होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको दाबी गरेका छन् । त्यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले […]
धनगढी: धनगढीबाट पक्राउ पर्नेमा प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपाका कैलाली जनसरकार प्रमुख पनि रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले उपमहानगरपालिकाको वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट विप्लव कैलालीका जनसरकार प्रमुख दलबहादुर बिकलाई पनि पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका अन्य ६ जनासँगै बिकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर […]
धनगढी : धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो। कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय […]
पोखरा । दुर्घटनामा परेर पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत कुश्मा पर्वतका एक युवकमा कोरोना संक्रमण देखियो । कुनै पनि ट्राभल हिस्ट्री र संक्रमितको सम्पर्कमा नआएका ३५ वर्षीय ती युवकमा २२ जेठमा कोरोना देखिएपछि उनीमात्रै होइन, समाजमै सन्त्रास फैलियो ।पर्वतबाट पोखरा आएको करिब एक हप्तापछि ती पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो । संक्रमणको माध्यम नै […]
१४ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । काँग्रेसले १४औं […]
काठमाडौं- तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको आज ६९ औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको […]
काठमाडौं – मुलुकका विभिन्न भू-भागमा भइरहेको भारी वर्षाका कारण विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । मनसुन सक्रिय भएसँगै भइरहेको भीषण वर्षाले तराईका कतिपय भू-भागमा डुबान सुरू भएको छ । सडकबाटै पानी बग्न थालेपछि यातायात प्रभावित भएका छन् । स-सना खोलाखोल्सीमा पनि बाढी आएपछि तटीय क्षेत्रका बस्ती डुबानको खतरामा परेका छन् […]
भारतबाट फर्किएका नागरिकको समयमै कोरोना रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिँदैं गएको छ । क्वारेन्टाइनमा बसेको महिना दिन पुगे पनि रिपोर्ट नआउँदा बैतडीका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका छन् । स्वाब संकलन भएकाहरुको समेत समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका हुन् । क्वारेन्टाइनमा बसेको १ महिना पुग्न लाग्दा समेत […]
काठमाडौं । नेपालमा तराई मधेस हुँदै भित्रिएको सलह कीरा पहाड चढ्न थालेको छ । सलह कीरा शनिबार बिहान भारतको बिहारबाट नेपालको तराई मधेसमा छिरेको थियो । शनिबार बारामा देखिएको सो कीरा सिन्धुलीको चियाबारी, भीमानमा देखिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव गुरागाँइले जानकारी दिए । यो कीरा बारा, पर्सा, सर्लाही, रुपन्देही, तनहुँ लगायतको […]
धनगढी : कैलालीको त्रिनगर नाका भएर ८५ हजार बढि नेपाली भित्रिएका छन्। जेठ २ गतेदेखि भारतका विभिन्न स्थानबाट स्वदेश फर्किनेहरुको उद्दार थालेको जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार त्रिनगर नाकाबाट ८५ हजार बढि नेपाली भित्रिएका हुन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले उद्दार कार्य सुरु भएदेखि शनिबार सम्म ८५ हजार नौँ सय जना त्रिनगर नाका भएर […]
डोटीः जिल्लामा रहेका नौवटै स्थानीय तहले आफ्ना नागरिकलाई घरैमा उपचार सेवा दिने व्यवस्था मिलाएका छन्। दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, केआइसिंह, पूर्वीचौकी, सायल, आदर्श, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकाले आफ्ना पालिकामा रहेका ज्येष्ठ नागरिक तथा गर्भवती महिला र दीर्घरोगीलाई छुट्टै स्वास्थ्य टोली परिचालन गरी एक महिना यतादेखि घरैमा निःशुल्क उपचार सेवा दिन थालेका छन्। […]
जीवन कैला बाजुरा १३ असार। बाजुराको हिमाली गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ का लागि बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले गाउँसभामा अनुमानित ३४ करोड ८१ लाख ९२ हजार ६ सय ५३ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । जसमा चालु तर्फ रु ७ करोड ६० लाख र पुजीगत तर्फ १० करोड ३६ […]
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।उनका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा १३ असार । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाले कोरोना परिक्षणका लागी स्वाब जुम्ला पठाएको छ । नगरपालिकामा रहेका विभिन्न क्वारेन्टिनमा बसेकाको पीसीयार परिक्षणका लागि स्वाब जुम्ला पठाईएको हो । बुढिनन्दा नगरपालिका भित्र रहेका १२ क्वारेन्टाइनबाट ३६८ जनाको स्बाव संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पु¥याईएको नगर प्रमुख पदम गिरिले बताउनुभएको छ […]
नागरिक रैबार/बाजुरा १३ असार। बाजुरामा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । शनिबार शिक्षण अस्पताल काठमाडौंमा गरिएको काेराेना परिक्षणमा बाजुराका ६३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हाे शनिबार काेराेना पुष्टि भएका मध्ये १२ जना महिला र ५१ जना पुरुष रहेका छन् । यो संगै बाजुरामा कोरोना संक्रमितको संख्या १९२ पुगेको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ […]
काठमाडौं – सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषले गत बुधबार सो रकम निकासा दिएको हो । कोष सञ्चालक समितिका अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्षले पुष्पराज कँडेलको […]
काठमाडौं – बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा […]
काठमाडौं – सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताएका छन् । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । […]
जिवन कैला बाजुरा,१२ असार बाजुराको बुढीनन्दा नगरपालिकाले आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ । कृषि, स्वास्थ्य, सडक, रोजगारी तथा पूर्वाधारलाई मुख्य प्रथामिकता दिदै बुढीनन्दा नगरपालिकाको चौथो नगर सभा बाट आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको हो । यस वर्षको नीति तथा कार्यक्रममा लक्षित वर्ग कार्यक्रम अन्र्तगत नगरपालिकाका […]
संसदीय समितिले सबै सामुदायिक विद्यालय, स्थानीय तह, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सुविधा छिटो उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकले सबै स्थानीय तह, वडा कार्यालय र सरकारी स्वास्थ्य तथा शिक्षण संस्थाहरुमा दु्रत गतिको इन्टरनेट पु¥याउन नेपाल सरकार सञ्चार ता सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । […]