होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः संघीय सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमका ८८ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकालाई अनुदान दिने भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत उपमहानगरपालिका ९६ करोड ४८ लाख रुपैयाँ संघिय सरकाबाट अनुदानका रुपमा पाउने भएको हो। चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो। यस्तै प्रदेशका ८८ पालिकामध्ये सबैभन्दा कम भने बझाङको सुर्मा गाउँपालिकाले […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ। आकार बढाएर बजेट ल्याएको प्रदेश सरकारले अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहलाई दिने अनुदान भने घटाएको हो। असार १ गते प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए। अन्तर […]
धरान उपमहानगर प्रमुख हर्कराज राईले प्राय: श्रमदानमा रमाएको पाइन्छ । शनिवार पनि उनी खानेपानीको लागि धरानकै पकुवा खोलामा श्रमदानमा व्यस्त भए। खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित भएका छन् । धरानको मुख्य समस्या खानेपानी हो। यो विषय हरेक चुनावमा एजेन्डा बने पनि पानी वितरणको […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरिसकेको छ। झण्डै पौने ३७ अर्बको बजेटमा प्रत्येक अनुच्छेदमा नारा भेट्न सकिन्छ। अधिकांश कार्यक्रम नारामा नै अडिएको प्रदेशको बजेटले ‘आत्मनिर्भर कृषि, प्रदेशको समृद्धि’ नारा दिएर आगामी आर्थिक वर्षको कृषितर्फको बजेट ल्याएको छ। ‘नमुना गाउँ आफै बनाउँ’ नारा दिएर २५ करोड विनियोजन गरिएको छ। आगामी […]
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उदघाटन गर्दै देउवाले मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा सञ्चालन गर्न विद्येयक ल्याउने तयारीमा सरकार रहेको बताएका हुन् । देउवाले आफ्नो स्कुले जीवन स्मरण गर्दै सुदूरपश्चिममा विकासले फड्को मार्दै गएकोसमेत उल्लेख गरेका छन् । ‘म डोटीको […]
नेपालमा पछिल्लो २० घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा १५ जना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका १०४ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार […]
करिश्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई आफ्नो घरमा लगेकी छन् । निहारिकासँग घरको छतमा खिचिएको एक तस्बिर सार्वजनिक गर्दै उनले निहारिकालाई घरमा लगेको जानकारी दिएकी हुन् । धेरैले लेखेर मलाई ट्याग गर्नुभएको रहेछ कि निहारिकालाई तपाईंको दया होइन न्याय चाहिएको हो’ करिश्माले तस्बिरका साथ सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सहि कुरा हो । तर तपाई […]
काठमाडौं । विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्तिआर्जनको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए । नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक […]
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दावी गरेका छन्। शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले देउवा ०५१ सालदेखि नै जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आएको बताएका हुन्। उनले भने, ‘शेरबहादुर देउवाले जसरी अहिले प्रधानमन्त्री जितेर ल्याउनुभयो अदालतबाट। ०५२ सालमा पनि उहाँले नै त्यसैगरी […]
दाङः अघोषित लोडशेडिङ हुन थालेको भन्दै नेपाली कांग्रेसले दाङमा विद्युत् कार्यालयलाई लालटिन उपहार दिएको छ। आज शुक्रवार नेपाली कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाइमा ध्यानाकर्षण पत्रसहित विद्युत् कार्यालयलाई लालटिन उपहार दिइएको हो। प्रतिनिधिमण्डल गएर अघोषित लोडशेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरूप लालटिन उपहार दिइएको कांग्रेस दाङले जनाएको छ।
काठमाडौं: अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कार्यक्रम अब अघि बढ्न नसक्ने परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले सो कार्यक्रम अघि बढ्न नसक्ने बताएका हुन्। उनले भने, ‘प्रधानसेनापतिले पनि भनिसक्नुभएको छ। प्रधानमन्त्रीले पनि भन्नुभएको छ। अब एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन।’ यसअघि […]
स्टेट पार्टनरशिप प्रोगाम’ ९एसपिपी० का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नदिएको भन्दै सांसदहरुले तत्काल सदनलाई यससबन्धमा प्रस्ट पार्न आग्रह गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय महत्वका विषयलाई सरकारमा हुँदा लुकाउने र सत्ताबाट बाहिरिएपछि आरोप लगाउने प्रवृत्ति कसैले पनि देखाउन नहुने बताए । उनीहरुले परिपक्व कूटनीतिक क्षमता प्रदर्शन गर्न, असंलग्न परराष्ट्र नीतिलाई […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैचारिक राजनीतिक लडाईं लडिरहेका बेला पार्टीको प्रतिष्ठालाई कमजोर बनाउन खोज्नेहरू एमालेको नेता कार्यकर्ता हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित एमाले जनप्रतिनिधिको प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले एमाले तीव्र वैचारिक र राजनीतिक लडाई लडिरहेको बताए । ‘यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने, बफादार नहुने, पार्टीलाई खुइल्याउने र […]
धनगढी: सेती प्रादेशिक अस्पतालमा भौतिक संरचना र जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको छ। अस्पतालमा विभिन्न विभागबाट उपचार सेवा सञ्चालनमा भए पनि भौतिक पूर्वाधार, चिकित्सक, नर्सिङ जनशक्ति र अन्य आवश्यक कर्मचारीको अभावले उपचार प्रभावित हुने गरेको हो। भौतिक पूर्वाधारको अभावले सेवा विस्तारमा समस्या भएकोले अस्पतालको स्तरवृद्धि गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ। अस्पतालमा बिरामीको संख्या […]
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताएका छन् । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिँदै प्रधान सेनापति शर्माले उक्त पत्र भुकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याएका हुन् । त्यसमा उनले सैन्य समझदारी गर्ने कुनै कुरा नलेखेको […]
दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको जानकारी प्राप्त भएको छ । टेकु अस्पतालका एक डाक्टरले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोगको लक्षण देखिएको जानकारी रातोपाटीलाई दिए । बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।
राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय […]
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणबारे प्रष्ट पार्न छलफलमा बोलाउने भएको छ। शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो। असार ५ गते बस्ने बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय भएको समिति सभापति पवित्रा निरौला खरेलले बताएकी छिन्।
नेपाली चलचित्र ‘चिसो मान्छे’आजबाट प्रदर्शनमा आएको छ। स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म चिसो मान्छे प्रदर्शनमा आएकाे हाे । सुदूरपश्चिमकाे कथा बोकेको याे चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। उनले यसअघि पशुपतिप्रसाद, आमालगायत चलचित्र निर्देशन गरेका थिए। कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पुर्याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई […]
नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै बताएकी छन् । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् । सांसद भुसालले प्रधानमन्त्री देउवाको भ्रमण अघि उनलाई एसएसपी कार्यक्रमको विषयमा संसदीय समितिहरूले सजग पार्नुपर्नेमा समेत जोड दिइन् । उनले भनिन् : ‘एसपीपी कार्यक्रममा कसको पालामा भयो र […]