होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछाम जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी रहेको छ। जिल्लामा गत पुस १० गते भएको सर्वपक्षीय सर्वदलिय बैठकको निर्णयअनुसार सबै तहले छाउगोठ नष्ट गर्ने कार्य धमाधम अगाडि बढाएका हुन। साँफेबगर नगरपालिकाले १४ वटै वडामा छाउपडी गोठ भत्काउने अभियानको थालनी गरेको छ। छाउगोठमुक्त वडा घोषणा कार्यलाई अगाडि बढाएको जनाइएको छ। मङ्गलसेन नगरपालिकाले नगरका […]
पाैष २९ काठमाण्डाै सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने अधिकारीहरूले बताएका छन्। एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्क छ। नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआबद्धता निर्देशिका- २०७६’ चैत २० गतेदेखि लागु हुनेछ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, “त्यसपछि एउटा कम्पनीको […]
सुदूरपश्चिम प्रदेशमा आउँदो माघ १ गते सार्वजनिक विदा हुने भएको छ। सुदूरपश्चिम सरकारले माघे संक्रान्ति र माघी पर्वकाको अवसरमा १ गते सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा विदा दिईएको जनाएको छ। यसअघि ८ साउनमा बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
२८ पुस, काठमाडौं । पाँच बुँदे घोषणा पत्र जारी गर्दै क्रियाशील दलित पत्रकार संघ(आड्जोन)को ‘सुदूरपश्चिम सम्मेलन’ सम्पन्न भएको छ । कैलालीको धनगढीमा दुई दिनसम्म चलेको सम्मेलनले प्रत्येक जिल्लामा क्रियाशील पत्रकारहरुलाई संगठित गर्ने, सरकारले संघ, प्रदेश र स्थानीय तहमा बनाउने सञ्चार नीतिहरु समावेशी लोकतन्त्रको मुल्य मान्यता अनुरुप बनाउनका लागि अपिल गर्ने, दलितका मुद्दाहरु बढीभन्दा बढी मिडियामा […]
जाजरकोट– जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आफ्नै कञ्चटमा पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् । बाजुराको स्वामीकार्तिक गाउँपालिका घर भएका हवल्दार कठायतले आइतबार बिहानतिर इलाका प्रहरी कार्यालयमै कञ्चटमा पेस्तोलबाट गोली प्रहार गरी आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा दरबन्दी भएका हवल्दार कठायत २ महिना अगाडि मात्रै […]
सामाजिक न्याय, सुशासन र समाबेशी लोकतन्त्र, स्वस्थ व्यावसायिक र मर्यादित पत्रकारिता हाम्रो मुल मन्त्र भन्ने मुल नाराका साथ क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलन शुक्रबार धनगढीमा सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अतिथी रहेका सुदुरपश्चिम प्रदेश आर्थिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले दलित समुदायको सशक्तिकरण नहुदा सम्म समग्र देशको समृद्ध हुन […]
सुदूरपश्चिमका चिकित्सक अभावका कारण समस्या हुन थालेको छ। हिमपातसँगै एकाएकको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा सथानीयलाई सास्ती हुने गरेको छ। स्वास्थ्यकर्मी समायोजनमा यहाँका स्वास्थ्यकर्मीले सङ्घ रोजेर गएपछि डोटीलगायत समग्र सुदूरपश्चिमका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको हो। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार डोटीसहित समग्र […]
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पश्चिमी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । पश्चिमी वायूको प्रभावस्वरुप सामान्य वर्षादेखि हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि […]
अछाम जिल्लामा छाउ गोठ भत्काउने अभियानमा प्रहरी सक्रिय भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पुस ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत अहिले सम्म एक हजार एक सय ५२ छाउ गोठ भत्काईएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाउ गोठ भत्काउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए। जिल्ला प्रहरी कार्यालय तथा […]
राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए । बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो । […]
धनगढी विमानस्थल फेरी माघ १० गते सम्म आशिंक बन्द रहने भएको छ। दोश्रो पटक पुस २१ गते सम्मका लागि विमानस्थल आशिंक बन्द गरिएकोमा फेरी तेश्रो पटक समय बढाउँदै माघ १० गते सम्म आशिंक बन्द रहने भएको हो। पुस १ गतेदेखि नै पूर्ण रुपमा सञ्चालनमा आउने भनिएकोमा काम अधुरै रहेको भन्दै २१ गते सम्मको लागि आशिंक […]
काठमाडौं- आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न चाहने हरेक उम्मेदवारले १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका अनुसार यही पुस २० गते सम्बन्धित प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ । आयोगका अनुसार यही पुस २० गते आइतबार दिनको १० देखि ३ […]
शनिबार पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन्। तर शुक्रबार हिउँ र पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले शनिबार शुक्रबारको तुलनामा कम हिउँ र पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए। उनका अनुसार शनिबार देशभर कै मौसम एकैछिन उघ्रिए पनि फेरि बादल लागिहाल्नेछ। काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी पर्ने र उच्च […]
मौसममा बद्ली भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा फेरी हिमपात भएपछि विभिन्न राजमार्ग अवरुद्ध भएको छ। अत्तरिया– डडेल्धुरा भीमदत्त राजमार्ग र डडेल्धुरा बैतडी दशरथ चन्द राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार भीमदत्त राजमार्गको हगुल्टे र दशरथ चन्द राजमार्गको अनारखोलीमा भारी हिमपात भएको छ। डडेल्धुरा सदरमुकाममै पनि केही ठाउँमा एक फिट […]
बिहिवार रातिदेखि भईरहेको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। डडेल्धुरा, डोटी, बैतडी, बझाङ, बाजुरा, लगायतका जिल्लामा हिमपात भईरहेको छ। हिमपातपछि बढेको चिसोले जनजीवन प्रभावित भएको हो। अहिले भने मौसम पुर्वानुमान महाशाखाले अनुसार अबको केही दिन तापक्रम घटबढ भइरहने छ। पश्चिमी वायु सक्रिय भएकाले अझै देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका […]
आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन्। अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ। त्यसैले आज घाम लाग्ने सम्भावना कम छ। मौसमविद प्रतिभा मानन्धरले भनिन, ‘काठमाडौं उपत्यकासहित देशभर नै अहिले बदलीको अवस्था छ। आज पानी पर्छ, घाम लाग्ने सम्भावना छैन।’ शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि […]
विराटनगर- विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई १० रुपैयाँमा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने […]
काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । यस्तै पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै पूर्वका एक–दुई […]
कञ्चनपुर : नेपाल भ्रमण वर्ष २०२० बुधबारदेखि सुरु हुँदैछ। सुदूरपश्चिम प्रदेश पनि नेपाल भ्रमण वर्षको शुभारम्भका दिन विविध कार्यक्रम गर्दैछ। कैलालीको धनगढीमा सांस्कृतिक कार्यक्रमसहित मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ। कार्यक्रम धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा हुनेछ। उद्घाटनको दिन सुदूरपश्चिम प्रदेशका सांस्कृतिक नृत्य, पहिरन र पर्यटकीय क्षेत्र झल्किने झाँकी प्रदर्शन गरिने जनाइएको […]
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुस महीनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरूको सरुवा गरेका छन्। काठमाडौं। नेपाल प्रहरीका ७७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुस महीनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरूको सरुवा गरेका हुन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद […]