नर्सरीमा ९६ प्रतिशत अंक ल्याएकी छन् । अघिल्लो वर्षको वैशाख १२ गते रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले हाडहाडेकी ३ वर्षीया बिपिका पुनको अभिभावकत्व ग्रहण गरी तम्घासको महेन्द्र नमूना माबिमा नर्सरीमा भर्ना गरिदिका थिए । बिपीकाले वार्षिक परीक्षामा तृतीय स्थान प्राप्त गरेकी छन् । अहिले […]
२४ वैशाख, बुटवल प्रदेश ५ सरकार र चीनको ग्यान्सु प्रान्तबीच सांस्कृतिक र पर्यटकीय सहयोगका लागि साझेदारी हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सांस्कृतिक पर्यटकीय सहयोगका लागि चीनको च्यान्सु प्रान्तसँग साझेदारी गर्ने निर्णय गरेको हो । उक्त सम्झौताले दुई देश बीचको मित्रता घनिष्ट हुने, चीनले विज्ञान, प्रविधि, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा प्राप्त गरेको उपलब्धी […]
२५ वैशाख, तानसेन पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले […]
२५ वैशाख, गुल्मी गुल्मीमा ७४ वर्षीया सुन्तलीले नागरिता पाएकी छन् । मालिका गाउँपालिका-२ छापहिलो निवासी बस्नेतले जिल्ला प्रशासन कार्यालय गुल्मीले अर्खाबाङमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट नागरिता लिएकी हुन् । बस्नेतलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गाउँपालिका अध्यक्ष रितबहादुर थापालगायतले संयुक्तरुपमा नागरिकता हस्तान्तरण गरे । नागरिता लिन उनका श्रीमान इन्द्रबहादुर बस्नेतले सनाखत गरेका थिए […]
२६ वैशाख, गुल्मी गुल्मीमा हाटबजार निर्माण भएको ५ वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्ने उद्देश्यले तम्घास बजार नजिकैको चारिखोलामा निर्माण गरिएको हाटबजार सञ्चालनमा आउन नसकेको हो । ०७० साल असोजदेखि सुरु भइ २०७१ मा हाटबजार निमार्णको काम सकिएको थियो । हाटबजार संचालनका लागि तत्कालीन जिल्ला […]
१० वैशाख, दमौली सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ जना घाइते भएका छन् । ना ५ ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् । घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने […]
११ वैशाख, पोखरा आन्तरिक पर्यटकको रोजाइमा पर्ने होमस्टे गाउँ हो, घलेगाउँ । लमजुङको क्व्होलासोंथर गाउँपालिकाको घलेगाउँ हरेक दिन पाहुनालाई गाउँ भित्राउँछ । अधिकांश ढुंगा र टिनले छाएका घरका आँगन नचरी, सोरठीले गुञ्जिन्छ । होमस्टे र प्रकृतिको पारखीका लागि घले र गुरुङको बसोबार रहेको घलेगाउँ उत्कृष्ट गन्तव्य हो । अन्नपूर्ण र लमजुङ हिमालको काखैमा रहेको घलेगाउँलाई […]
११ वैशाख, पोखरा बेगनास-भोर्लेटार सडक खुल्दा कास्की र लमजुङका गाउँवासीले खुसी मनाए । सडक नखुल्दा त्यही सडक गाउँलेहरु हिँडेरै आउजाउ गर्थे । मोटरबाटो नै खुलेपछि भोर्लेटार, करापुटार लगायतका लमजुङका गाउँवासी पोखरा र कास्कीवासी त्यही सडक हुँदै लमजुङतिर आउजाउ गर्न सुविस्ता हुन्थ्यो । यो ०४७ सालतिरकै कुरा हो । सडक खुलेपछि दमौली हुँदै कास्की-लमजुङ आउजाउ गर्नेहरुका […]
१३ वैशाख, पोखरा गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिले बुझाएका छन् । यस प्रदेशका ११ जिल्लामध्ये छ जिल्लाबाट सो सङ्ख्याका हतियार सङ्कलन भएको हो । हतियार बुझाउने जिल्लामा सवैभन्दा बढी लमजुङ जिल्लाबाट १७ थान हतियार बुझाइएको छ भने कास्कीबाट १४, स्याङ्जाबाट आठ गोरखाबाट चार, बागलुङबाट तीन र तनहुँबाट एक […]
१८ वैशाख, चितवन नवलपरासीको गैंडाकोटस्थित भृकुटी कागज कारखानामा ताला लागेको ९ वर्ष भयो । त्यहाँ पहिले काम गरेका मजदुरहरु हरेक सोमबार कारखाना परिसरमा भेला हुने गर्छन् । उनीहरुको चर्चाको विषय हुन्छ, ९ वर्षदेखिको तलव पाइने हो कि होइन ? २०६७ फाल्गुण १९ गते व्यवस्थापन पक्षले सूचना टाँस गरी उद्योग बन्द गरेको थियो । त्यससँगै कारखानामा […]
२२ वैशाख, गोरखा पालुङटार नगरपालिका-९ मिरकोटको त्रिवेणी माविले विद्यार्थीसँग मासिक शुल्क लिने गरेको पाइएको छ । नेपालको संविधानको धारा ३१ मा शिक्षाको मौलिक हक सम्बन्धी बयवस्थाअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य तथा मावि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । तर, त्रिवेणी माविले नर्सरीदेखि पाँच सम्मका विद्यार्थीसँग शुल्क लिने गरेको छ । २०६९ साल देखिनै […]
२४ वैशाख, पोखरा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले फेवातालबीचमा प्रदेश सरकारले कफी सप खोल्ने योजना बनाएको बताएका छन् । उनले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको र त्यसैका लागि फेवातालमा फेवातालमा कफी सप खोलेर पर्यटकको संख्या बढाउने बताएका हुन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ५ ले पोखरामा […]
१८ वैशाख, हेटाैंडा मकवानपुरका होटल रेष्टुरेन्टमा खाद्य स्वच्छता र स्तरीकरण गर्दै ४ थरीका स्टिकर टास्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जिल्लामा रहेका १५ दिन भित्र होटल तथा रेष्टुरेन्टको अनुगमन गरी प्रतिवेदनको आधारमा होटल, रेष्टुरेन्टको स्वच्छता तथा स्तरिकरणको आधारमा ४ सूचकका स्टिकर टास गरीने भएकाे हाे । खाद्य प्रविधि तथा गुण […]
१८ वैशाख, हेटौंडा । काठमाडौंको ‘खुलामञ्च बिक्री प्रकरण’ तातिइरहँदा हेटौंडामा पनि यस्तैखालको चलखेल भइरहेको छ । खुलामञ्चमा बसपार्कको जस्तै हुप्रचौरको सार्वजनिक जग्गामा प्याराफिट बनाउने बाहनामा ब्यापारिक सटर बनाएर बिक्री गर्न लागिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । हुप्रचौरलाई बिक्री गर्ने योजना हेटौंडामा नेकपाबाट निर्वाचित मेयर हरिबोल महतकै नेतृत्वमा बनेको हो । खुला चौरको सडकतर्फको भागमा सटरसहितको […]
१९ वैशाख, काभ्रे वि.स.०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रस्त भएको पलाञ्चोक भगवतीको पुनर्निर्माणका लागि ५ करोड माग गरिएको छ । भूकम्पपछि पुरातत्व विभागले २ करोड ५२ लाख रकम विनियोजन गरेर काम सम्पन्न भएको बताइए पनि पूर्णरुपमा पुनर्निर्माणका लागि अझै ५ करोड रकम आवश्यक हुने मन्दिर विकास समितिका कोषाध्यक्ष रामशरण रेग्मीले बताए । पुरातत्व विभागले उपलब्ध गराएको […]