होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको घोषणा पत्र आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन, […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार उच्च अंकले घटेको बजार बिहीबार भने ४.९४ अंकले बढ्यो । बजार २३२५.४५ विन्दुमा पुगेको रोकिएको छ । बिहीबार बजारमा निकै उतारचढाव देखिए पनि अन्त्यमा बढेर बन्द भएको छ । बिहीबार कुल २३१ कम्पनीको ३६ हजार १ सय ९० […]
, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी काठमाडौं आइपुगेका हुन् । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत रहेका छन् । ब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी […]
काठमाडौं । सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेताहरुका अनुसार चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । ‘निर्वाचन प्रचार प्रसार १७ गतेबाट […]
काठमाडौं । वीरगञ्ज महानगरपालिकामा पार्टीले नेकपा एमालेसँग तालमेल गरेकामा लोकतान्त्रिक समाजवादी पार्टीका केही नेताहरुले असन्तुष्टि जनाएका छन् । लोसपाका जिल्ला उपाध्यक्षहरु कृष्ण पटेल, राजेश साह र देवानन्द यादव तथा महानगरपालिका समितिका अध्यक्ष ओमप्रकाश सर्राफले एमालेसँगको गठबन्धन नमान्ने बताएका छन् । बिहीबार वीरगञ्जको मेयरको उम्मेदवार एमालेले लिने र उपमेयर लोसपाले लिने गरी दुई पार्टीबीच तालमेलको समझदारी […]
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन […]
धनगढीः कैलालीको धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कार्यालय स्थापना गरिएको हो। विहिवार उक्त कार्यालयको एक औपचारिक कार्यत्रमकाबीच उद्घाटना गरिएको छ। धनगढी उपमहानगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयसँगै जिल्लाका १३ वटै स्थानीय तहलाई हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रको भवनमा […]
नेपालगन्ज — गर्मी बढेसँगै पश्चिम तराईको नेपालगन्ज सहर र यस आसपासका ग्रामीण बस्तीमा तातो हावा चल्न थालेको छ । सुक्खा र तातो हावाले जनजीवन प्रभावित हुन थालेको छ । चिकित्सकले तातो हावा चलेका बेला घरबाहिर हिँड्दा सावधानी अपनाउन आग्रह गरेका छन् । नेपालगन्जमा एक सातादेखि तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । गर्मीका कारण अघिपछि निकै […]
काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।
कपिलवस्तु — कपिलवस्तुको गोरुसिंगेस्थित सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक जेसी शाहले बताए । राजवंशी गोली लागेको अवस्थामा बुधबार […]
हुम्ला, ८ वैशाख । हुम्लाको ताजाकोट गाउँपालिका ३ मासपुर गाउँका बासिन्दाले मतदान गर्न १० घण्टा पैदल यात्रा गर्नु पर्ने बाध्यता छ ।मतदान केन्द्र टाढा भएकै कारण धेरै मतदाता मतदानमा सहभागी नहुने मासपुरका टेकबहादुर रोकायाले बताउँछन् । मासपुर गाउँवासीका लागि वडा कार्यालय नजिकैको कैलाश आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र पुग्न पूरा एक दिन लाग्छ । स्थानीय […]
जनकपुरधाम । चार महिना पहिला नै सामाजिक सुरक्षा भत्ता पठाइसक्दा पनि वितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले स्थानीय कुमारी बैंकमा ताला लगाएका छन् । मेयर संजीव साहले चार महिना अघि नै सामाजिक सुरक्षा भत्ता बैंकमा पठाउँदा पनि वितरण गर्न कुनै तदारुकता नदेखाएको भन्दै बुधबार कुमारी बैंकमा ताला लगाएका हुन् । उनले भंगहा नगरपालिकाको सितापुरस्थित […]
नागरिक रैबार/बाजुरा ७ बैशाख। जिल्ला अस्पताल बाजुराको ५० सैयाको भवन सम्झौता सकिएको १ वर्षमा पनि निर्माण कार्य पुरा हुन सकेको छैन् । अस्पतालको ५० सैयाको भवन समयमै निर्माण सम्पन्न नहुँदा अस्पतालमा दैनिक आउने विरामीलाई समस्या भएको छ । जिल्ला अस्पताल बाजुराको ५० सैयाको भवन निर्माणका लागि डाँफे-लोहनी पिएस जेभि डोटीले २०७५ बैशाख १ गते ३ […]
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो बताएको हो । ‘प्रत्येक वडामा प्रसूती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ’, राप्रपाको घोषणापत्रमा भनिएको छ । स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, […]
स्याउ उत्पादनका हिसाबले उत्कृष्ट जिल्ला डोल्पामा नयाँ जातको स्याउ परीक्षण सुरु भएको छ । हिमाली क्षेत्र डोल्पामा तीन प्रकारका हावापानी छ । यसमध्ये मध्य डोल्पामा मात्रै स्याउँ पाइन्छ । यही मध्य डोल्पामा फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड जातको स्याउ परीक्षण सुरु गरिएको हो । ठूलीभेरी नगरपालिका–७ बागवानी विकास केन्द्रले इटालीबाट स्याउको बिरुवा ल्याएर परीक्षण […]
काठमाडौंः भीरबाट लडेर नुवाकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। घरबाट फर्कने क्रममा बेलकोटगढी नगरपालिका १२ सतारेका म्यादी प्रहरीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। घर पुगेर कार्यक्षेत्र विदुर फर्कने क्रममा बाटोमा पर्ने घट्टेखोलाको भीरबाट लडेर २६ वर्षीय योगेन्द्र न्यौपानेको ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए। […]
वीरगञ्ज । महोत्तरीको गौरीडाँडाका युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सञ्चालन गरेका छन् । गौरीडाँडामा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरुले त्यस्तो अभियान सञ्चालन गरेका हुन् । निर्वाचनको समयमा ऐलानी जमिनमा बसोबास गर्दै आएका गौरीडाँडाका बासिन्दाहरुलाई लालपु्र्जा दिने आश्वासन दिएर नेता बन्ने तर जितेपछि बिर्सिने परिपाटी देखिएकाले आफूहरु जागरुक भएको युवाहरुले […]
बेनी: यही वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन्। बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । यस विद्यालयमा संस्कृत बिषयसमेतमा अध्यापन हुँदै आएको छ। यसैगरी उज्यालो […]
बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएकोे छ। अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए। इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो। स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा […]