होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए । बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । […]
काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसिएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार जनताका गुनासा टोल फ्री नं […]
धनगढी— कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिए । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।
राँझा । कोरोना सङ्क्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित हुन पुगेका छन् । कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको सङ्क्रमण उल्लेख्य रूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले जानकारी दिए । उनका अनुसार यही वैशाख १ गतेदेखि आजसम्म ७३ स्वास्थ्यकर्मी र कर्मचारीमा सङ्क्रमण […]
काठमाडौँ — ‘तपाईंको परिवारले प्रयोग गर्ने चर्पी कस्तो छ ?’ यो प्रश्नको जवाफ दिन तपाईं तयार भएर बस्नुपर्नेछ किनकि जेठ २५ देखि गणकहरू यस्तै प्रश्न लिएर तपाईंको घर आइपुग्नेछन् । जवाफ भने उनीहरूले कोड नम्बरमा लेख्नेछन् । फ्लस भएको र सार्वजनिक ढलसँग जोडिएको भए १ लेखिनेछ । फ्लस भएको तर सेफ्टी ट्याङ्कीमा जमाइएको भए २, साधारण भए ३, सार्वजनिक […]
काठमाडौँ — रुसले आगामी डिसेम्बरसम्ममा नेपाललाई ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच बुधबार भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता आएको हो । दुई पक्षबीच मूल्यको विषयमा भने सहमति भइसकेको छैन । रुसबाट सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप ‘स्पुतनिक–भी’ ल्याउने निर्णय गरेर सरकारले छलफल […]
काठमाडौं। कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनलाई निषेधाज्ञा सुरु भएको छ। निषेधाज्ञाको पहिलो दिन बिहीबार उपत्यकाका सडकमा चहलपहल निकै घटेको छ। सडक क्षेत्रका पसलहरू खुलेका छैनन्। चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन्। सहरभित्रका मुख्य सडकहरूमा सवारी चाप घटे पनि कोटेश्वर, बल्खु, कलंकीलगायत नाकाहरूमा भने केही […]
१६ वैशाख, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । ‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ नर्भिक अस्पतालले […]
काठमाडौं । काठमाडौं उपत्यकामा बिनाकाम सडकमा निस्कने करिब १५ सय जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ । काठमाडौंमा ६ सय ७० जना, ललितपुरमा ५ सय ७२ जना र भक्तपुरमा १ सय ७५ जनालाई होल्डिङ जोनमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । निषेधाज्ञाको बेवास्ता गरेर सडकमा निस्केकालाई होल्डिङ जोनमा राखेर सम्झाई बुझाई गरिएको महानगरीय […]
डोटी । जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट काम गरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो । वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्व तीरको गणेश नेगीको पसल, पश्चिम […]
१४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा विहीबारबाट लकडाउन सुरु हुने भएपछि घर फर्किने यात्रुहरुको भिड बढेको छ । गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका क्षेत्रमा घर फर्किनेहरुको संख्या बढेको देख्न सकिन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा […]
१४ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा २ हजार ७७१ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या एक करोड ७६ लाख नाघेको छ । त्यस्तै अहिलेसम्म […]
धनगढी: हालै सामाजिक सञ्जालमा एक फोटो भाइरल बनेको छ। सामाजिक सञ्जाल ट्विटमा एक प्रयोगकर्ता समर राजले सो तस्विर सेयर गरेका हुन। उक्त तस्बिरमा एक पत्नीको लाचापरिपन देखिएको छ। ती महिलाले आफ्ना पतिलाई बचाउन मुखमा मुख जोडेर श्वास दिइरहेकी देखिन्छन्। अक्सिजन सिलिन्डरको अभावमा ती महिलाले आफ्नो पतिलाई अन्तिम क्षणसम्म मुखबाट सास दिँदै बचाउन खोजिकी जस्तै देखिन्छन्। […]
बैशाख २३ बाजुरा । बिश्व महामारीको रुपमा फैलिएको कोभिट १९ का कारण त्रसित भइरहेको अबस्थामा बडिमालिका नगरपालिकाले पनि सचेत हुन अनुरोध गरेको छ । बडिमालिका नगरपालिका शिक्षा समितिको मंगलबार बिहान बसेको बैठकले नगरपालिका भित्रका सबै बिद्यालय बन्द गर्ने निणर्य गरेको छ । नगरपालिका भित्र ज्वरो लगायतका लक्षण सहित बिरामी देखा परेकोले बैशाख १४ गते देखी […]
देशको पूर्वी भू-भागमा न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश नं १ तथा प्रदेश नं २ का केही भु-भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी […]
धनगढी: कोरोना संक्रमणको अवस्था भयाभह भइरहेको भन्दै कैलालीमा लकडाउन गर्ने तयारी थालिएको छ।कोरोना संक्रमण तिव्र रुपमा बढ्न थालेपछि कैलालीमा लकडाउन गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले संकेत गरेका छन्। मंगलबार दिनेशखबरको नागरिक सवालमा कुराकानी गर्दै उनले लकडाउन गर्ने तयारी गरिरहेको बताएका हुन। ‘कोरोनाको संक्रमण तिव्र रुपमा बढीरहेको छ। त्यसैले यसलाई कम […]
सरल र स्वाभिमानी छवि बनाएका सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा सोमबार निधन भएको छ । आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहता बिहान नुहाएर नास्ता खाई सुतेको अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । पञ्चायतकालदेखि नै […]
१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ । आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) […]
१३ वैशाख, बझाङ । कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन प्रहरीले बझाङमा जनचेतनाका कार्यक्रम शुरुवात गरेको छ । सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चोकचोक र सडकमा माइकिङ गरेर सचेतना फैलाएको छ । जिल्लामा कोरोना संक्रमण दर […]
१३ वैशाख, बाजुरा । साफेँ मार्तडी सडकखण्ड अन्तरगत बाजुराको बुढिगंगा नगरपालिका १ को बल्दे नजिकै अम्काेटको पहिरोमा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । मृत्यु हुनेमा अछामको मेल्ललेख गाउँपालिका वडा नम्मर १ का नितज बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख […]