होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ । केन्द्रीय सचिवालय बैठकले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनोट गरेको भोलिपल्ट आइतबार एमालेको प्रदेश कमिटिले बाँकी रहेका १२ मध्ये १० वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको हो छ भने चुुरे र मोहन्याल गाउँपालिकामा उम्मेदवार चयन गर्न बाँकी छ । एमाले […]
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मेयर पदमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेश सांसद काजिमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको […]
, बागलुङ । बागलुङका १० वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालय आइतबार सुनसान रहेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन भए पनि दिउँसो १ बजेसम्म मनोनयन दर्ताका लागि कुनैपनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु नआएको निर्वाचन अधिकृतहरु बताउँछन् । राजनीतिक दल र उम्मेदवारलाई सहज होस् भनेर […]
धनगढीः वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार देशैभर उम्मेदवारी दर्ता भइरहेको छ। यो क्रम सोमबार पनि जारी रहनेछ। उम्मेदवारी दर्ताका लागि वडा सदस्यमा ५००, वडाध्यक्षमा १ हजार र अध्यक्ष–उपाध्यक्ष वा मेयर–उपमेयरमा १ हजार ५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ। निर्वाचन आयोगले यस्तो धरौटी महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको […]
धनगढीः रौतहटस्थित एकजना चर्चित रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। विभिन्न सामाजिक कामबाट चर्चा बटुलेका उनले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि आइतवार मनोनयन दर्ता गराएका हुन्। चन्द्रपुरको सडक, ढल र विकासका पूर्वाधारसहितमा विगत ५ वर्षमा कुनै परिवर्तन हुन नसकेको बताउँदै आएका उनी आफैं चुनावी मैदानमा उत्रिएका हुन्। तिमल्सिनाले […]
काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गरेका छन् । एक कार्यक्रमका बीच काठमाडौंमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्दै मन्त्री चौधरीले प्रतिपक्षी दलका अध्यक्ष ओलीले मेलम्चीबारे झुठो र कपोकल्पित कुरा गरेको आरोप लगाए । शुक्रबार स्थानीय तह चुनावका लागि घोषणापत्र सार्वजनिक गर्दै ओलीले […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताएका छन् । आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै शाहले यस्तो आग्रह गरेका हुन् । ‘राजनीतिक दल र नेताहरुलाई गाली गर्नुको कारण देख्छु– नयाँ पुस्ताको चिन्ता । अहिलेको पुस्ताले परिवर्तन ल्यायो, जनताको छोरो शासन सत्तामा […]
काठमाडौं । ललितपुर महानगरपालिकामा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् । ललितपुर महानगरपालिका वडा नं. १० को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका हुन् । यसअघि पनि उनले १० पटकसम्म उनले वडाध्यक्ष जितेका थिए । ललितपुरको कुपण्डोल नारायणी होटल आसपासको क्षेत्रका बासिन्दामाझ लोकप्रिय रहेका उनले स्थानीय बासिन्दाकै आग्रहमा फेरि पनि चुनाव लड्न लागेको […]
काठमाडौं । निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै एकैपटक करिब ३ हजार ५ सय निर्माण साइटका काम बन्द गरेका छन् । अत्यावश्यक कामबाहेक कुनै पनि निर्माणको काम नगर्ने गरी नेपाल निर्माण व्यवसायी महासंघले आज आइतबारदेखि ‘कन्सट्रक्सन होलिडे’ गरेको हो । महासंघका अध्यक्ष रबि सिंह पुलको निर्माण, सडक कालोपत्रे, नदी नियन्त्रणबाहेकका […]
धनुषाका विजयकुमार महतो शुक्रबार साउदी अरेबिया जान भनेर काठमाडौं आइपुगे । शुक्रबार बिहान १० बजेको टिकट थियो उनको । त्यो टिकट उनलाई पहिले आफूले काम गरेको कम्पनीले पठाइदिएको थियो । त्यसैले महतो पासपोर्ट र टिकट बोकेर ३ घण्टाअघि नै विमानस्थल पुगेका थिए । तर कम्पनीलाई खै के मूड चल्यो, अन्तिम अवस्थामा टिकट नै रद्द गरिदियो […]
चितवनमा सत्ता गठवन्धनले पालिकासहित ९८ वटै वडामा भागबन्डाको सहमति गरेका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका ९८ वटै वडामा भागबन्डा सहमति गरिएको जानकारी दिए । ती दलहरूले अब आआफ्नो भागमा परेका वडामा उम्मेदवारको टुंगो दलीय हिसाबले लगाउने जनाएका छन् । नेपाली कांग्रेसले जिल्लाका ५८, नेकपा (माओवादी केन्द्र )ले २६ र नेकपा (एकीकृत समाजवादी) […]
निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन बोलाएको छ । दिउँसो साढे ४ बजे आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार २ दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ । आयोगले गरेको निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी […]
काठमाडौँ — स्थानीय तहको निर्वाचनका आइतबारदेखि ७ सय ५३ स्थानीय तहमा राजनीतिक दल र स्वतन्त्र व्यक्तिले उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्न दुई दिन समयसीमा दिएको छ । सत्ता साझेदार दलहरूले गठबन्धनको सहमति गरेका छन् । प्रमुख प्रतिपक्ष एमालेले पनि राप्रपा नेपालसँग केही स्थानमा तालमेल गरी प्रतिस्पर्धामा उत्रिएको छ । सर्वोच्च अदालतले बहाल रहेका […]
पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए । परीक्षामा जिल्लामा १३६ विद्यालयका परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यहाँ परीक्षामा […]
काठमाडौँ — सत्तारूढ पाँच दलले केन्द्रमा गरेको चुनावी गठबन्धनविरुद्ध केही जिल्लामा स्थानीय नेताहरू विपक्षमा उभिएका छन् । भरतपुर, पोखरा र वीरगन्ज महानगर तथा हेटौंडा र जनकपुर उपमहानगर प्रमुखको उम्मेदवारी छाडेको भन्दै कांग्रेस कार्यकर्ताले बागी उठ्नेदेखि पार्टी छाड्नेसम्मको चेतावनी दिइरहेका छन् । भरतपुर महानगरपालिकाको प्रमुख माओवादीलाई दिएकामा असन्तुष्ट कांग्रेस नेता–कार्यकर्ताले चितवन जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा शुक्रबार ताला […]
वैशाख, कर्णाली (सुर्खेत) । जुम्लाको तिला गाउँपालिका-३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की […]
चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदै छिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन आउन लागेकी हुन् । नेपाल औषधि उत्पादक संघले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । संघका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारी दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए […]
काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभर १० हजार जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले मापदण्ड पुरा गरेका ४४ वटा संस्थाहरुलाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको हो । पर्यवेक्षकहरुले आफू मतदाता भएको स्थानीय तहमा भने निर्वाचनको अनुगमन गर्न पाउने छैनन् । आयोगले उनीहरुलाई मनोनयनदेखि मतपरिणाम सार्वजनिक हुँदाको बेलासम्म अनुगमन गर्न अनुमति दिएको […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । उक्त परीक्षामा कर्णालीका ३७ हजार ५४५ जना विद्यार्थीहरु सहभागि हुँदैछन् । शिक्षा विकास निर्देशनालय कर्णालीका प्रदेशका निर्देशक दीपा हमालका अनुसार कर्णालीमा १७३ वटा परीक्षा केन्द्रमा विद्यार्थीहरुले एसईई दिनेछन् । रुकुमपश्चिमका २३ वटा परीक्षा केन्द्रमा दुई हजार २३० जना विद्यार्थीले परीक्षा दिनेछन् […]
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो । ब्यथा लागेपछि उनलाई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु […]